Connect with us
Advertisement

पाँचरथरमा एमालेका वसन्त नेम्वाङ ४७ मतान्तरले विजयी

Published

on

फिदिमः प्रतिनिधिसभामा पाँचथरबाट नेकपा (एमाले)का वसन्तकुमार नेम्वाङ निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई ४७ मतले पराजित गर्दै नेम्वाङ विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार नेम्वाङले ३२ हजार ११० मत पाएका छन् । आङ्देम्वेले ३२ हजार ६३ मत पाए ।

०७४ मा पनि नेम्वाङ यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

राप्रपाका कमलबहादुर चेम्जोङले १ हजार ५ सय ७६, जनता समाजवादीका प्रेमराज लावतीले १ हजार २ सय ७४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङले १ हजार १० मत पाएका छन् ।

अन्य उम्मेद्वारले ९०० मत पनि ल्याएका छैनन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लस एन्जलसबाट सुरु भएको प्रदर्शन अमेरिकाका अन्य राज्यमा फैलिँदै

Published

on

गत सातादेखि अमेरिकाको लस एन्जलस केन्द्रित आन्दोलन अन्य राज्यमा पनि फैलिँदै गएको छ । कतिपय अमेरिकी मिडियाले पछिल्ला घटनाक्रमले अमेरिकामा आपतकालीन अवस्था निम्तिएको विश्लेषण गर्न थालेका छन् ।

आप्रवासन नीतिविरुद्ध आन्दोलन चर्किँदै गएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि बढाइरहेको आप्रवासन नीतिविरुद्ध ६ दिनदेखि क्यालिफोर्निया राज्यको लस एन्जलसमा आक्रमक प्रदर्शन भइरहेको छ । जुन पछिल्ला दिनमा अन्य ठूला राज्यका मुख्य सहरमा पनि चर्किन थालेको छ ।

क्यालिफोर्नियाको लस एन्जलसका अलवा सान फ्रान्सिस्को, डेन्भर, डल्लास, अस्टिन, बोस्टन, फिलाडेल्फिया, एटलान्टा जस्ता सहरमा पनि प्रदर्शन सुरु भएको छ । प्रदर्शन चर्किंदै जाँदा लस एन्जलस र वाशिङ्टनका नगर प्रशासनले बुधबार राति कर्फ्यु लगाएका थिए । प्रदर्शनकारीले राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) विरुद्ध नाराबाजी गरिरहेका छन् ।

ट्रम्प प्रशासनले आप्रवासन नीति कार्यान्वयनको चरणमा आइसले लस एन्जलसमा बसोबास गरिरहेका कागजातविहीन आप्रवासीलाई बासस्थानमै गएर छापा मार्न थालेपछि विशेषगरी दक्षिण अमेरिकी मुलुकका आप्रवासीले आन्दोलनको सुरुवात गरेका हुन् । आन्दोलन चर्किंदै गएपछि ट्रम्प प्रशासनको निर्देशनमा २ हजार नेसनल गार्ड र सात सय सेनासमेत परिचालन गरिएको थियो ।

Continue Reading

Banner

भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना

Published

on

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

इन्डिया टुडेका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानी शहरमा अवस्थित विमानस्थल नजिकै एउटा विमान दुर्घटनाग्रस्त भएको हो ।

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको इन्डिया टुडेले लेखेको छ ।

बोइङ ७८७-८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।
Continue Reading

Banner

संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास

Published

on

प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ ।

बुधबार संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भइराखेको बताएका थिए ।

उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो ।

विपक्षी दलका नेताहरू आज पनि संसद् भवन परिसरमा जुटेर सोही दुई बुँदे मस्यौदाबारे छलफल गरिरहेका छन् ।

कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ ।

अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ ।

यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन ।

सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् ।

रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक