Connect with us
Advertisement

प्रदेश १ सरकार गठन नजिकिए सङ्गै तेह्रथुम बाट निर्वाचित दुलालको नाम समेत मन्त्री बन्ने चर्चामा

Published

on

 प्रदेश १ मा सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि लविङ थालेका छन् ।

यसैबीच तेह्रथुम प्रदेशसभा (क) मा नेकपा एमालेबाट निर्वाचित भएका किशोरचन्द्र दुलालको नाम समेत चर्चामा आएको छ । शिक्षण पेशा छाडेर नेकपा एमालेको राजनीतिमा होमिएका दुलाल हाल नेकपा एमालेको प्रदेश कमिटी सचिवालय सदस्य हुनुुहुन्छ । तेह्रथुम प्रदेशसभा (क) मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सन्तोष लिम्बूलाई २ सय १७ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएका दुलालसँग जिल्ला विकास समिति तेह्रथुमको सभापति भएको अनुभव समेत छ । २०५४ सालमा जिल्ला विकास समिति तेह्रथुमको सभापति भएर काम गसिक्नु भएका दुलाललाई प्रदेश १ सरकारमा मन्त्री बन्न सक्ने अनुभव र खुबी भएका व्यक्तिको रुपमा लिइन्छ । पुराना, त्यागी, निष्ठावान व्यक्तित्वका रुपमा परिचित दुलाल सुशासन र पारदर्शितालाई महत्व दिनुहुन्छ ।

सरल र इमान्दार नेता तथा समन्वयकारी भुमिका निर्वाह गर्न सक्ने भएका कारण कतिपयले भने दुलाल सभामुखका लागि उपयुक्त पात्र रहेको बताउने गरेका छन् । नेकपा एमालेको राजनीतिमा विभिन्न आरोह अवरोह आउँदा समेत अविचलित रुपमा पार्टीमा रहेर संकटको बेला पार्टी बचाउने नेताको रुपमा समेत दुलाललाई लिने गरिएको छ । खासगरि तेह्रथुमबाट प्रतिनिधिसभामा निर्वाचित सांसद भवानी खापुङ माधव नेपालसँगै पार्टी फुटाएर जाँदा तेह्रथुममा नेकपा एमाले बचाउने केही नेतामध्येमा दुलाल मुख्य हुनुहुन्छ । केपी ओली पक्षका नेता भएकै कारण लामो समयसम्म पछाडी पारिएका दुलाललाई यसपटक मन्त्री बनाएर न्याय दिने संभावना रहेको एमालेका नेताहरुले बताउने गरेका छन् ।

तेह्रथुममा गत निर्वाचनमा प्रतिनिधिसभातर्फका १ र प्रदेशसभातर्फका २ गरि ३ जना उम्मेदवारमध्ये दुलाल मात्र विजयी भएर तेह्रथुममा नेकपा एमालेको बिउ जोगाउन सफल हुनु भएको थियो । त्यसकारण मन्त्रीमा धेरै जनाको आकांक्षा भएको अवस्थामा सभामुखमा समेत दुलालको संभावना रहेको बुझिएको छ । यता दुलालले समेत पार्टीले आफुलाई न्याय गर्नेमा ढुक्क रहेको बताउनु भएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

Published

on

गत मंगलबार झापाकाे चारकाेसे क्षेत्रमा मृत भेटिएकाे हात्तीलाई तिन राउन्ड गाेली हानेर मारेकाे पुस्टी भएकाे छ ।   मेचीनगर नगरपालिका वडा नं. ११ स्थित कालिका सामुदायिक वनभित्र मङ्गलवार दिउँसो करिब ४० वर्ष उमेरको वयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कानको छेउमा गोली हानेको भेटिएको छ । हात्तीको अन्य भागमा गोली नछिर्ने भएकाले कान छेउको भागमा गोली हानेर हात्ती मारिएको हुनसक्छ । कहाँ गोली लाग्छ भनेर थाहा पाउने सिकारीको समूहले गोली हानेको देखिन्छ, उहाँले भन्नुभयो । तीन राउन्ड गोली हानेर हात्ती मारेको पाइएको उहाँले जनाउनु भएको छ ।

हात्तीको शरीरबाट गोली निकाल्न नसकिएको पनि उहाँले जानकारी दिनुभयो । धेरै भित्र गोली पसेकाले झिक्न सकिएन, राईले भन्नभयो । कुन बन्दुकबाट गोली हानिएको थियो भन्ने पत्ता लगाउनका लागि गोली झिक्न सक्नुपर्छ तर सकिएन, उहाँले जानकारी दिनुभयो । हात्तीको हड्डी दरो हुने भएकाले हतपत गोली झिक्न सकिँदैन ।

Continue Reading

Banner

लिभरपुल युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरियो

Published

on

 युरोपा लिग फुटबलमा लिभरपुल क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गएराति दोस्रो लेगमा एटलान्टालाई १–० ले हराए पनि लिभरपुलले सेमिफाइनलमा प्रवेश गर्न सकेन। लिभरपुलका लागि मोहमद सलाहले सातौं मिनेटमा पेनाल्टीबाट गोल गरे।

जितका बाबजुद लिभरपुल समग्रमा ३–१ ले पछाडि पर्‍यो र एटलान्टा सेमिफाइनल पुग्यो। गएराति नै भएका अन्य खेलमा मार्से, रोमा र लेभरकुजनले पनि अन्तिम चारमा स्थान बनाए। मार्सेले बेनफिकालाई १–० ले हराएपछि २–२ को बराबरीमा रह्यो र टाइब्रेरमा ४–२ ले विजयी रह्यो।

रोमाले एसी मिलानलाई २–१ ले हराएर समग्रमा ३–१ को जित निकालयो। यस्तै लेभरकुजनले वेस्ट ह्यामलाई १–१ को बराबरीमा रोक्दै समग्रमा ३–१ को जित दर्ता गर्‍यो।

Continue Reading

Banner

पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटियो

Published

on

सामुद्रिक खाना शङ्खजन्य जीव (सेलफिस) खोज्ने क्रममा करिब दुई साताअघिदेखि पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव समुद्री किनारमा भेटिएको हो । तामाङको शव केही दिनअघि राजधानी लिस्बनको तेरेइरो डो पासोस्थित फेरि टर्मिनल नजिकैको समुद्री किनारमा भेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष एवं नेपाली पत्रकार प्रबल भट्टराईले जानकारी दिए। शव भेटिए पनि उनको पहिचान बुधबार मात्र खुलेको थियो । बेपत्ता उनको खोजी भइरहेको थियो ।

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा सामुद्रिक खाना (सि फुड) खोज्ने क्रममा टेकबहादुर बेपत्ता भएका थिए भने उनीसँगै समुद्रमा गएका धादिङ नेत्रावती डबजोङ गाउँपालिका– ५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको समुद्रमा डुबेर मृत्यु भएको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक