Connect with us
Advertisement

यी हुन् विश्वकपको हारसँगै बहिर्गमित ८ प्रशिक्षक

Published

on

हरेक विश्वकप फुटबलमा थुप्रै प्रशिक्षकहरूले आफ्नो जागीर गुमाउने गरेका छन् । कसैले स्वेच्छिक राजीनामा दिन्छन् त कोही बर्खास्तीमा पर्छन् । समूह चरणदेखि नै राम्रो नतिजा दिन नसकेका केही प्रशिक्षकहरूले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिएसँगै यसपटक पनि आफ्नो जिम्मेवारी त्यागेका छन् ।

यी हुन् आफ्नो टिमको पराजयपछि यस पटक जिम्मेवारीबाट बाहिरिएका फुटबल प्रशिक्षकहरू

ब्राजिलका टिटे
ब्राजिलका प्रशिक्षक एडनर लियोनार्दो बाकी ‘टिटे’ नामले परिचित छन् । उनले विश्वकपसँगै आफ्नो सम्झौता सकिएपछि राजीनामा दिने पूर्वघोषणा गरेका थिए । तर, जारी विश्वकपमा क्वार्टरफाइनल अन्तर्गत क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजमा पराजित भएसँगै ब्राजिल सेमीफाइनलमा पनि नपुगेपछि टिटेले जिम्मेवारी त्यागेको घोषणा गरे । उनले सन् २०१६ मा ब्राजिलको प्रशिक्षण सम्हालेका थिए ।

नेदरल्यान्डस्का लुइस भान गाल
नेदरल्यान्ड्सका मुख्य पशिक्षक लुइस भान गालले अर्जेन्टिनासँगको हारपछि राजीनामा दिए । नेदरल्यान्ड्सको प्रशिक्षकका रुपमा तेस्रो कार्यकाल बिताएका भान गालले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा नाटकियरुपमा पराजित भए लगतै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

मेक्सिकोका जेरार्डो मार्टिनो
मेक्सिको समूह चरणबाटै बाहिरिएपछि टिमका अर्जेन्टिनी प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले राजीनामा दिए । समूह चरणको पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलको मेक्सिकोले दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार बेहोर्यो । अन्तिम खेलमा साउदी अरबलाई २–१ गोलको नतिजामा पराजित गरे पनि मेक्सिकोले शीर्ष दुईमा रहेर अन्तिम १६ मा स्थान बनाउन सकेन ।

रेफ्रीले खेल सकिएको संकेत गरेसँगै आफ्नो सम्झौता पनि त्यहीँ सकिएको भन्दै उनले राजीनामा दिएका थिए । मार्टिनोले सन् २०१९ जनवरीदेखि मेक्सिकोको जिम्मेवारी सम्हालेका थिए ।

बेल्जियमका रोबेर्टो मार्टिनेज
समूह चरणबाट बेल्जियम बाहिरिएसँग एभर्टनका पूर्व प्रशिक्षक समेत रहेका मार्टिनेजले बेल्जियमको मुख्य प्रशिक्षकबाट राजीनामा दिए । विश्व वरियताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो ।
मार्टिनेजले सन् २०१६ मा बेल्जियमको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

घानाका ओट्टो एडो
घानाका पूर्व खेलाडी एडोले केही सन्तोषजनक नतिजा आए पनि समूहको पुछारमा रहेर विश्वकप यात्रा टुङ्ग्याएपछि जिम्मेवारी त्याग गरे । घानाको अन्तिम खेल सकिएपछि उनले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका थिए । घानाले दक्षिण कोरियालाई हराए पनि पोर्चुगल र उरुग्वेसँग पराजय बेहोर्यो ।

प्रशिक्षकको जिम्मेवारी लिनेबित्तिकै विश्वकपमा विजेता नै भए पनि आफूले राजीनामा दिने उनले बताएका थिए ।

दक्षिण कोरियाका पाउलो बेन्टो
पूर्व पोर्चुगिच खेलाडीसमेत रहेका बेन्टोकोले चार वर्षको कार्यकालपछि कतारमा जारी विश्वकपअन्तर्गत अन्तिम १६ मा ब्राजिलसँग पराजित भएसँगै जिम्मेवारी त्यागे । दक्षिण कोरियाले समूह चरण अन्तर्गतका खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । घानासँग पराजित भए पनि पोर्चुगललाई हराउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

स्पेनका लुइस एनरिक
स्पेनिस फुटबल संघले मोरक्कोसँग पराजित हुँदै स्पेन अन्तिम १६ बाट बाहिरिएपछि लुईस एनरिकलाई बर्खास्त गरेको छ । उनको ठाउँमा यु–२१ का प्रशिक्षक लुईस डेला फ्युन्तेले राष्ट्रिय टिमको जिम्मेवारी पाएका छन् ।

पोर्चुगलका फर्नान्डो सान्तोस

विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ ।
पछिल्ला दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्वीट्जरल्यान्ड विरूद्ध जीत हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।

६८ वर्षीय सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए । सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाएका थिए ।

यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नु नै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो । सो खेलपछि सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक