hrpdf.com.hr
Connect with us
Advertisement

इन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता लम्साल सर्वसम्मत

Published

on

विराटचोकः ईन्द्रपुर समस्त भजन सञ्चालको अध्यक्षमा गीता लम्साल सर्वसम्मत चयन भएकी छिन् । सञ्जालको दोस्रो साधारण सभाले लम्साललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

साधारण सभाले उपाध्याक्षमा बालकृष्ण घिमिरे, सचिवमा कृष्णप्रसाद काफ्ले, सहसचिवमा कविता दाहाल र कोषाध्यक्षमा भीमादेवी खतिवडालाई चयन गरेको छ ।

सदस्यमा घनश्याम कार्की, लक्ष्मी आचार्य, सुमित्रा मैनाली, शोभा गौतम, शान्ति खड्का, ईन्द्रदेवी भट्ट्, कमला अधिकारी, ख्याम न्यौपाने, डिल्लीराम ओझा र पुनम तिम्सिना चयन भएका छन् ।

लेखा समिति संयोजकमा केदार अधिकारी तथा सदस्यमा परमात्मा ओझा र पुनम दाहाल चयन भएका छन् ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

घट्यो सुन र चाँदी दुवैको भाउ

Published

on

विराटचोकः हिजो हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन र चाँदी दुवैको मूल्य आज भने घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ५ हजार ६ सय र चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।

Continue Reading

Banner

राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने

Published

on

काठमाडौंः राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने पूर्व स्वास्थ्य राज्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले बताएका छन् । बैंकको दोस्रो साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए ।

पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोमा त्यसलाई खाद्य बैंकले सुधार गर्नेमा आफू विश्वस्त भएको बताए ।

राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्त रुप लिन थालेको बताए । अध्यक्ष उप्रेतीले खाद्य बैंकले कृषि उत्पादन ४ वटा प्रदेशका २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अर्गानिक कृषिउपज उत्पादनमा लागि पर्ने बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको र बजारमा पाइने पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उप्रेतीले बताए ।

उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।

खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गाबहादुर थापा, मधेश प्रदेशका पूर्व सांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशका योगेन्द्रनारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जीवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने बताए ।

साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहनप्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।

दोस्रो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा जनाइएअनुसार गत आर्थिक वर्षमा बैंकले ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

Continue Reading

Banner

मेरो मौनता आजसम्म मात्रैः रवि लामिछाने

Published

on

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।

आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई भन्न बाँकी, गर्न बाँकी र लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न, लेखिहाल्न अनुरोध गरेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक
hrpdf.com.hr