शेयर
यस्तो छ प्रदेश १ का निवर्तमान मन्त्रीहरुको शेयरमा लगानी
विराटचोकः प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मत कार्की नियुक्त भएसँगै ४ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । संघमा सरकार गठन भएदेखि नै नेपालको शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर किनबेचमा सांसद र मन्त्री तथा नेताहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका हुन्छन् । यसै क्रममा अघिल्लो मन्त्रिमण्डलमा रहेका मन्त्रीहरुको शेयर खरीदबिक्रीको अवस्था कस्तो थियो भनेर यहाँ प्रस्तुत गरिएको छ ।
मन्त्रीहरुको शेयर खरीदबिक्रीको अवस्था कस्तो थियो भनेर यहाँ प्रस्तुत गरिएको छ ।
मुख्य मन्त्रीसमक्ष पेश गरेको मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा प्रदेशका आधा मन्त्रीले धितोपत्र किनबेच नगरेको पाइएको छ ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्र राईले कुनै पनि कम्पनीको शेयर नकिनेको सम्पत्ति विवरणमा उल्लेख गरेका थिए ।
निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले श्रीमती कुमारी लावतीको नाममा पालुङ खोला हाइड्रोको १० प्रतिशत शेयर किनेको उल्लेख गरेका छन् ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्कीको नाममा कृषि विकास बैंकको १०० कित्ता शेयर रहेको उल्लेख छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले आफ्नो नाममा धितोपत्र नभए पनि श्रीमती राधादेवी कार्की र छोराहरु साकेतबाबु कार्की र शाब्दिकबाबु कार्कीको नाममा विभिन्न कम्पनीको शेयर रहेको उल्लेख गरेका छन् । नेपाल धितोपत्र बोर्ड नेप्सेमा सूचीकृत र असूचीकृत दुवै किसिमका कम्पनीको शेयर उनीसँग रहेको छ ।
स्वास्थ्य मन्त्री जयराम यादवको पनि धितोपत्र बोर्डमा सूचीकृत र असूचीकृत दुवै किसिमका कम्पनीको शेयर रहेको छ ।
खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री रामकुमार राई, सामाजिक विकास मन्त्री राजन राई र पर्यटन तथा संस्कृति मन्त्री खिनू लङ्वाको शेयरमा लगानी छैन ।
कृषि मन्त्री झलकबहादुर मगर झापा इनर्जीका संस्थापक शेयरधनी हुन् भने २ वटा सहकारीमा पनि उनको शेयर रहेको छ ।
मन्त्री पदमा वहाल रहँदै निधन भएका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको शेयरमा लगानी नभएको भनी सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सराबगीको धितोपत्र बोर्डमा सूचीकृत ३ कम्पनीको आईपीओ र असूचीकृत ६ कम्पनीको शेयर रहेको छ ।
श्रम, उद्योग तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गामको शेयरमा लगानी छैन ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरे र सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेको पनि शेयरमा लगानी नभएको सम्पत्ति विवरणमा उल्लेख छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login