Connect with us
Advertisement

एन प्याब्सनको आयोजनामा भएको नृत्य प्रतियोगितामा हिमाली इङ्लिस स्कुल पहिलो, सुन्दरवाटिका दोस्रो

Published

on

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगिताअन्तर्गत आज भएको प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचोक पहिलो भएको छ ।

प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसनल एकेडेमी सलकपुर तेस्रो भएका छन् । सगरमाथा हिमाल दर्शन स्कुल बेलगाछी र कालीदेवी इङ्लिस स्कुल विराटचोकले सान्त्वना स्थान हात पारेका छन् ।

बेलबारीका विद्यालयबीच भएको प्रतियोगितामा सिनियरतर्फ गुरुकुल पाठशाला पहिलो, डेल्टा इङ्लिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन् ।

जुनियरतर्फ मोरङ ज्ञानोदय पहिलो, गुरुकुल पाठशाला दोस्रो, डेल्टा इङ्लिस स्कुल तेस्रो र मोरङ चिनारीले सान्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले साना भाइबहिनीले पनि उत्कृष्ट कलाकारले जस्तै नृत्य गरेको बताए ।

‘नेपाली समाज कस्तो छ भनेर नृत्यले देखाएको छ’, उनले भने, ‘कक्षा कोठामा सामाजिक विषयका शिक्षकले यही विषय बुझाउन कति मिहिनेत गर्नुपथ्र्याे । तर नृत्यमार्फत् कति सजिलै बुझाइएको छ ।’ समाजमा अन्योन्याश्रित सम्बन्ध राख्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने उनले बताए ।

कार्यक्रममा एन प्याब्सन विराटनगरका अध्यक्ष पराग ढुङ्गाना, एन प्याब्सनका जिल्ला सदस्य दीपेन्द्र खुलाल, एन प्याब्सनका प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारीलगायतले आफ्नो धारणा राखेका थिए ।

एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । एन प्याब्सन सुन्दरहरैंचाका सचिव विनोद फुयालले सञ्चालन गरेको प्रतियोगितामा प्रेम सुनार र आनन्द बस्नेत निर्णायक रहेका थिए ।

सुन्दरहरैंचा, बेलबारी जुनियर र बेलबारी सिनियर गरेर ३ विधामा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । सुन्दरहरैंचाका ७ वटा विद्यालय तथा बेलबारी जुनियरतर्फ ४ र सिनियरतर्फ ३ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

विजयी टिमको नृत्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/860183021848891

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/416669843922221

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक