Connect with us
Advertisement

विश्वलाई चकित पार्दै सेमीफाइनलसम्म पुगेको मोरक्कोको कथा

Published

on

मोरक्को अहिलेको समयमा हरेक फुटबलप्रेमीको दिमागमा कोरिएको नाम हो । कारणः कतारमा जारी फिफा विश्वकप २०२२ मा यो टोलीले यस्तो प्रदर्शन गरेको थियो कि विश्व नै अवाक् भई हेरिरहेको थियो । सेमीफाइनलभन्दा अघि पुग्न नसकेको मोरक्को शनिबार भएको खेलमा साबिक उपविजेता क्रोएसियासँग पराजित भएको छ ।

२२ औँ स्थानको टिम मोरक्को, चालु विश्वकपको सेमिफाइनलसम्म पुग्यो । क्वाटरफाइनल खेलमा मोरक्कोले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० ले पराजित गरेको थियो ।

मोरक्कोको सफलता यसका खेलाडीहरूको दिनरातको मिहिनेतको परिणाम हो । करिब ३.६७ करोड जनसङ्ख्या भएको यो सानो अफ्रिकी देश सेमिफाइनलमा पुग्छ भने शायदै कुनै फुटबल विज्ञले भविष्यवाणी गरेको थियो होला । यसको पछाडिको कारण यो पनि थियो कि यस अघिका विश्वकपमा मोरक्को सेमीफाइनल मात्र होइन क्वाटरफाइनलसम्म पनि पुग्न सकेको थिएन । सबै भविष्यवाणीलाई गलत ठहर्याउँदै मोरक्को विश्वकप फुटबलको सेमीफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बन्यो । विगत हेर्ने हो भने, मोरक्कोभन्दा पहिले सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वाटर फाइनलमा पुगेका थिए ।

नयाँ प्रशिक्षकले परिवर्तन गरे भाग्य
मोरक्कोका धेरै मानिसहरू फ्रान्स, स्पेन, नेदरल्याण्ड जस्ता देशहरूमा बसोबास गर्छन् । तर जब देशको लागि खेल्ने कुरा आउँछ, कोही पछि हट्दैनन् । हालको टिमका पनि धेरै स्टारहरू – हाकिम जियेच, सोफियान बाउफल, रोमेन साइस, अशरफ हाकिमी र यासिन बोनो या त विदेशमा जन्मेका हुन् या त हाल विदेशी लिगमा खेल्छन् । यद्यपि यी खेलाडीले मोरक्कोका लागि धेरै ठूला प्रतियोगितामा भाग लिएका थिए तर यसअघि उनीहरूको प्रदर्शन त्यति राम्रो थिएन ।
अहिले जारी विश्वकपमा उनीहरूको प्रदर्शनमा अचानक सुधार आएको थियो । खेलाडी परिवर्तनमा टिमका प्रशिक्षक वालिद रेग्रागुईको पनि महत्वपूर्ण भूमिका रहेको थियो जसले केही महिनामै टिमको भाग्य बदलिदिए । वालिद रेग्रागुई यसै वर्ष अगस्टमा टिमको प्रशिक्षकमा नियुक्त भएका थिए ।

राजा मोहम्मदको पनि महत्वपूर्ण भूमिका
सन् १९९९ देखि मोरक्कोमा शासन गर्दै आएका राजा मोहम्मद छैटौंले पनि मोरक्कन फुटबलको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । राजा मोहम्मदले सो देशमा फुटबल एकेडेमी निर्माण गर्न आर्थिक सहयोग गरेका थिए । त्यसैको फलस्वरूप मोरक्कन प्रोफेशनल लिग (बोटोला)का साथै आफ्नो देश तथा विदेशी लिगमा पनि यस्ता खेलाडीहरू देखा परेका छन् ।

नयाँ प्रतिभाको उदयका कारण, अफ्रिकी च्याम्पियन्स लिगमा मोरक्कन क्लबहरूको प्रदर्शन पनि विगतका वर्षहरूमा राम्रो रहेको छ । कुनै समय इजिप्ट, ट्युनिसिया र नाइजेरियाका क्लबहरूको सो प्रतियोगितामा धेरै दबदबा थियो ।

प्रशंसक र प्रियजनहरूबाट साथ र समर्थन
मोरक्कन खेलाडीहरूको सफलताको पछाडि उनीहरूका फ्यान र परिवारका सदस्यहरूको पनि हात रहेको छ । पोर्चुगलमाथि मोरक्कोको जीतपछि टिमका मिडफिल्डर सोफियान बाउफल आफ्नी आमासँग खुसी मनाएका थिए । यस क्रममा बाउफल र उनकी आमा पनि मैदानमा मज्जाले नाच्दै गरेको देखिएको थियो । मोरक्कोलाई समर्थन गर्न फ्यानहरू पनि ठूलो सङ्ख्यामा कतार पुगेका थिए । फिफा विश्वकप २०२२ मा मोरक्कोले अहिलेसम्म खेलेका सबै खेलहरूमा फ्यानहरूबाट धेरै समर्थन पाएको छ ।

चालु विश्वकपमा चार जीत र एक बराबरी तथा एक हार मेक्सिकोले बेहोर्याे । ती चार जीतमध्ये बेल्जियम, स्पेन र पोर्चुगलजस्ता आफूभन्दा माथिल्लो वरीयताका टोलीहरूविरुद्ध तीन जीत हासिल गरेको थियो । क्यानडाविरुद्ध एक मात्र गोल खाँदा आत्मघाती गोल भएको थियो ।

मोरक्कोको अहिलेसम्मको यात्राः
समूह खेलमा क्रोएसिया र मोरक्को ०–० गोलको बराबरीमा
समूह खेलमा बेल्जियमसँग २–० ले विजयी
समूह खेलमा क्यानडासँग २–१ ले विजयी
प्रि–क्वार्टर फाइनलमा स्पेनसँग ३–० को जीत (शुटआउट)
क्वाटरफाइनलमा पोर्चुगलसँग १–० ले विजयी
सेमीफाइनलमा फ्रान्ससँग २–० ले पराजित ।
तेस्रो स्थानको लागि भएको खेलमा क्रोएसियासँग २–१ ले पराजित ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक