विश्वकप फुटबल
यी हुन् कतार विश्वकपमा आइतबार हुने ४ खेल
विराटचोकः कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज समूह चरण अन्तर्गत समूह ’ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुने भएका छन् ।
दिउँसो पौने ४ बजे हुने पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । जापान आजको खेलमा दोस्रो जीतको खोजीमा रहने छ । पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
कोस्टारिका भने पहिलो जीतको खोजीमा हुनेछ । कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७–० को अन्तरमा पराजित भएको थियो ।
समूह ‘एफ’ का बेल्जियम र मोरक्कोबीच साँझ पौने ७ बजे प्रतिष्पर्धा हुनेछ ।
पहिलो खेलमा क्यानडालाई १–० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जीत हात पार्न चाहन्छ । मोरक्को भने पहिलो जीत निकाल्ने दाउमा छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।
राति पौने १० बजे समूह ‘एफ’ का क्रोएसिया र क्यानडाबीच खेल हुनेछ । क्रोएसिया र क्यानडा दुवै पहिलो जीतको खोजीमा रहेका छन् । पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो । क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।
राति पौने १ बजे समूह ‘ई’का जर्मनी र स्पेनबीच खेल हुनेछ । पहिलो खेलमा हार बेहोरेको जर्मनी पहिलो जीत निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा जीत हात पारेको स्पेन जीत दोहोर्याउन चाहन्छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login