प्रतिनिधि सभा निर्वाचन २०७९
पर्वतमा पनि एमालेले गर्याे ‘क्लीन स्वीप’
कुस्माः पर्वतमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ जीत निकाल्दै नेकपा एमालेले ‘क्लीन स्वीप’ गरेको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतमा प्रतिनिधिसभा सदस्य तर्फ एमालेका पदम गिरी तथा प्रदेशसभा (१) मा भक्त कुँवर र प्रदेशसभा (२) मा मित्रलाल बस्याल विजयी भएका छन् ।
गिरीले २९ हजार ८ सय ७२ मत ल्याउँदा जोशीले २७ हजार ६ सय ९ मत ल्याएका थिए ।
प्रदेशसभा (१) मा एमालेका भक्त कुँवरले नेकपा माओवादी केन्द्रका सुदीप कुँवरलाई पराजित गरेका हुन् । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा माओवादीका सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत पाए ।
प्रदेशसभा (२) मा नेकपा एमालेका बस्यालले कांग्रेसका ऋषिकेश तिवारीलाई पराजित गरेका हुन् । बस्यालले १४ हजार १ सय ३२ मत ल्याउँदा तिवारीले १२ हजार २ सय १० मत ल्याए ।
अर्घाखाँचीमा पनि एमालेले क्लीन स्वीप गरेको छ ।
मुस्ताङमा भने नेपाली कांग्रेसले क्लीन स्वीप गरेको छ ।
Facebook Comment
Banner
तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै
आज माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् ।
भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ ।
समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउँछन् ।
तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । काठमाण्डौको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होछारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ ।
Banner
महाकुम्भमा भागदौड, कम्तीमा ३० जनाको मृत्यु
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा बुधबार बिहानै भएको भागदौडमा कम्तीमा ३० जनाले ज्यान गुमाएका छन् । ६० जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको महाकुम्भका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वैभव कृष्णलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्स्ले जनाएको छ ।
भागदौड बुधबार बिहानै भए पनि भारतीय अधिकारीहरूले साँझमात्रै ज्यान गुमाउनेको संख्याबारे आधिकारिक जानकारी दिएका हुन् ।कुम्भमेलाका अवसरमा श्रद्धालुहरूले भारतका सबैभन्दा पवित्र मानिने गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा स्नान गर्ने गर्छन् । पवित्र नदीहरूको संगममा स्नान गर्दा पाप मोचन हुने र आत्मा शुद्ध हुने जनविश्वास छ । बुधबार मौनी अमावास्य अर्थात् माघ कृष्ण औंसीका अवसरमा हुन लागेको ‘अमृतस्नान’ का बेला भागदौड भएको हो ।
केही तीर्थयात्री प्रहरीले राखेका छेकबार नाघेर संगमतिर जान खोजेपछि बुधबार बिहान १ देखि २ बजेका बीचमा घटना भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन् । बुधबार ८ करोडले स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको दाबी छ । अधिकारीहरूका अनुसार बिहान ८ बजेसम्ममा ३ करोडले स्नान गरिसकेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत समवेदना दिएका छन् । ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना निकै दुःखद छ । यसमा आफ्ना प्रियजन गुमाउने श्रद्धालुप्रति म गहिरो समवेदना व्यक्त गर्छु,’ मोदीले लेखेका छन् । घटनाबारे आफू राज्य सरकारसँग सम्पर्कमा रहेको उनको भनाइ छ ।
Banner
लेटाङका प्रमुख प्रशासकीय अधिकृत प्रशंसित हुँदै भए बिदाइ
उत्तरी मोरङको लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेको बिदाइ भएको छ । बिदाइ समारोहमा आयोजित कार्यक्रममा उपस्थित व्यक्तिले न्यौपानेको कार्यशैलीको खुलेर प्रशंसा गरे ।
आफू २२ महिना लेटाङमा रहँदा ३३ वटा कानुन निर्माण गर्नुका साथै १० वटा कानुन संशोधन गरिएको उहाँले बताउनुभयो । जनप्रतिनिधिहरुको काम गर्ने सोच र आफ्नो कामप्रतिको लगावका कारण काम गर्न सजिलो भएको उहाँको भनाइ थियो ।
लेटाङ नगरपालिकाको आवधिक योजना, यातायात गुरुयोजना, पर्यटन गुरुयोजना र राजस्व सुधार योजना पुस्तकका रूपमा प्रकाशन गरी नगरलाई योजनाबद्ध विकासको दिशामा अगाडि बढाइएको उहाँले बताउनुभयो । त्यस्तै, लेटाङको न्यायिक अभ्यास र लेटाङ जर्नल प्रकाशनको क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्षको अन्त्यमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै वार्षिक योजना तथा कार्यक्रम वैशाख मसान्तभित्र सम्पन्न गर्ने अभ्यास शुरु गरिएकाले लिजा, एफआरए प्रणाली र कार्यसम्पादन सूचकमा समेत लेटाङले थप सुधार ल्याउने उहाँको भनाइ छ ।
लेटाङ नगरपालिकाबाट बिदाइ भएसँगै उहाँ झापाको कन्काई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर जानुभएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login