खेलकुद
आहा रारा गोल्डकपको नाममा अबदेखि पोखरा पनि जोडिने
पोखराः हिमश्री फुड्स प्रा.लि. र सहारा क्लब पोखराबीच १० वर्षे सम्झौता भएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रमकाबीच प्रालिका अध्यक्ष प्रेमकुमारी केसी र क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रतियोगिताको मुख्य प्रायोजक प्रालिले क्लबलाई बार्षिक रुपमा पहिलो तीन वर्ष १८ लाख, दोस्रो तीन वर्ष २१ लाख, तेस्रो तीन वर्ष २४ लाख र २०८८ सालमा २७ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
हिमश्रीले अतिरिक्त आन्तरिक खर्च बापत पहिलो प्रत्येक तीन वर्ष ४ लाख ५० हजार, दोस्रो प्रत्येक तीन वर्ष ५ लाख २५ हजार, तेस्रो प्रत्येक तीन वर्ष ६ लाख २५ हजार र अन्तिम २०७८ सालमा ७ लाख रुपैयाँ क्लबलाई प्रदान गर्ने छ । उद्योगपति स्व. सूर्यबहादुर केसीको पहल तथा सक्रियतामा २०५९ सालमा आहा गोल्डकपको नामबाट १० वर्षे सम्झौता शुरु भएको थियो ।
२०६९ देखि ०७८ सम्म दोस्रोपटक आहा–रारा गोल्डकप नामाकरण १० वर्षे करार सम्झौता भएको थियो । तेस्रो पटक १० वर्षे सम्झौता भएसंगै प्रतियोगिताको २२ औं संस्करणदेखि २०८८ सालसम्म आहा रारा पोखरा गोल्डकप फुटबलका नामबाट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
कार्यक्रममा बोल्दै प्रा.लि.का निर्देशक प्रकाश केसीले खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यले क्लबलाई सहयोग गर्दै आइरहेको बताए । अर्का निर्देशक किरण केसीले आफ्ना बुबाले गरेको कार्यलाई निरन्तरता दिएको बताए ।
क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले हिमश्रीले तीन दशकसम्म निरन्तर रुपमा प्रतियोगितालाई मुख्य प्रायोजन गरेको भन्दै धन्यवाद दिए । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेशकुमार गुरुङले सहारा क्लबले सामाजिक कार्य गर्दै आइरहेकाले फुटबल आयोजना गरेबातप पोखरा रंगशालाले शुल्क लिन नहुने र त्यसका लागि राखेपसँग पहल गरिरहेको बताए ।
प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्य सचिव एवं क्लबका सल्लाहकार तेजबहादुर गुरुङले नेपाली खेलकुदको समृद्धिका लागि व्यापारिक घरानाहरुको प्रायोजन महत्वपूर्ण हुने बताए । खेलकुद पत्रकार मञ्च कास्कीका संंस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखराको खेलकुद पत्रकारिताको विकासमा सहारा क्लब र केसी परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।
सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङले यस्ता प्रतियोगितालाई राज्यस्तरबाट पनि पहल हुनपर्ने बताए । प्रतियोगिताको २२ औं संस्करण आगामी पुस १२ देखि २३ गते सम्म पोखरा रंगशालामा आयोजना हुने भएको छ ।

Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login