Connect with us
Advertisement
Advertisement

माघ १ गते सांस्कृतिक कार्यक्रम सहित विराटचोकमा मेला लाग्ने

Published

on

विराटचोकः मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचोकमा मकर स्नान मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । विगत वर्ष झै यस वर्ष पनि माघ १ गते वडा नं ९ स्थित विराटचोकमा रहेको काली मन्दिरको प्राङ्गणमा मेलाको आयोजना हुन लागेको मेला व्यवस्थापन समिति संयोजक गोविन्दप्रसाद अधिकारीले बताए ।

सो मेलामा गायिका एलिना चौहानको साङ्गीतिक प्रस्तुति रहने भएको छ । मेला तथा सांस्कृतिक कार्यक्रममा मंगल स्मृति प्रतिष्ठानको आयोजनामा हुन लागेको मेला संयोजक अधिकारीले जानकारी दिए । माघ १ गते माघे संक्रान्तिको अवसरमा सो स्थानमा बिहान भक्तजनहरुले मकरस्नान गर्ने गर्दछन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सन्दीप लामिछानेले गराए शल्यक्रिया

Published

on

क्रिकेटर सन्दीप लामिछानेले काठमाडौंको सिल्भरलाइन हस्पिटलमा लाइपोमाको शल्यक्रिया गराएका छन् । उनले दोश्रो पटक शल्यक्रिया गराएका हुन। उनको शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।

Continue Reading

Banner

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको जवाफ : म शतप्रतिशत नेपाली

Published

on

अभिनेत्री तथा मोडल अदिती बुढाथोकी मुम्बईमा मोडलिङ र विज्ञापनमा व्यस्त छिन् । उनले अभिनय गरेका सांगीतिक भिडियो पनि आइरहन्छन् ।

यसबाहेक इन्स्टाग्रामबाट उनी हरेक दिनजसो आफ्ना स्टाइलिस तस्वीर सेयर गरिरहेकी हुन्छिन् । इन्स्टा स्टोरी र टाइमलाइनबाट उनी फ्यानसँग अन्तरक्रिया गरिरहेको पनि देखिन्छ ।

बेलाबेलामा अदितीले इन्स्टा स्टोरीबाट फ्यानसँग प्रश्नोत्तर गर्छिन् । पछिल्लो साता पनि उनले फ्यानसँग इन्स्टाबाटै प्रश्नोत्तर गरिन् । जसअनुसार फ्यानले उनलाई विविध प्रश्न गरेका छन् ।

केहीले मसँग विवाह गर्नुहुन्छ ? भनेर सोधेका छन् । केहीले तपाईं शाकाहारी कि मांसाहारी, रोम-कम फिल्म कहिले गर्नुहुन्छ ? भनेर सोधेका छन् । उनले आफ्नो मनपर्ने गायिका सधैंभरका लागि बियोन्से भएको बताएकी छन् ।

एक फ्यानले उनलाई तपाईं आधा नेपाली र आधा इण्डियन हो भनेर सोधेका छन् । यो प्रश्नको जवाफमा अदितीले आफू शतप्रतिशत नेपाली भएको र नेपाललाई माया गर्ने बताएकी छन् ।

उनले यी प्रश्नको जवाफ पनि सेयर गरेकी छन् । अर्का फ्यानले उनलाई तपाईं मधुबाला जस्तै देखिनुहुन्छ भनेर सोधेका छन् । उनले भनेकी छन्, ‘मलाई त्यस्तो लाग्दैन । म मधुबालाजीको ठूलो फ्यान हुँ । उहाँ सदावहार सुन्दरी र वरिष्ठ अभिनेत्री हुनुहुन्छ ।’

कामको कुरा गर्दा अदितीले ‘कृ’बाट नेपाली फिल्ममा अभिनय करिअर थालेकी थिइन् । उनको पछिल्लो फिल्म ‘बाबरी’ हो । उनको होमप्रोडक्सन अदिती बुढाथोकी फिल्म्सले निकट भविष्यमा फिचर फिल्म बनाउने तयारी गरिरहेको छ ।

Continue Reading

Banner

बिहे गरेको २ वर्षसम्म पनि शारीरिक सम्बन्ध नराखेको भन्दै श्रीमानविरूद्ध प्रहरीमा जाहेरी

Published

on

एजेन्सी ।  भारतको बिहार राज्यअन्तर्गत मुजफ्फरपुरमा एक महिलाले शारीरिक सम्बन्ध नराखेको भन्दै पतिविरुद्ध प्रहरीमा जाहेरी (एफआईआर) दर्ता गराएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा अनुसन्धान थालिएको महिला थाना प्रहरीले जनाएको छ। पीडित युवती वैशाली जिल्ला लालगन्ज थाना क्षेत्रस्थित एक गाउँकी बासिन्दा हुन् भने आरोपित श्रीमान् अहियापुर थाना इलाकाका बासिन्दा हुन्।

प्रहरी चौकीमा दर्ता भएको एफआईआरमा पीडितले भनेकी छन्, ‘मेरो विवाह ३१ मे २०२१ मा भएको थियो। विवाहपछि म ससुराको घर गएँ। तर विवाह भएको दुई वर्षसम्म पनि मेरा श्रीमान्‌ले मसँग शारीरिक सम्बन्ध राखेनन्। त्यसपछि मैले यो कुरा ससुरालाई भनेँ तर उनले पनि छोरालाई सम्झाएनन्।’ त्यसपछि पीडित महिलाले श्रीमानलाई सोधिन्, ‘मसँग किन यौन सम्पर्क गर्नुहुन्न?’

यसो भन्दा पतिले बारम्बार गाली र कुटपिट मात्र गर्ने गरेको ती महिलाले एफआरआईमा उल्लेख गरेकी छन्। ‘यति मात्र होइन, म आमाबुवाको घरमा जाने भन्दा पतिले धम्की दिन्थे–  ‘घरबाट निस्किस् मात्र भने तँ र तेरो परिवारैलाई मारिदिन्छु। बल्लबल्ल हजुरबुवा बिरामी भएको बहानामा म माइती आएकी छु, तर अहिले पनि श्रीमानसहित ससुराले मलाई लगातार धम्की दिइरहेका छन्’, पीडित महिलाले जाहेरीमा लेखेकी छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक