Connect with us
Advertisement

विश्वलाई चकित पार्दै सेमीफाइनलसम्म पुगेको मोरक्कोको कथा

Published

on

मोरक्को अहिलेको समयमा हरेक फुटबलप्रेमीको दिमागमा कोरिएको नाम हो । कारणः कतारमा जारी फिफा विश्वकप २०२२ मा यो टोलीले यस्तो प्रदर्शन गरेको थियो कि विश्व नै अवाक् भई हेरिरहेको थियो । सेमीफाइनलभन्दा अघि पुग्न नसकेको मोरक्को शनिबार भएको खेलमा साबिक उपविजेता क्रोएसियासँग पराजित भएको छ ।

२२ औँ स्थानको टिम मोरक्को, चालु विश्वकपको सेमिफाइनलसम्म पुग्यो । क्वाटरफाइनल खेलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० ले पराजित गरेको थियो ।

मोरक्कोको सफलता यसका खेलाडीहरूको दिनरातको मिहिनेतको परिणाम हो । करिब ३.६७ करोड जनसङ्ख्या भएको यो सानो अफ्रिकी देश सेमिफाइनलमा पुग्छ भने शायदै कुनै फुटबल विज्ञले भविष्यवाणी गरेको थियो होला । यसको पछाडिको कारण यो पनि थियो कि यस अघिका विश्वकपमा मोरक्को सेमीफाइनल मात्र होइन क्वाटरफाइनलसम्म पनि पुग्न सकेको थिएन । सबै भविष्यवाणीलाई गलत ठहर्याउँदै मोरक्को विश्वकप फुटबलको सेमीफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । विगत हेर्ने हो भने, मोरक्कोभन्दा पहिले सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वाटर फाइनलमा पुगेका थिए ।

नयाँ प्रशिक्षकले परिवर्तन गरे भाग्य
मोरक्कोका धेरै मानिसहरू फ्रान्स, स्पेन, नेदरल्याण्ड जस्ता देशहरूमा बसोबास गर्छन् । तर जब देशको लागि खेल्ने कुरा आउँछ, कोही पछि हट्दैनन् । हालको टिमका पनि धेरै स्टारहरू – हाकिम जियेच, सोफियान बाउफल, रोमेन साइस, अशरफ हाकिमी र यासिन बोनो या त विदेशमा जन्मेका हुन् या त हाल विदेशी लिगमा खेल्छन् । यद्यपि यी खेलाडीले मोरक्कोका लागि धेरै ठूला प्रतियोगितामा भाग लिएका थिए तर यसअघि उनीहरूको प्रदर्शन त्यति राम्रो थिएन ।
अहिले जारी विश्वकपमा उनीहरूको प्रदर्शनमा अचानक सुधार आएको थियो । खेलाडी परिवर्तनमा टिमका प्रशिक्षक वालिद रेग्रागुईको पनि महत्वपूर्ण भूमिका रहेको थियो जसले केही महिनामै टिमको भाग्य बदलिदिए । वालिद रेग्रागुई यसै वर्ष अगस्टमा टिमको प्रशिक्षकमा नियुक्त भएका थिए ।

राजा मोहम्मदको पनि महत्वपूर्ण भूमिका
सन् १९९९ देखि मोरक्कोमा शासन गर्दै आएका राजा मोहम्मद छैटौंले पनि मोरक्कन फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । राजा मोहम्मदले सो देशमा फुटबल एकेडेमी निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । त्यसैको फलस्वरूप मोरक्कन प्रोफेशनल लिग (बोटोला)का साथै आफ्नो देश तथा विदेशी लिगमा पनि यस्ता खेलाडीहरू देखा परेका छन् ।

नयाँ प्रतिभाको उदयका कारण, अफ्रिकी च्याम्पियन्स लिगमा मोरक्कन क्लबहरूको प्रदर्शन पनि विगतका वर्षहरूमा राम्रो रहेको छ । कुनै समय इजिप्ट, ट्युनिसिया र नाइजेरियाका क्लबहरूको सो प्रतियोगितामा धेरै दबदबा थियो ।

प्रशंसक र प्रियजनहरूबाट साथ र समर्थन
मोरक्कन खेलाडीहरूको सफलताको पछाडि उनीहरूका फ्यान र परिवारका सदस्यहरूको पनि हात रहेको छ । पोर्चुगलमाथि मोरक्कोको जीतपछि टिमका मिडफिल्डर सोफियान बाउफल आफ्नी आमासँग खुसी मनाएका थिए । यस क्रममा बाउफल र उनकी आमा पनि मैदानमा मज्जाले नाच्दै गरेको देखिएको थियो । मोरक्कोलाई समर्थन गर्न फ्यानहरू पनि ठूलो सङ्ख्यामा कतार पुगेका थिए । फिफा विश्वकप २०२२ मा मोरक्कोले अहिलेसम्म खेलेका सबै खेलहरूमा फ्यानहरूबाट धेरै समर्थन पाएको छ ।

चालु विश्वकपमा चार जीत र एक बराबरी तथा एक हार मेक्सिकोले बेहोर्याे । ती चार जीतमध्ये बेल्जियम, स्पेन र पोर्चुगलजस्ता आफूभन्दा माथिल्लो वरीयताका टोलीहरूविरुद्ध तीन जीत हासिल गरेको थियो । क्यानडाविरुद्ध एक मात्र गोल खाँदा आत्मघाती गोल भएको थियो ।

मोरक्कोको अहिलेसम्मको यात्राः
समूह खेलमा क्रोएसिया र मोरक्को ०–० गोलको बराबरीमा
समूह खेलमा बेल्जियमसँग २–० ले विजयी
समूह खेलमा क्यानडासँग २–१ ले विजयी
प्रि–क्वार्टर फाइनलमा स्पेनसँग ३–० को जीत (शुटआउट)
क्वाटरफाइनलमा पोर्चुगलसँग १–० ले विजयी
सेमीफाइनलमा फ्रान्ससँग २–० ले पराजित ।
तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक