शिक्षा / स्वास्थ्य
शिक्षा निकेतन माध्यमिक विद्यालयको ३६ औँ वार्षिकोत्सव सम्पन्न
विराटचोकः शिक्षा निकेतन माध्यमिक विद्यालय सुन्दरहरैंचा ८ को ३६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत पनि गरिएको थियो । शुक्रबार भएको सो प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय पहिलो भएको थियो । त्यस्तै साजीलाल मावि दोस्रो र श्री मावि मृगौलिया तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद ७ हजार ५ सय, ६ हजार र ४ हजार ५ सय सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालले विद्यालयलाई शिक्षा हासिल गर्ने अनुपम सिकाई केन्द्रको रुपमा विकास गर्ने बताए । विद्यालयको भौतिक संरचना निर्माण भइरहेकाले सो पूरा भएपछि पठनपाठनमा थप सहजता हुने समेत उनले बताए ।
विद्यालयका प्रधानाध्यापक ठाकुर प्रसाद सुवेदीले विद्यालयको गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि शिक्षा क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login