Connect with us
Advertisement

यी ५ कम्पनीको लाभांश पाउन आजसम्म शेयरधनी हुनुपर्ने

Published

on

विराटचोकः पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन हो । सिभिल बैंक, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, पोखरा फाइनान्स, आइसीएफसी फाइनान्स र सीवाइसी नेपाल लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्दैछन् ।

बुक क्लोज (शेयर दाखिला खारेज) को अघिल्लो दिनसम्म शेयर किन्नेले लाभांश पाउने हुनाले आजसम्म ती कम्पनीको शेयर किन्नेले लाभांश पाउने भएका हुन् ।

सिभिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । पुस २८ गते अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे हुने साधारण सभाले सो लाभांश पारित गर्नेछ । आइतबार सो बैंकको शेयर मूल्य प्रति कित्ता ४ रुपैयाँ ८० पैसा बढेर २४१ रुपैयाँमा बन्द भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट २.४० प्रतिशत बोनस शेयर र ५.२० प्रतिशत नगद गरी जम्मा ७.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ ।

फाइनान्सको रजिष्टर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान १० बजे हुने साधारण सभाले सो लाभांश पारित गर्ने भएको हो । आइतबार सो कम्पनीको शेयर मूल्य प्रति कित्ता ६ रुपैयाँ ९० पैसा घटेर प्रति कित्ता ३३३ रुपैयाँ निर्धारण भएको छ ।

पोखरा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ । सो लाभांश पुस ३० गते दरबारथोक ब्याङक्वेट बाँस्तोलाथर, पोखरामा हुने साधारण सभाले पारित गर्ने भएको छ । आइतबार सो कम्पनीको शेयर मूल्य प्रति कित्ता ७ रुपैयाँ बढेर ३८५ रुपैयाँ कायम भएको छ ।

आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दिने भएको छ । फाइनान्सले पुस २९ गते अमृतभोग कालिकास्थान काठमाडौंमा साधारण सभा आह्वान गरेको छ । आइतबार सो कम्पनीको शेयर मूल्य प्रति कित्ता १५ रुपैयाँ ८० पैसा घटेर ४५० रुपैयाँ कायम भएको छ ।

सीवाइसी नेपाल लघुवित्तलले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ३० गते वार्षिक साधारण सभा डाकेको छ ।

लघुवित्तको केन्द्रीय कार्यालय, पोखरा महानगपालिका वडा नं–८ सभागृहचोक पोखरामा हुने साधारण सभाले सो लाभांश प्रस्ताव पारित गर्ने भएको छ । आइतबार सो कम्पनीको शेयर मूल्य प्रति कित्ता १० रुपैयाँ बढेर २४५० रुपैयाँ कायम भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक