अर्थ
विराट एक्स्पोः बजारबाहिर सञ्चालन भएकाले सोचेजस्तो व्यापार नभएको व्यवसायीको भनाइ
विराटचोकः विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय ४ दिन थपिएको छ । एक्स्पो आयोजक उद्योग संगठन मोरङका अनुसार उल्लेख्य मात्रामा व्यापार भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा एक्स्पो सञ्चालन अवधि थपिएको हो ।
केही व्यवसायी भने सोचेजस्तो व्यापार नभएको बताउँछन् । बजारदेखि बाहिर एक्स्पो सञ्चालन हुँदा बजारवासी उपभोक्ता एक्स्पोसम्म आउन नपाएको बताउँछन् । सस्तो सामान खोज्ने उपभोक्ता बढी हुने अनि भारतीय बजार जोगबनीको छेउमा एक्स्पो सञ्चालन हुनुले पनि एक्स्पोमा धेरैको आकर्षण नदेखिएको व्यवसायीको भनाइ छ ।
गौरादह नगरपालिकाको व्यवस्थापनमा आफूले उत्पादन गरेका ब्याग तथा जुत्ता चप्पल राखेका व्यवसायी कबिता घिमिरे र मन्दिरा कार्की बताउँछन् ।
‘व्यापार सोचेजस्तो छैन । हामी लघु उद्यमीले उत्पादन गरेका सामग्री गुणस्तरीय हुने र तुलनात्मक रुपमा केही महँगो पनि हुने गर्छ’, कविता ब्याग उद्योगकी सञ्चालक घिमिरेले भनिन्, ‘जोगबनीको छेउ भएर पनि होला सोचेजस्तो व्यापार नभए पनि अन्तर्राष्ट्रिय स्तरको एक्स्पोमा आफ्ना उत्पादन प्रदर्शन र बिक्री गर्न पाउँदा खुशी नै छौँ ।’
गौरादह नगरपालिकाकै संयोजनमा आफ्ना उत्पादन बिक्रीको लागि राखेकी मन्दिरा कार्कीको भनाइ पनि उस्तै छ । ‘पहिलेपहिलेको मेलामा हामीले बिक्री गरेजस्तो र सोचेजस्तो व्यापार भएको छैन । बीच बजारमा मेला लगाएको भए सहभागीको संख्या पनि बढी हुन्थ्यो’, मनिष मखमली जुत्ता चप्पल उद्योगकी सञ्चालक कार्कीले भनिन्, ‘चहलपहल बढी हुँदा व्यापार पनि बढी नै हुन्थ्यो ।’
सारा फुड्स काठमाडौंकी प्रतिनिधि शिला सेंढाई उपभोक्ताले गुणस्तरीय वस्तु किन्ने रुचि नदेखाउँदा आफ्ना उत्पादन कम बिक्री भएको बताउँछिन् । ‘हाम्रा उत्पादन चाइनिजले बढी किन्छन्,’ उनले भनिन्, ‘उच्च गुणस्तरका हाम्रा खाद्य सामानको मूल्य तुलनात्मक रुपमा बढी नै हुने हुँदा र गुणस्तरीय सामान किन्ने उपभोक्ता कम हुने हुँदा बिक्री कम भएको छ ।’
Facebook Comment
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
Banner
रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।
भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।
त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login