Connect with us
Advertisement

सुन्दरहरैंचाका ४ संस्थाको आयोजनामा भएको उत्प्रेरक तालीममा उत्साहपूर्ण सहभागिता

Published

on

विराटचोकः सुन्दरहरैंचाका ४ संस्थाको संयुक्त आयोजनामा ‘सकारात्मक चिन्तन र रचनात्मक जीवन’ विषयक जीवनोपयोगी उत्प्रेरक तालीम शुक्रबार सम्पन्न भएको छ ।

विराटचोकको नेपालीरिका होटलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचाका विभिन्न क्षेत्रका ३ सयभन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको थियो । भारतको हरिद्वारस्थित देव संस्कृत विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतनामा विद्यावारिधि गरेका डा. राजु अधिकारीले सहभागीलाई आफ्ना अनुभव र उत्प्रेरक भनाइका माध्यमबाट ऊर्जा भर्ने काम गरेका थिए ।

मानिसको अति व्यस्तताका कारण जीवनशैली नै अस्तव्यस्त बनेको शहरवासीलाई खानपान, व्यायाम, अध्यात्म, प्राणायाम र योगसमेत उनले सिकाएका छन् । जीवनलाई प्रकृति, स्वास्थ्य र सौन्दर्यसँग जोड्ने कलाका बारेमा उनले सहभागीलाई जानकारी गराएका थिए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, पाथीभरा स्वतन्त्र महिला समाज, इन्द्रपुर जेसीज तथा लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा तालीम आयोजना गरिएको थियो ।

उद्योगपति भोलेश्वर दुलालले देशमा भएको आर्थिक मन्दीका कारण व्यवसायमा पर्न गएको थप पीडा र तनावबाट मुक्त गर्न यो कार्यक्रम राखिएको बताए । बैंकको चर्को ब्याजका कारण व्यवसायीको मनोबल गिर्न नदिन यस्ता किसिमको कार्यक्रमले सकारात्मक ऊर्जा दिने र प्रोत्साहन मिल्ने बताए ।

सुन्दरहरैंचाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले मानव स्वभावले नै महत्वाकांक्षी भएको र अनावश्यक महत्वकांक्षा कम गर्न तथा चिन्ता होइन चिन्तन गर्न र संयमता अपनाउन यस्ता तालीमले उत्प्रेरणा दिने बताए ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रयोगात्मक सीप सिकाउन, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वासी बन्न आकर्षित गर्न र क्षमता अभिवृद्धिका विविध पक्षहरुलाई अनुकूल माध्यम अपनाएर अघि बढ्न तालिमबाट सहभागीलाई ऊर्जा मिलेको सहभागीले बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रमको संयोजन पाथीभरा स्वतन्त्र महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलालले गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading

Banner

आज विश्वकर्मा मनाइँदै

Published

on

कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।

आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।

यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।

Continue Reading

Banner

मन्त्रिपरिषद् बैठक बस्दै

Published

on

प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक