शेयर
यी ६ कम्पनीको लाभांश पाउन आजसम्ममा शेयर किन्नुपर्ने
विराटचोकः नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीमध्ये आज ६ वटा कम्पनीको शेयर किने गत आर्थिक वर्षको लाभांश पाइने भएको छ । बुक क्लोज हुने अघिल्लो दिनसम्म शेयर किन्नेले लाभांश पाउने हुनाले भोलि पुस १५ गते र पुस १७ गते बुक क्लोज हुने कम्पनीको लाभांश हात पार्न आजसम्म शेयर किन्नुपर्ने भएको हो ।
आरएसडीसी लघुवित्तले भोलि पुस १५ गते बुक क्लोज गर्दैछ । बाँकी ५ कम्पनीले पुस १७ गते आइतबार बुक क्लोज गर्दैछन् ।
आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर र कर सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । हिजो दोस्रो बजारमा यो कम्पनीको शेयरमूल्य अघिल्लो दिनको भन्दा ५ रुपैयाँ घटेर ५४५ रुपैयाँ कायम भएको छ । । पुस २९ गते एशियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा हुने साधारण सभाले लाभांश पारित गर्ने भएको छ ।
सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश गरी जम्मा ३० प्रतिशत लाभांश वितरण गर्दैछ । पुस ३० गते दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहबीमा हुने सभाले सो लाभांश पारित गर्नेछ । बुधबार अघिल्लो दिनको भन्दा ४७ रुपैयाँ ३० पैसा घटेर २२८९ रुपैयाँ ९० पैसामा सो कम्पनीको शेयर किनबेच भएको छ ।
गत आर्थिक वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि छुट्याएको १ प्रतिशत नगद लाभांश पारित गर्ने गरी फस्र्ट माइक्रोफाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुने साधारण सभाका लागि कम्पनीले पुस १७ गते बुक क्लोज मिति तोकेको छ । अघिल्लो दिनको भन्दा १० रुपैयाँ मूल्य घटेर बुधबार कम्पनीको शेयर किनबेच ७२२ रुपैयाँ प्रति कित्तामा भएको छ ।
कालिका पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १०, चितवनमा बिहान ११ बजे शुरु हुने सभाले लाभांश पारित गर्ने भएको हो । अघिल्लो दिनको भन्दा ५ रुपैयाँ ६० पैसा बढेर ३६६ रुपैयाँमा सो कम्पनीको शेयर बुधबार कारोबार भएको छ ।
युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । सो लाभांश पारित गर्न पुस २७ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाइएको छ । अघिल्लो दिनको भन्दा प्रतिशेयर ९ रुपैयाँ बढेर बुधबार सो कम्पनीको शेयर प्रति कित्ता ३७९ रुपैयाँमा कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस २९ गते कम्पनीको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे साधारण सभा गर्ने भएको छ । अघिल्लो दिनको भन्दा १० प्रतिशत बढेर अर्थात् प्रति कित्ता २९ रुपैयाँ ३० पैसा बढेर ३२२ रुपैयाँ ३० पैसामा बुधबार यो कम्पनीको शेयर किनबेच भएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login