Connect with us
Advertisement

एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

Published

on

इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर चौदण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जनाए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख. ३५५३ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स १ च ४९६ नम्बरको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार बिष्टको मृत्यु भएको थियो । ठक्करबाट एम्बुलेन्स चालकसहित ४ जना घाइते भएका र घाइते भएकामध्ये ३ जनाको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

12 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखराका पूर्वमेयर कृष्ण थापाको बसेकै स्थानमा हृदयाघात भएर निधन

Published

on

पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमा बस्दाबस्दै थापालाई हृदयाघात भएको हो। हृदयाघात भएको केही मिनेटमै पोखराकै मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी नेकपा एमालेका कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य थिए। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयरका उम्मेदवार थिए। यसपटक प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापाले टिकट पाए पनि टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी पार्टी नेतृत्वसँग रूष्ट थिए।

Continue Reading

Banner

प्रतिनिधि सभामा मातृका यादव निर्वाचित भएको आयोगको घोषणा

Published

on

निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ ।

रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो । निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत  अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो । कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ ।

यससँगै आयोगले १६५ क्षेत्रकै मतपरिणामसहित विजेता घोषणा गरिसकेको छ । समानुपातिकको मतपरिणाम पनि गणना सकिएको छ ।

Continue Reading

Banner

कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

Published

on

कोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा २० लाख ८४ हजार २१९ मत खसेको मध्ये १९ लाख ५३ हजार ३७२ मत सदर भएको थियो । निर्वाचनमा ताप्लेजुङमा दुई हजार ६८६, पाँचथरमा तीन हजार ८९७, इलाम–१ मा चार हजार ५६६, इलाम–२ तीन हजार ८९५, झापा–१ चार हजार २६९, झापा–२ चार हजार ४६९, झापा–३ पाँच हजार ६२९, झापा–४ चार हजार ७६८ र झापा– ५ चार हजार २१९ मत बदर भएको छ ।

यसैगरी, सङ्खुवासभामा तीन हजार ७८०, तेह्रथुममा एक हजार ९०९, भोजपुरमा तीन हजार ८७१ र धनकुटामा चार हजार ८८३ मत बदर भएको छ । यसैगरी, मोरङ–१ मा चार हजार ८३७, मोरङ–२ मा छ हजार ५०, मोरङ–३ मा छ हजार ८२७, मोरङ–४ मा पाँच हजार २५६, मोरङ–५ मा सात हजार ८८९ र मोरङ–६ मा पाँच हजार ६४४ मत बदर भएको कार्यालयले जनाएको छ ।

यसैगरी, सुनसरी–१ मा चार हजार ४८९, सुनसरी–२ मा छ हजार २२९, सुनसरी–३ मा पाँच हजार ६११, सुनसरी–४ मा छ हजार ६७४, सोलुखुम्बुमा एक हजार ९९०, खोटाङमा तीन हजार ९२८, ओखलढुङ्गामा तीन हजार ३५६, उदयपुर–१ मा पाँच हजार ५४७ र उदयपुर–२ मा तीन हजार ६७३ मत बदर भएको छ ।

सबैभन्दा बढी मत बदर मोरङको क्षेत्र नं ५ मा १० दशमलव ०६ र सबै कम झापा क्षेत्र नं ५ मा तीन दशमलव ९६ प्रतिशत रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक