Connect with us
Advertisement

असम्भवजस्तै लाग्ने विश्कप फुटबलका १० रोचक तथ्य, यस पटकको विश्कपमा केही रेकर्ड भने तोडिए

Published

on

काठमाडौंः फिफा विश्वकप, विश्वको सबैभन्दा प्रतिष्ठित खेलकुद महोत्सव हो । जहाँ अनौठा घटना र कीर्तिमानहरु भइरहन्छन् । २०१८ को विश्वकपसम्म भएका अनौठा यी कीर्तिमान यस्ता छन्ः

१. विश्वकपको एक संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

फ्रान्सका पूर्व खेलाडी जस्ट फोन्टाइनले एकै संस्करणमा सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेका छन् । उनले १९५८ मा स्वीडेनमा आयोजना भएको विश्वकपको छैटौं संस्करणमा एक्लैले १३ गोल गर्दै कीर्तिमान राखेका हुन् ।

२. विश्वकप फाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी

वास्तवमा पेलेको नाममा धेरै कीर्तिमान छन् । उनी विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी ((१७ वर्ष २३९ दिन), विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी (१७ वर्ष २४४ दिन) र विश्वकपमा सबैभन्दा धेरै असिस्ट (१०)गर्ने खेलाडी हुन् । उनी विश्वकप फाइनलमा तीन गोल गर्ने चारमध्ये एक हुन् । उनी आधिकारिक रुपमा तीन फरक विश्वकप जित्ने केवल एकमात्र खेलाडीसमेत हुन् ।

सन् १९७० मा ब्राजिलले विश्वकप जित्दा पेलेले सम्पूर्ण खेल खेले । ४ गोल गरे र ६ असिस्ट गरे । सन् १९६२ मा ब्राजिलले विश्वकप जित्दा उनले शुरुका दुई खेलमात्र खेलेका थिए । त्यसपछि चोटले टिमबाट बाहिरिए ।

त्यसको चार वर्षअघि स्वीडेनमा भएको विश्वकपमा एक किशोर खेलाडीका रुपमा क्वाटरफाइनलमा गोल गर्दै पेलेले आफ्नो विरासत स्थापना गरे । फ्रान्सलाई सेमीफाइनलमा हराउने क्रममा ह्याट्रिक गरे र फाइनलमा घरेलु टोलीलाई हराउन दुई गोल गरे ।

३. प्रशिक्षकको रुपमा सबैभन्दा बढी प्रतियोगिता

ब्राजिलियन प्रशिक्षक कार्लाेस अलबर्टो परेरा फिफा विश्वकपमा प्रशिक्षकको रुपमा सबैभन्दा बढी ६ पटकसम्म विश्वकपको अनुभव भएका महान व्यक्ति हुन् । उनी १९८२, १९९०, १९९४, १९९८ ,२००६ र २०१० मा ब्राजिल टिमको प्रशिक्षकका रुपमा कार्यरत थिए ।

४. विश्वकपमा सबैभन्दा धेरै कप्तानी गर्ने खेलाडी

मेक्सिकोका डिफेन्डर राफेल मार्क्युज लगातार पाँच विश्वकपमा कप्तान बनेका खेलाडी हुन् । उनले २००२, २००६, २०१०, २०१४ र २०१८ मा मेक्सिकन टिमको कप्तानी गरेका थिए ।

५. सबैभन्दा बढी समय खेल्ने खेलाडी

इटलीका डिफेन्डर पाओलो माल्दिनी विश्वकपमा सबैभन्दा बढी मिनेट खेल्ने खेलाडी हुन् । सन् १९९० देखि २००२ सम्मको विश्वकप खेलेका उनी २२१६ मिनेटसम्म विश्वकप खेलका लागि मैदानमा रहे ।

उनले सर्वाधिक मिनेट मैदानमा खेल प्रदर्शन गरेका जर्मनका मिडफिल्डर लोथर म्याथ्युनको कीर्तिमान तोड्दै उनीभन्दा १७१ मिनेट मिनेट बढी समय खेलेका हुन् । हालका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले क्रमशः १ हजार ६४४ र १ हजार ६२५ मिनेट खेलेका छन् ।

६. विश्वकपका सबैभन्दा पाका खेलाडी

इजिप्टका गोलरक्षक असम एल हेडरी हालसम्म विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी हुन् । उनले २०१८ मा भएको विश्वकपमा इजिप्टबाट खेलेका थिए । जतिबेला उनी ४५ वर्ष १६१ दिनका थिए ।

उनले १५९ खेलमा कप्तानको भूमिका समेत निर्वाह गरे ।

७. सबैभन्दा पाका गोलकर्ता

४२ वर्षीय रोगर मिल्ला विश्वकपमा गोल गर्ने हालसम्मकै सबैभन्दा पाका खेलाडी हुन् । क्यामरुनी फर्वाड मिल्लाले ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा उनले रसियाविरुद्ध गोल गरेका थिए ।

८. एउटा खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

रसियन फर्वाड ओलेग सालेन्को एक यस्ता खलाडी हुन् जसको नाम एउटै खेलबाट चर्चामा आयो । एउटै खेलबाट उनले फिफा विश्वकपमा गोल्डेन बुट जिते ।

उनी यु–२० विश्वकप र फिफा विश्वकप दुवैमा गोल्डेन बुट जित्ने एक मात्र खेलाडी हुन् । उनको टिम समूह चरणबाट बाहिरिए पनि गोल्डेन बुट जिते । उनले १९९४ मा अमेरिकामा भएको विश्वकपमा क्यामरुनविरुद्धको एकै खेलमा गरेको पाँच गोलले उनलाई गोल्डेन बुटको हकदार बनायो ।

९. हारेको खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी

अर्नस्ट विलिमोवस्की एक यस्ता खेलाडी हुन्, जसले हारेको खेलमा चार गोल गर्दै एक इतिहास लेखेका थिए । पोल्यान्डका फर्वाड विलिमोवस्कीले ६८८ खेल खेल्दै १ हजार ७७ गोल गरेका छन् । १९३८ को विश्वकपमा नकआउट चरणमा पुगेको पोल्यान्डले अन्तिम १६ को खेल पेनाल्टीमा पुगेर ६–५ को नतिजामा बाहिरिएको थियो ।

पोल्यान्डका लागि निर्धारित समयमा २ गोल गरेका विलिमोवस्कीले अतिरिक्त समयमा गरेको ४ गोलले उनले विश्वकपमा हारेको एकै खेलमा चार गोल गर्नेे खेलाडीको कीर्तिमान पाएका छन् ।

१०.एकै खेलमा एउटै खेलाडीलाई ३ पहेंलो कार्ड

क्रोएसियाका मुख्य डिफेन्डर जोसिप सिम्युनिख विश्वकपमा सबैभन्दा बढी पहेंलो कार्ड पाउने खेलाडी हुन् । उनले २००६ मा अष्ट्रेलियासँगको खेलमा ३ वटा पहेंलो कार्ड खाएका थिए ।

सन् २००६ मा क्रोएसिया र अष्ट्रेलियाबीच भएको २–२ को बराबरीको खेलमा जोसिपले ले ह्यारी केवेललाई उनको अनुहारमा हातले धकेलेको भन्दै पहिलो पहेंलो कार्ड खाएका थिए । दोस्रो कार्ड पनि खेलकै दौरान मार्क विडुका र जोशुवा क्यान्डीलाई जर्सी समातेर तानेको गल्तीमा पाएका थिए ।

त्यस्तै, मैदानबाट बाहिरिसकेपछि र खेल सकिइसकेको सिटी पनि उनले रेफ्रीको निर्णयमा असहमति जनाएको भन्दै तेस्रो पहेंलो कार्ड पाएका थिए । जसका कारण उनको नाममा एक अनौठो खालको रेकर्ड बनेको छ ।

यीमध्ये केही रेकर्ड भने कतारमा सम्पन्न २२ औंँ संस्करणको प्रतिष्पर्धामा तोडिएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक