प्रतिनिधि सभा निर्वाचन २०७९
मोरङमा ३ जना सांसदमात्रै दोहोरिए, १५ जना नयाँ
विराटचोकः प्रतिनिधिसभा तर्फ ६ र प्रदेशसभा तर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा अधिकांश नयाँ सदस्य निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा तीन जना २०७४ सालकै विजेता दोहोरिएका छन् । बाँकी १५ जना नयाँ चुनिएका हुन् ।
लीलाबल्लभ अधिकारी मोरङ २ (२), अमनलाल मोदी मोरङ (४) र केदार कार्की मोरङ ६ (२) मात्रै दोहोरिएका छन् । अन्य सबै नयाँ उम्मेद्वारले बाजी मारेका हुन् ।
मोरङ ५ बाट स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनी पहिलो पटक निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेद्वार डिगबहादुर लिम्बू निर्वाचित भए । संविधानसभा सदस्य लिम्बूले २०७४ सालका विजेता घनश्याम खतिवडालाई पराजित गरेका हुन् ।
मोरङ १(१) मा एमाले उम्मेद्वार उमाकन्त गौतम निर्वाचित भए । उनले माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद साम्बालाई पराजित गरे । २०७४ सालमा साम्बा निर्वाचित भएका थिए । क्षेत्र नम्बर १(२)बाट खड्गबहादुर बस्नेत निर्वाचित भए । उनले एकीकृत समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र घिमिरेलाई पराजित गरे ।
क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेद्वार सुजाता कोइरालालाई पराजित गर्दै एमाले उम्मेद्वार ऋषिकेश पोखरेल निर्वाचित भए । क्षेत्र नम्बर २ (१) बाट माओवादी केन्द्रका गणेश उप्रेती निर्वाचित भए । उनले एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गरे । क्षेत्र नम्बर २(२) बाट एमाले उम्मेद्वार लीलाबल्लभ अधिकारी निर्वाचित भए । कांग्रेस उम्मेद्वार विनोद कार्कीलाई पराजित गर्दै उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।
क्षेत्र नम्बर ३ बाट तीन जना नै नयाँ प्रतिनिधि आएका छन् । एमाले उम्मेद्वार भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेस उम्मेद्वार सुनिल शर्मा विजयी भए । क्षेत्र नम्बर ३ (१) बाट कांग्रेस उम्मेद्वार मानबहादुर लिम्बू र क्षेत्र नम्बर ३(२) बाट एमाले उम्मेद्वार ज्ञानेन्द्र सुवेदी विजयी भए ।
क्षेत्र नम्बर ४ बाट माओवादी नेता अमनलाल मोदी निर्वाचित भए । उनले एमाले उम्मेद्वार विनोद ढकाललाई पराजित गरे । २०७४ सालमा पनि उनी नै निर्वाचित भएका थिए । क्षेत्र नम्बर ४ को (१) बाट एमाले उम्मेद्वार जयप्रकाश चौधरी निर्वाचित भए । सोही क्षेत्रको प्रदेशसभा २ बाट कांग्रेस उम्मेदवार भीम पराजुली निर्वाचित भए । पराजुली विराटनगर महानगरपालिकाका निवर्तमान मेयर हुन् ।
क्षेत्र नम्बर ५ मा पनि तीन जना नै नयाँ अनुहार छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल निर्वाचित भए । उनले माओवादी नेता शिवकुमार मण्डल र जसपा उम्मेद्वार राजकुमार यादवलाई पराजित गरे । सोही क्षेत्रको प्रदेशसभा १ मा कांंग्रेस उम्मेद्वार गयानन्द मण्डल निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५(२) मा अमृत अर्याल निर्वाचित भए ।
क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता डाक्टर शेखर कोइराला निर्वाचित भए । उनले एमाले उम्मेद्वार लालबाबु पण्डितलाई पराजित गरे । सोही क्षेत्रको प्रदेशसभा १ मा माओवादी उम्मेद्वार जीवन आचार्य निर्वाचित भए । क्षेत्र नम्बर ६(२) बाट कांग्रेस उम्मेद्वार केदार कार्की दोस्रो पटक निर्वाचित भए ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login