Connect with us
Advertisement

सुन्दरहरैंचाका ४ संस्थाको आयोजनामा भएको उत्प्रेरक तालीममा उत्साहपूर्ण सहभागिता

Published

on

विराटचोकः सुन्दरहरैंचाका ४ संस्थाको संयुक्त आयोजनामा ‘सकारात्मक चिन्तन र रचनात्मक जीवन’ विषयक जीवनोपयोगी उत्प्रेरक तालीम शुक्रबार सम्पन्न भएको छ ।

विराटचोकको नेपालीरिका होटलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचाका विभिन्न क्षेत्रका ३ सयभन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको थियो । भारतको हरिद्वारस्थित देव संस्कृत विश्वविद्यालयबाट योग विज्ञान एवम् मानव चेतनामा विद्यावारिधि गरेका डा. राजु अधिकारीले सहभागीलाई आफ्ना अनुभव र उत्प्रेरक भनाइका माध्यमबाट ऊर्जा भर्ने काम गरेका थिए ।

मानिसको अति व्यस्तताका कारण जीवनशैली नै अस्तव्यस्त बनेको शहरवासीलाई खानपान, व्यायाम, अध्यात्म, प्राणायाम र योगसमेत उनले सिकाएका छन् । जीवनलाई प्रकृति, स्वास्थ्य र सौन्दर्यसँग जोड्ने कलाका बारेमा उनले सहभागीलाई जानकारी गराएका थिए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, पाथीभरा स्वतन्त्र महिला समाज, इन्द्रपुर जेसीज तथा लायन्स क्लब अफ इन्द्रपुरको संयुक्त आयोजनामा तालीम आयोजना गरिएको थियो ।

उद्योगपति भोलेश्वर दुलालले देशमा भएको आर्थिक मन्दीका कारण व्यवसायमा पर्न गएको थप पीडा र तनावबाट मुक्त गर्न यो कार्यक्रम राखिएको बताए । बैंकको चर्को ब्याजका कारण व्यवसायीको मनोबल गिर्न नदिन यस्ता किसिमको कार्यक्रमले सकारात्मक ऊर्जा दिने र प्रोत्साहन मिल्ने बताए ।

सुन्दरहरैंचाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले मानव स्वभावले नै महत्वाकांक्षी भएको र अनावश्यक महत्वकांक्षा कम गर्न तथा चिन्ता होइन चिन्तन गर्न र संयमता अपनाउन यस्ता तालीमले उत्प्रेरणा दिने बताए ।

कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रयोगात्मक सीप सिकाउन, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वासी बन्न आकर्षित गर्न र क्षमता अभिवृद्धिका विविध पक्षहरुलाई अनुकूल माध्यम अपनाएर अघि बढ्न तालिमबाट सहभागीलाई ऊर्जा मिलेको सहभागीले बताए ।

सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजालको सभापतित्वमा भएको कार्यक्रमको संयोजन पाथीभरा स्वतन्त्र महिला समाजकी संस्थापक अध्यक्ष प्रमिला दुलालले गरेकी थिइन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक