समाचार
सुन्दरहरैंचामा भू–उपयोगका विषयमा सर्वपक्षीय छलफल
विराटचोकः सरकारले जग्गाको खण्डीकरण र कृषियोग्य जमिनमा बस्ती विकास रोक्ने गरी भू–उपयोग नियमावली जारी गरेसँगै स्थानीय सरकारले भू उपयोग वर्गीकरणको कामलाई मूर्त रुप दिन छलफल थालेको छ ।
बुधबार मोरङको सुन्दरहरैँचा नगरपालिकाले सर्वपक्षीय भेला आयोजना गरी छलफल गरेको छ । नगरप्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत कार्यालयका प्रमुख भानुभक्त न्यौपाने, नापी कार्यालयका प्रमुख, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागितामा छलफल गरेको हो ।
छलफल कार्यक्रममा भू उपयोगसम्बन्धी विज्ञ योगेश श्रेष्ठले सरकारको जग्गा खण्डीकरण गर्ने नियमावलीअनुसार सुन्दरहरैँचा नगरपालिकाभित्र पर्ने व्यावसायिक क्षेत्र, आवास क्षेत्र, उद्योग क्षेत्र, कृषि क्षेत्र र सार्वजनिक क्षेत्रका बारेमा अध्ययन गरेर प्रस्तुतीकरण गरेका थिए । यस्तै बाटोको वर्गीकरण गरिनुपर्ने समेत सुझाव दिएका छन् ।
पछिल्लो समय सरकारले भू उपयोग नीति ल्याएसँगै मालपोत कार्यालयले कित्ताकाट रोकेको छ । यसले धेरैलाई समस्या पर्ने भएकाले स्थानीय सरकारले अध्ययन गर्दै वडास्तरीय र नगरस्तरीय छलफल चलाएको हो ।
छलफलपछि नगरप्रमुख गुरागाईँले आवश्यकताअनुसार निर्णय गर्ने बताए । यस्तै सहभागीले आवास क्षेत्र बनाउँदा कृषि भइरहेको ठाउँमा सरकारले दिने सेवा सुविधाका विषयमा प्रश्न गरेका थिए । कृषि क्षेत्र भए त्यसबाट उब्जनी गरी बजारीकरण र आत्मनिर्भर कसरी बनाउने भन्ने विषय समेत उठाएका थिए ।
कार्यक्रममा मालपोत प्रमुख न्यौपानेले कृषि क्षेत्र सकेसम्म धेरै बनाउन सुझाव दिएका थिए । उनले कृषियोग्य जमिन संरक्षण गर्नुपर्ने बताएका थिए । मापदण्ड अनुसार, कृषियोग्य जमिनलाई टुक्र्याउन तराईमा दुई कट्ठाको सीमा तोकिएको छ ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login