खेलकुद
आहा रारा गोल्डकपको नाममा अबदेखि पोखरा पनि जोडिने
पोखराः हिमश्री फुड्स प्रा.लि. र सहारा क्लब पोखराबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले क्लबलाई बार्षिक रुपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
हिमश्रीले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०७८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने छ । उद्योगपति स्व. सूर्यबहादुर केसीको पहल तथा सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता शुरु भएको थियो ।
२०६९ देखि ०७८ सम्म दोस्रोपटक आहा–रारा गोल्डकप नामाकरण १० वर्षे करार सम्झौता भएको थियो । तेस्रो पटक १० वर्षे सम्झौता भएसंगै प्रतियोगिताको २२ औं संस्करणदेखि २०८८ सालसम्म आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कार्यक्रममा बोल्दै प्रा.लि.का निर्देशक प्रकाश केसीले खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबलाई सहयोग गर्दै आइरहेको बताए । अर्का निर्देशक किरण केसीले आफ्ना बुबाले गरेको कार्यलाई निरन्तरता दिएको बताए ।
क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हिमश्रीले तीन दशकसम्म निरन्तर रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गरेको भन्दै धन्यवाद दिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले सहारा क्लबले सामाजिक कार्य गर्दै आइरहेकाले फुटबल आयोजना गरेबातप पोखरा रंगशालाले शुल्क लिन नहुने र त्यसका लागि राखेपसँग पहल गरिरहेको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव एवं क्लबका सल्लाहकार तेजबहादुर गुरुङले नेपाली खेलकुदको समृद्धिका लागि व्यापारिक घरानाहरुको प्रायोजन महत्वपूर्ण हुने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका संंस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको खेलकुद पत्रकारिताको विकासमा सहारा क्लब र केसी परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले यस्ता प्रतियोगितालाई राज्यस्तरबाट पनि पहल हुनपर्ने बताए । प्रतियोगिताको २२ औं संस्करण आगामी पुस १२ देखि २३ गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ ।

Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login