विश्वकप फुटबल
यी हुन् हालसम्मका विश्वकप फुटबलका उत्कृष्ट खेलाडीहरु
विराटचोकः सन् १९८२ मा स्पेनमा भएको १२ औं संस्करणदेखि मात्र विश्वकपमा उत्कृष्ट खेलाडीलाई गोल्डेन बल र सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट अवार्ड दिन थालिएको थियो । त्यसअघि सर्वाधिक गोल गर्ने र उत्कृष्ट खेलाडी छुट्याइने भए पनि छुट्टै आधिकारिक अवार्ड दिने चलन थिएन ।
सन् १९९२ मा पहिलो पटक इटलीका पाओलो रोसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जितेका थिए । १९८२ देखि एडिडास गोल्डेन शु को नाममा प्रदान गर्न थालिएको अवार्ड २०१० देखि एडिडास गोल्डेन बुटको रुपमा प्रदान गर्न थालिएको हो ।
यी हुन् हालसम्मका विश्वकपका उत्कृष्ट खेलाडीहरु
सन् १९३० जोस नासाजी (उरुग्वे)
सन् १९३४ गुसेप्पे मेएज्जा (इटली)
सन् १९३८ लियोनिडास (ब्राजिल)
सन् १९५० जिजिन्हो (ब्राजिल)
सन् १९५४ फेरेन्स पुस्कास (हंगेरी)
सन् १९५८ डिडी (ब्राजिल)
सन् १९६२ गारिन्चा (ब्राजिल)
सन् १९६६ बबी चाल्र्टन (इंग्ल्याण्ड)
सन् १९७० पेले (ब्राजिल)
सन् १९७४ योहान क्रफ (नेदरल्याण्ड्स)
सन् १९७८ मारियो केम्पस (अर्जेन्टिना)
सन् १९८२ पाउलो रोसी (इटली)
सन् १९८६ डिएगो म्याराडोना (अर्जेन्टिना)
सन् १९९० साल्भाटोर सिलाची (इटली)
सन् १९९४ रोमारियो (ब्राजिल)
सन् १९९८ रोनाल्डो (ब्राजिल)
सन् २००२ ओलिभर काहन (जर्मनी)
सन् २००६ जिनेदिन जिदान (फ्रान्स)
सन् २०१० डिएगो फोर्लान (उरुग्वे)
सन् २०१४ लिओनल मेसी (अर्जेन्टिना)
सन् २०१८ लुका मोडरिच (क्रोएसिया)
सन् २०२२ लिओनल मेस्सी (अर्जेन्टिना)
Facebook Comment
Banner
मोरङ–६ बाट रास्वपाकी रुबिना विजयी
मोरङ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुबिना आचार्य विजयी भएकी छिन् ।
उनी ५५ हजार ५१३ मतसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गरेका छन् ।
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login