Connect with us
Advertisement

मेटमणिलाई बधाई दिँदै शान्ता चौधरीले भनिन्, ‘अब पार्टी नफेर्नू’ (भिडियोसहित)

Published

on

दाङः दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित एकीकृत समाजवादीका मेटमणि चौधरीलाई बधाई दिँदै उनकी प्रतिस्पर्धीसमेत रहेकी नेकपा एमालेकी शान्ता चौधरीले मन्त्री बन्न शुभकामना दिइन् ।

‘सके मन्त्री बन्नू तर पार्टी नफेर्नू,’ चौधरीले भनिन् चुनाव जितेपछि फर्केर नआउने भनी जनतामा रहेको गुनासो अन्त्य गर्न र दाङलाई प्रदेशको राजधानी बनाउने निर्णय कार्यान्वयन गर्न उनले सुझाव दिइन् ।

हेर्नुहोस् भिडियो ।

भिडियो स्रोतः शान्ता चौधरीको फेसबुक

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/1278666409644601

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

लगातार दोस्रो पटक अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Published

on

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। सोमबार बिहान मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको खेलमा ३० मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो हाफमा लाउटेरो मार्टिनेजले गरेको एकमात्र गोल निर्णायक बन्यो।

अर्जेन्टिना यो उपाधिसँगै सर्वाधिक १६ पटक कोपा अमेरिकाको उपाधि जित्ने एक्लो टिम बनेको छ। यसअघि अर्जेन्टिना समान उरुग्वेले १५ उपाधि जितेको थियो। अर्जेन्टिनासँग पराजित भएसँगै कोलम्बियाको २८ खेलको अपराजित यात्रा समेत अन्त भएको छ। यसअघि विश्वकप छनोटको खेलमा अर्जेन्टिनासँग हारे यता लगातार जितेको कोलम्बिया अन्नत अर्जेन्टिनासँगै पराजित भएर आफ्नो अपराजित यात्रा अन्त गर्न बाध्य भयो।

१ सय १२ औं मिनेटमा मार्टिनेजले डिफेन्डर बिट गर्दै गरेको शक्तिसाली प्रहार गोलमा परिणत भएको थियो। त्यसअघि खेलमा अर्जेन्टिना र कोलम्बियाले गोलका सीमित अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन्।

अर्जेन्टिनी कप्तान लियोनल मेसी खेलको ६५ औं मिनेटमा इन्जुरीका कारण मैदान छाड्न पुगेका थिए। उनी मैदान छाड्दा निकै भावविह्लल भए।

मेसी बाहिरिएपछि पनि अर्जेन्टिनाले निर्धारित र अतिरिक्त समयमा उत्कृष्ट गोलका अवसरहरू सिर्जना गरेको थियो।

त्यसअघि टिकट नभएका दर्शकहरू जबर्जस्ती मैदान छिर्न खोजेपछि खेल करिब ७५ मिनेट ढिला सुरु भएको थियो। रंगशालाको गेटबाट तोडफोडमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। उक्त दौरान प्रहरीले दर्जनौं समर्थकलाई पक्राउ गरेको थियो।

Continue Reading

Banner

अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् ।

Published

on

🇦🇷अर्जेन्टिनाका फुटबल स्टार एन्जल डि मारियाले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् । ❤️

Continue Reading

Banner

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ।

Published

on

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आक्रमणको प्रयास भएको छ। गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि आक्रमण भएको थियो। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार उनीमाथि करिब ३०० यार्ड परबाट राइफलबाट गोली हानिएको थियो।

बीबीसीका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्तिलाई सुरक्षाकर्मीले गोली हानेर मारेका छन् । सो घटनामा अर्का एक सर्वसाधारण व्यक्तिको पनि मृत्यु भएको छ ।

अमेरिकीको सिक्रेट सर्भिसले घटनाबारे जानकारी दिँदै ट्रम्प पूर्णरुपमा सुरक्षित रहेको र उनीमाथि आक्रमण गर्ने संदिग्ध बन्दुकधारी सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका छन्। उनले भने, ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन।’ ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई राहत महसुस भएको पनि बाइडेनले बताए।

अमेरिकी अधिकारीहरुले यो आक्रमणको अनुसन्धान गरिरहेको जनाएका छन्।घटनाको विस्तृत विवरण र आक्रमणको कारण अझै स्पष्ट भइसकेको छैन। यो घटना अमेरिकी राजनीतिमा तनाव र सुरक्षा चिन्ताहरू बढाउने सम्भावना देखिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक