Connect with us
Advertisement

मोरङमा ३ जना सांसदमात्रै दोहोरिए, १५ जना नयाँ

Published

on

विराटचोकः प्रतिनिधिसभा तर्फ ६ र प्रदेशसभा तर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा अधिकांश नयाँ सदस्य निर्वाचित भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभामा तीन जना २०७४ सालकै विजेता दोहोरिएका छन् । बाँकी १५ जना नयाँ चुनिएका हुन् ।

लीलाबल्लभ अधिकारी मोरङ २ (२), अमनलाल मोदी मोरङ (४) र केदार कार्की मोरङ ६ (२) मात्रै दोहोरिएका छन् । अन्य सबै नयाँ उम्मेद्वारले बाजी मारेका हुन् ।

मोरङ ५ बाट स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल निर्वाचित भएका छन् । उनी पहिलो पटक निर्वाचित भएका हुन् ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेद्वार डिगबहादुर लिम्बू निर्वाचित भए । संविधानसभा सदस्य लिम्बूले २०७४ सालका विजेता घनश्याम खतिवडालाई पराजित गरेका हुन् ।
मोरङ १(१) मा एमाले उम्मेद्वार उमाकन्त गौतम निर्वाचित भए । उनले माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद साम्बालाई पराजित गरे । २०७४ सालमा साम्बा निर्वाचित भएका थिए । क्षेत्र नम्बर १(२)बाट खड्गबहादुर बस्नेत निर्वाचित भए । उनले एकीकृत समाजवादी पार्टीका उम्मेद्वार उपेन्द्र घिमिरेलाई पराजित गरे ।

क्षेत्र नम्बर २ बाट कांग्रेस उम्मेद्वार सुजाता कोइरालालाई पराजित गर्दै एमाले उम्मेद्वार ऋषिकेश पोखरेल निर्वाचित भए । क्षेत्र नम्बर २ (१) बाट माओवादी केन्द्रका गणेश उप्रेती निर्वाचित भए । उनले एमाले उम्मेदवार दानबहादुर कार्कीलाई पराजित गरे । क्षेत्र नम्बर २(२) बाट एमाले उम्मेद्वार लीलाबल्लभ अधिकारी निर्वाचित भए । कांग्रेस उम्मेद्वार विनोद कार्कीलाई पराजित गर्दै उनी दोस्रो पटक निर्वाचित भएका हुन् ।

क्षेत्र नम्बर ३ बाट तीन जना नै नयाँ प्रतिनिधि आएका छन् । एमाले उम्मेद्वार भानुभक्त ढकाललाई पराजित गर्दै कांग्रेस उम्मेद्वार सुनिल शर्मा विजयी भए । क्षेत्र नम्बर ३ (१) बाट कांग्रेस उम्मेद्वार मानबहादुर लिम्बू र क्षेत्र नम्बर ३(२) बाट एमाले उम्मेद्वार ज्ञानेन्द्र सुवेदी विजयी भए ।

क्षेत्र नम्बर ४ बाट माओवादी नेता अमनलाल मोदी निर्वाचित भए । उनले एमाले उम्मेद्वार विनोद ढकाललाई पराजित गरे । २०७४ सालमा पनि उनी नै निर्वाचित भएका थिए । क्षेत्र नम्बर ४ को (१) बाट एमाले उम्मेद्वार जयप्रकाश चौधरी निर्वाचित भए । सोही क्षेत्रको प्रदेशसभा २ बाट कांग्रेस उम्मेदवार भीम पराजुली निर्वाचित भए । पराजुली विराटनगर महानगरपालिकाका निवर्तमान मेयर हुन् ।

क्षेत्र नम्बर ५ मा पनि तीन जना नै नयाँ अनुहार छन् । प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल निर्वाचित भए । उनले माओवादी नेता शिवकुमार मण्डल र जसपा उम्मेद्वार राजकुमार यादवलाई पराजित गरे । सोही क्षेत्रको प्रदेशसभा १ मा कांंग्रेस उम्मेद्वार गयानन्द मण्डल निर्वाचित भएका छन् । क्षेत्र नम्बर ५(२) मा अमृत अर्याल निर्वाचित भए ।

क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस नेता डाक्टर शेखर कोइराला निर्वाचित भए । उनले एमाले उम्मेद्वार लालबाबु पण्डितलाई पराजित गरे । सोही क्षेत्रको प्रदेशसभा १ मा माओवादी उम्मेद्वार जीवन आचार्य निर्वाचित भए । क्षेत्र नम्बर ६(२) बाट कांग्रेस उम्मेद्वार केदार कार्की दोस्रो पटक निर्वाचित भए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

साउदीलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

Published

on

साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।

आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।

नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।

यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।

दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।

यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।

१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।

Continue Reading

Banner

बढ्यो ग्यासको मूल्य

Published

on

सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।

निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।

१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।

Continue Reading

Banner

बाढीपीडितका लागि आईएमई ग्रुपको १० करोड सहयोग

Published

on

आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ बरावरको सहयोग प्रदान गरेको छ ।

सोमबार सिंहदरबारमा ग्रुपले प्रवर्द्धन गरेका कम्पनीका प्रतिनिधिहरूसहित आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा मानवीय सहयोग तथा सहकार्य मार्फत प्रभावित समुदायलाई हर सम्भव सहयोग जुटाउन आइएमई ग्रुप प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए ।

विदेशमा रहेका नेपाली नागरिकहरूले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाउँदा लाग्ने रेमिट्यान्स शुल्क सेप्टेम्बर १० सम्म पूर्ण रूपमा निःशुल्क गरिएको उनले जानकारी दिए ।

साथै, ग्रुपले आइएमई फाउण्डेशनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेको छ ।

यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको आइएमई ग्रुपले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक