शेयर
यी ६ कम्पनीको लाभांश हात पार्न लगानीकर्ता बन्ने आज अन्तिम दिन
विराटचोकः गत वर्षको लाभांश वितरणका लागि विभिन्न ६ कम्पनीले भोलि बुक क्लोज (शेयर दाखिला खारेज) बन्द गर्दैछन् । बुक क्लोजको अघिल्लो दिनसम्म लगानीकर्ता हुनेले सो लाभांश पाउने हुनाले ती कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन हो ।
नेपाल टेलिकम, नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्सले भोलि बुक क्लोज गर्दैछन् ।
नेपाल टेलिकमले ४० प्रतिशत नगद लाभांश दिँदैछ । पुस २८ गते राष्ट्रिय सभागृहमा हुने पन्ध्रौँ वार्षिक साधारण सभाले सो विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
सबैभन्दा धेरै लाभांश दिँदै आएको नबिल बैंकले पुस २९ गते सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैरीधारा, काठमाडौँमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभाले हाल कायम चुक्ता पूँजीको १८ दशमलव ५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ दशमलव ५० प्रतिशत नगद लाभांश गरी ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
हिमालयन बैंकले पुस २८ गते बैंकको तीसौँ वार्षिक साधारण सभा होटल सोल्टीमा आह्वान गरेको छ । सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ शेयर स्वाप रेसियोमा प्राप्ति गर्ने प्रस्तावका साथै ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११ दशमलव ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने हाल कायम चुक्ता पूँजी ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । पुस २९ गते, लैनचौर ब्याङ्कवेट, लैनचौरमा हुने साधारण सभाले सो प्रस्ताव पारित गर्ने भएको हो ।
बुटवल पावर कम्पनीले पुस ३० गते, कार्की ब्याङ्कवेट बबरमहल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको छ । हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ७ दशमलव ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सो सभाले पारित गर्ने भएको छ ।
सिद्धार्थ इन्स्योरेन्सले ९ दशमलव स्टक लाभांश र ० दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकुटी मण्डपमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
बराबरी शेयर स्वाप रेसियोमा सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पनि सो साधारण सभाले पारित गर्ने भएको छ ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login