अपराध
गाँजासहित २ जना पक्राउ
विराटनगरः मोरङको रंगेली नगरपालिका–१ बबियाबाट गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो अपराह्न्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँलभित्र गाँजा लुकाइछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्ने क्रममा १५ वटा बोरामा ३ सय ५० के.जी. गाँजा फेला पारेको थियो । गाँजा बरामद गरेसँगै ४० वर्षीय मनोज राजवंशी र गाँजा ओसारपोसारमा संलग्न धनकुटाको शहीदभूमि – २ का २९ वर्षीय बेचन भन्ने हस्त राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले प्रदेश नम्बर १–०२–०५० प २७९२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । पक्राउ परेका उनीहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
७२ सालको भूकम्पको स्मृतिमा बारपाकमा आज सार्वजनिक बिदा
गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
२०७२ वैशाख १२ गते गएको ७.८ रेक्टरस्केलको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । मंगलबार बसेको गाउँकार्यपालिको बैठकको निर्णयअनुसार पालिकाभित्र सार्वजनिक बिदा दिइएको उनले बताए ।
त्यसमध्ये बारपाकमा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पले गोरखासहित १४ जिल्ला अतिप्रभावित र ३१ जिल्लामा क्षति पुर्याएको थियो ।
Banner
कतारका राजाले गरे नेपाली श्रमिकको प्रशंसा
नेपाल भ्रमणमा रहेका कतारका राजा शेख तमिम बिन हमाद अल थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका थिए । साथै उनले नेपालका श्रमिकको सिप अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
‘नेपालको तर्फबाट नेपालमा लगानीका लागि अनुकुल परिस्थिति बन्दै गएको छ र त्यो सामर्थ्य कतारसँग भएकाले आमन्त्रण गर्न चाहन्छौं,’ उनले भने ।
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको निःशुल्क मुटु परीक्षण अभियान
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login