Connect with us
Advertisement

यी हुन् विश्वकपको हारसँगै बहिर्गमित ८ प्रशिक्षक

Published

on

हरेक विश्वकप फुटबलमा थुप्रै प्रशिक्षकहरूले आफ्नो जागीर गुमाउने गरेका छन् । कसैले स्वेच्छिक राजीनामा दिन्छन् त कोही बर्खास्तीमा पर्छन् । समूह चरणदेखि नै राम्रो नतिजा दिन नसकेका केही प्रशिक्षकहरूले आफ्नो टिम प्रतियोगिताबाट बाहिरिएसँगै यसपटक पनि आफ्नो जिम्मेवारी त्यागेका छन् ।

यी हुन् आफ्नो टिमको पराजयपछि यस पटक जिम्मेवारीबाट बाहिरिएका फुटबल प्रशिक्षकहरू

ब्राजिलका टिटे
ब्राजिलका प्रशिक्षक एडनर लियोनार्दो बाकी ‘टिटे’ नामले परिचित छन् । उनले विश्वकपसँगै आफ्नो सम्झौता सकिएपछि राजीनामा दिने पूर्वघोषणा गरेका थिए । तर, जारी विश्वकपमा क्वार्टरफाइनल अन्तर्गत क्रोएसियासँग पेनाल्टी सुटआउटमा ४–२ गोलको नतिजमा पराजित भएसँगै ब्राजिल सेमीफाइनलमा पनि नपुगेपछि टिटेले जिम्मेवारी त्यागेको घोषणा गरे । उनले सन् २०१६ मा ब्राजिलको प्रशिक्षण सम्हालेका थिए ।

नेदरल्यान्डस्का लुइस भान गाल
नेदरल्यान्ड्सका मुख्य पशिक्षक लुइस भान गालले अर्जेन्टिनासँगको हारपछि राजीनामा दिए । नेदरल्यान्ड्सको प्रशिक्षकका रुपमा तेस्रो कार्यकाल बिताएका भान गालले क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा नाटकियरुपमा पराजित भए लगतै जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् ।

मेक्सिकोका जेरार्डो मार्टिनो
मेक्सिको समूह चरणबाटै बाहिरिएपछि टिमका अर्जेन्टिनी प्रशिक्षक जेरार्डो ‘टाटा’ मार्टिनोले राजीनामा दिए । समूह चरणको पहिलो खेलमा पोल्यान्डसँग गोलरहित बराबरी खेलको मेक्सिकोले दोस्रो खेलमा अर्जेन्टिनासँग २–० को हार बेहोर्यो । अन्तिम खेलमा साउदी अरबलाई २–१ गोलको नतिजामा पराजित गरे पनि मेक्सिकोले शीर्ष दुईमा रहेर अन्तिम १६ मा स्थान बनाउन सकेन ।

रेफ्रीले खेल सकिएको संकेत गरेसँगै आफ्नो सम्झौता पनि त्यहीँ सकिएको भन्दै उनले राजीनामा दिएका थिए । मार्टिनोले सन् २०१९ जनवरीदेखि मेक्सिकोको जिम्मेवारी सम्हालेका थिए ।

बेल्जियमका रोबेर्टो मार्टिनेज
समूह चरणबाट बेल्जियम बाहिरिएसँग एभर्टनका पूर्व प्रशिक्षक समेत रहेका मार्टिनेजले बेल्जियमको मुख्य प्रशिक्षकबाट राजीनामा दिए । विश्व वरियताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूह चरणबाटै बाहिरिएको थियो ।
मार्टिनेजले सन् २०१६ मा बेल्जियमको प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

घानाका ओट्टो एडो
घानाका पूर्व खेलाडी एडोले केही सन्तोषजनक नतिजा आए पनि समूहको पुछारमा रहेर विश्वकप यात्रा टुङ्ग्याएपछि जिम्मेवारी त्याग गरे । घानाको अन्तिम खेल सकिएपछि उनले प्रशिक्षकको जिम्मेवारीबाट बाहिरिने निर्णय गरेका थिए । घानाले दक्षिण कोरियालाई हराए पनि पोर्चुगल र उरुग्वेसँग पराजय बेहोर्यो ।

प्रशिक्षकको जिम्मेवारी लिनेबित्तिकै विश्वकपमा विजेता नै भए पनि आफूले राजीनामा दिने उनले बताएका थिए ।

दक्षिण कोरियाका पाउलो बेन्टो
पूर्व पोर्चुगिच खेलाडीसमेत रहेका बेन्टोकोले चार वर्षको कार्यकालपछि कतारमा जारी विश्वकपअन्तर्गत अन्तिम १६ मा ब्राजिलसँग पराजित भएसँगै जिम्मेवारी त्यागे । दक्षिण कोरियाले समूह चरण अन्तर्गतका खेलमा उरुग्वेसँग बराबरी खेलेको थियो । घानासँग पराजित भए पनि पोर्चुगललाई हराउँदै अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

स्पेनका लुइस एनरिक
स्पेनिस फुटबल संघले मोरक्कोसँग पराजित हुँदै स्पेन अन्तिम १६ बाट बाहिरिएपछि लुईस एनरिकलाई बर्खास्त गरेको छ । उनको ठाउँमा यु–२१ का प्रशिक्षक लुईस डेला फ्युन्तेले राष्ट्रिय टिमको जिम्मेवारी पाएका छन् ।

पोर्चुगलका फर्नान्डो सान्तोस

विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसलाई पोर्चुगल फुटबल महासंघले बर्खास्त गरेको छ ।
पछिल्ला दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोस निकै चर्चामा थिए । स्वीट्जरल्यान्ड विरूद्ध जीत हासिल गरे पनि मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको चर्को आलोचना भएको थियो ।

६८ वर्षीय सान्तोसले ८ वर्ष पोर्चुगल राष्ट्रिय टोली सम्हालेका थिए । सन् २०१६ मा उनले पोर्चुगललाई युरो च्याम्पियन बनाएका थिए ।

यद्यपि उनको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राख्नु नै प्रशिक्षकबाट हट्नुको प्रमुख कारण बन्यो । सो खेलपछि सान्तोसले खेलपछि बोल्दै रोनाल्डोलाई नखेलाउने निर्णय गलत नभएको र राजीनामा पनि नदिने बताएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading

Banner

रास्वपाको पहलमा सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल

Published

on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि रास्वपा सभापति रविले भदौ ११ र १६ गते दुई पटक सर्वदलीय बैठक राखिसकेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले दलहरूसँगको संवादमा चासो नदिएपछि रवि आफैँले बैठक राखेका थिए ।

भदौ १६ गते बसेको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू सहभागी भए । भोटेकोशी बाढीले निम्त्याएको संकट समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठनसम्बन्धी छलफल गर्न रास्वपाले उक्त बैठक राखेको थियो ।

त्यसअघि भदौ ११ गते लामिछानेले पहिलो बैठक बोलाएका थिए । त्यस बैठकले बाढी प्रभावित क्षेत्रका जनतालाई उद्धार, राहत तथा व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो ।

Continue Reading

Banner

जलवायु न्यायको मागसहित मनास्लुमा आमरण अनशनको घोषणा

Published

on

जलवायु अन्यायविरुद्ध सामागाउँका युवा आमरण अनशन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखकाविरुद्धमा जिल्लाको चुमनुब्री गाउँपालिका–१ सामागाउँका युवाले मनास्लु बेसक्यापमा आमरण अनशन बस्ने घोषणा गरेका हुन्।

जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने मागसहित आगामी असोज २ गतेदेखि १८ गतेसम्म अनशन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताए।

गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको आठबुँदे ध्यानाकर्षण पत्र सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरीचौकीमा पेस गरेको लामाले बताए।

पत्रमा मनास्लु आधार शिविर तथा सामागाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुनसक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनुपर्ने उपायको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ।

‘मनास्लुको फेद (पुंगेन)मा ताल थपिएका छन्। वीरेन्द्र ताल, कालताल, घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीन वटा ठूलो जोखिमयुक्त हिमताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका अन्य तालको हवाइ अनुगमन, निरीक्षण गरियोस्,’ पत्रमा भनिएको छ, ‘यी सबै तालको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस्।’

ताल र नदीमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न माग गरिएको छ।

नेपाल र चीनमा रहेका हिमताल तथा हिमनदीको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न माग गरिएको छ। एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाले देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ।

हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा शून्य दशमलव चार प्रतिशत योगदान रहेकामा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायू क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ।

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्न सहरमा हुने गरेका जलवायु सम्बन्धी बैठक, सेमिनार हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय सरकारी, गैरसरकारी संस्थासँग माग गरिएको छ।

सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्न पनि माग गरिएको छ। सुरुमा आफू एक्लै आमरण अनशन बस्ने र आफूलाई साथ दिन धेरै युवा तयार रहेको धावा नोर्बु लामाले बताए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक