कला / साहित्य
विरहीको खोजमूलक कृति ‘बेलबारीको साहित्यिक इतिहास’ लोकार्पित
बेलबारीः बेलबारी साहित्यिक विकास समितिको पाँचौँ वार्षिक साधारणसभाको अवसरमा ‘बेलबारीको साहित्यिक इतिहास’ कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्याक्रममा कृतिको लोकार्पण भएको हो । बेलबारीको साहित्यको इतिहासलाई खोज्ने हेतुले यो पुस्तक लेखिएको लेखक केशु विरहीले बताए । १ सय २९ पृष्ठको सो पुस्तकभित्र बेलबारीको परिचय, बेलबारीमा विधा साहित्यिक अध्ययन, आख्यान साहित्यको उत्पत्ति र विकास, गजल, बेलबारीमा साहित्यको अध्ययन, मातृभाषामा साहित्य, जनवादी साहित्य, पाहुनाको योगदान लगायतका विषय समेटिएको छ । यस्तै, बेलबारीमा प्रकाशन भएका कृति, लेख रचना, साहित्यिक संघ सस्था, सञ्चारगृहको समेत विवरण राखिएको छ ।
कृतिको प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई, प्राज्ञ देवी पन्थी, भाषाविद् आचार्य अ, अग्रज साहित्यकार हर्कमान तामाङ, बेलबारी साहित्यिक विकास समितिकी अध्यक्ष तिला लेकाली लगायतले लोकार्पण गरेका थिए ।
कार्यक्रममा कृतिका बारेमा प्राज्ञ पन्थीले टिप्पणी गरेका थिए । पुस्तकले बेलबारीको ६५ वर्षीय इतिहासलाई समेटेको पन्थीले बताए । बेलबारीमा यो अनुसन्धानको सुरुवात भएको उनको भनाइ थियो । कनीकुथी गरेर प्रेसमा लगेर पुस्तक निकाल्ने र म लेखक हुँ भन्ने विकृतिको अन्त्य गर्न जरुरी रहेको पन्थीले बताए । यस्तै अग्रिम बुकिङ गरेर ४ सय पुस्तक बिक्री हुनु लेखकहरुका लागि अत्यन्तै ठूलो सफलता रहेको उनले बताए ।
यस्तै, नगर प्रमुख राईले बेलबारी नगर महिनामा एउटा साहित्यिक कार्यक्रम हुने नगरको रुपमा परिचित भएको बताउँदै यो कृतिले विभिन्न फूलका थुङ्गाहरुलाई एकै ठाउँमा उन्ने काम गरेको बताए । साहित्यिक विषयको उत्खनन गर्नु बेलबारीका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको राईको भनाइ थियो ।
यस्तै आचार्य अ ले पालिका स्तरमा नै साहित्यको इतिहास लेखिनु अपूर्व काम भएको बताए । अहिलेको युग अनुसन्धानको युग भएकाले आज सबै विधामा सानोसानो विषयमा अध्ययन गर्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रम बेलबारी साहित्य विकास समतिको आयोजनामा भएको थियो । कार्यक्रमको सभापतित्व आयोजक संस्थाकी अध्यक्ष तिला लेकालीले गरेकी थिइन् ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login