Connect with us
Advertisement

असम्भवजस्तै लाग्ने विश्कप फुटबलका १० रोचक तथ्य, यस पटकको विश्कपमा केही रेकर्ड भने तोडिए

Published

on

काठमाडौंः फिफा विश्वकप, विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव हो । जहाँ अनौठा घटना र कीर्तिमानहरु भइरहन्छन् । २०१८ को विश्वकपसम्म भएका अनौठा यी कीर्तिमान यस्ता छन्ः

१. विश्वकपको एक संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

फ्रान्सका पूर्व खेलाडी जस्ट फोन्टाइनले एकै संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेका छन् । उनले १९५८ मा स्वीडेनमा आयोजना भएको विश्वकपको छैटौं संस्करणमा एक्लैले १३ गोल गर्दै कीर्तिमान राखेका हुन् ।

२. विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी

वास्तवमा पेलेको नाममा धेरै कीर्तिमान छन् । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ((१७ वर्ष २३९ दिन), विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष २४४ दिन) र विश्वकपमा सबैभन्दा धेरै असिस्ट (१०)गर्ने खेलाडी हुन् । उनी विश्वकप फाइनलमा तीन गोल गर्ने चारमध्ये एक हुन् । उनी आधिकारिक रुपमा तीन फरक विश्वकप जित्ने केवल एकमात्र खेलाडीसमेत हुन् ।

सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा पेलेले सम्पूर्ण खेल खेले । ४ गोल गरे र ६ असिस्ट गरे । सन् १९६२ मा ब्राजिलले विश्वकप जित्दा उनले शुरुका दुई खेलमात्र खेलेका थिए । त्यसपछि चोटले टिमबाट बाहिरिए ।

त्यसको चार वर्षअघि स्वीडेनमा भएको विश्वकपमा एक किशोर खेलाडीका रुपमा क्वाटरफाइनलमा गोल गर्दै पेलेले आफ्नो विरासत स्थापना गरे । फ्रान्सलाई सेमीफाइनलमा हराउने क्रममा ह्याट्रिक गरे र फाइनलमा घरेलु टोलीलाई हराउन दुई गोल गरे ।

३. प्रशिक्षकको रुपमा सबैभन्दा बढी प्रतियोगिता

ब्राजिलियन प्रशिक्षक कार्लाेस अलबर्टो परेरा फिफा विश्वकपमा प्रशिक्षकको रुपमा सबैभन्दा बढी ६ पटकसम्म विश्वकपको अनुभव भएका महान व्यक्ति हुन् । उनी १९८२, १९९०, १९९४, १९९८ ,२००६ र २०१० मा ब्राजिल टिमको प्रशिक्षकका रुपमा कार्यरत थिए ।

४. विश्वकपमा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी

मेक्सिकोका डिफेन्डर राफेल मार्क्युज लगातार पाँच विश्वकपमा कप्तान बनेका खेलाडी हुन् । उनले २००२, २००६, २०१०, २०१४ र २०१८ मा मेक्सिकन टिमको कप्तानी गरेका थिए ।

५. सबैभन्दा बढी समय खेल्ने खेलाडी

इटलीका डिफेन्डर पाओलो माल्दिनी विश्वकपमा सबैभन्दा बढी मिनेट खेल्ने खेलाडी हुन् । सन् १९९० देखि २००२ सम्मको विश्वकप खेलेका उनी २२१६ मिनेटसम्म विश्वकप खेलका लागि मैदानमा रहे ।

उनले सर्वाधिक मिनेट मैदानमा खेल प्रदर्शन गरेका जर्मनका मिडफिल्डर लोथर म्याथ्युनको कीर्तिमान तोड्दै उनीभन्दा १७१ मिनेट मिनेट बढी समय खेलेका हुन् । हालका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले क्रमशः १ हजार ६४४ र १ हजार ६२५ मिनेट खेलेका छन् ।

६. विश्वकपका सबैभन्दा पाका खेलाडी

इजिप्टका गोलरक्षक असम एल हेडरी हालसम्म विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी हुन् । उनले २०१८ मा भएको विश्वकपमा इजिप्टबाट खेलेका थिए । जतिबेला उनी ४५ वर्ष १६१ दिनका थिए ।

उनले १५९ खेलमा कप्तानको भूमिका समेत निर्वाह गरे ।

७. सबैभन्दा पाका गोलकर्ता

४२ वर्षीय रोगर मिल्ला विश्वकपमा गोल गर्ने हालसम्मकै सबैभन्दा पाका खेलाडी हुन् । क्यामरुनी फर्वाड मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा उनले रसियाविरुद्ध गोल गरेका थिए ।

८. एउटा खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रसियन फर्वाड ओलेग सालेन्को एक यस्ता खलाडी हुन् जसको नाम एउटै खेलबाट चर्चामा आयो । एउटै खेलबाट उनले फिफा विश्वकपमा गोल्डेन बुट जिते ।

उनी यु–२० विश्वकप र फिफा विश्वकप दुवैमा गोल्डेन बुट जित्ने एक मात्र खेलाडी हुन् । उनको टिम समूह चरणबाट बाहिरिए पनि गोल्डेन बुट जिते । उनले १९९४ मा अमेरिकामा भएको विश्वकपमा क्यामरुनविरुद्धको एकै खेलमा गरेको पाँच गोलले उनलाई गोल्डेन बुटको हकदार बनायो ।

९. हारेको खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

अर्नस्ट विलिमोवस्की एक यस्ता खेलाडी हुन्, जसले हारेको खेलमा चार गोल गर्दै एक इतिहास लेखेका थिए । पोल्यान्डका फर्वाड विलिमोवस्कीले ६८८ खेल खेल्दै १ हजार ७७ गोल गरेका छन् । १९३८ को विश्वकपमा नकआउट चरणमा पुगेको पोल्यान्डले अन्तिम १६ को खेल पेनाल्टीमा पुगेर ६–५ को नतिजामा बाहिरिएको थियो ।

पोल्यान्डका लागि निर्धारित समयमा २ गोल गरेका विलिमोवस्कीले अतिरिक्त समयमा गरेको ४ गोलले उनले विश्वकपमा हारेको एकै खेलमा चार गोल गर्नेे खेलाडीको कीर्तिमान पाएका छन् ।

१०.एकै खेलमा एउटै खेलाडीलाई ३ पहेंलो कार्ड

क्रोएसियाका मुख्य डिफेन्डर जोसिप सिम्युनिख विश्वकपमा सबैभन्दा बढी पहेंलो कार्ड पाउने खेलाडी हुन् । उनले २००६ मा अष्ट्रेलियासँगको खेलमा ३ वटा पहेंलो कार्ड खाएका थिए ।

सन् २००६ मा क्रोएसिया र अष्ट्रेलियाबीच भएको २–२ को बराबरीको खेलमा जोसिपले ले ह्यारी केवेललाई उनको अनुहारमा हातले धकेलेको भन्दै पहिलो पहेंलो कार्ड खाएका थिए । दोस्रो कार्ड पनि खेलकै दौरान मार्क विडुका र जोशुवा क्यान्डीलाई जर्सी समातेर तानेको गल्तीमा पाएका थिए ।

त्यस्तै, मैदानबाट बाहिरिसकेपछि र खेल सकिइसकेको सिटी पनि उनले रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै तेस्रो पहेंलो कार्ड पाएका थिए । जसका कारण उनको नाममा एक अनौठो खालको रेकर्ड बनेको छ ।

यीमध्ये केही रेकर्ड भने कतारमा सम्पन्न २२ औंँ संस्करणको प्रतिष्पर्धामा तोडिएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक