राजनीति
कांग्रेसकी ईश्वरी न्यौपानेले सभामुखमा उम्मेद्वारी दिने

काठमाडौंः नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेद्वारी दिने भएकी छिन् ।
सभामुखमा उम्मेद्वारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।
कांग्रेसले सरकारलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरूको मोर्चा बनाउने तयारी गरेको छ ।
Banner
घट्यो सुन र चाँदी दुवैको भाउ

विराटचोकः हिजो हालसम्मकै उच्च बिन्दुमा पुगेको सुन र चाँदी दुवैको मूल्य आज भने घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला १ लाख ५ हजार ६ सय र चाँदीको भाउ प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको थियो ।
Banner
राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने

काठमाडौंः राष्ट्रिय खाद्य बैंकले एक पालिका एक उत्पादनमा जोड दिनुपर्ने पूर्व स्वास्थ्य राज्यमन्त्री तथा शिक्षाविद् उमेश श्रेष्ठले बताएका छन् । बैंकको दोस्रो साधारणसभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले सरकारले गर्नुपर्ने काम खाद्य बैंकले गरेको बताए ।
पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोमा त्यसलाई खाद्य बैंकले सुधार गर्नेमा आफू विश्वस्त भएको बताए ।
राष्टिय खाद्य बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफूहरुको सापनाले मूर्त रुप लिन थालेको बताए । अध्यक्ष उप्रेतीले खाद्य बैंकले कृषि उत्पादन ४ वटा प्रदेशका २३ वटा जिल्लाबाट गरिरहेको र आगामी दिनमा सातै प्रदेशबाट अर्गानिक कृषिउपज उत्पादनमा लागि पर्ने बताए । रैथाने बालीहरु समाप्त हुँदै गएको र बजारमा पाइने पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उप्रेतीले बताए ।
उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।
खाद्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गाबहादुर थापा, मधेश प्रदेशका पूर्व सांसद जयराम दहाल, कांग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशका योगेन्द्रनारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा.डा जीवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने बताए ।
साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले गरेका थिए भने स्वागत मन्तव्य प्रा.डा मोहनप्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।
दोस्रो वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा जनाइएअनुसार गत आर्थिक वर्षमा बैंकले ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
Banner
मेरो मौनता आजसम्म मात्रैः रवि लामिछाने

विराटचोकः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
आज दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफूलाई भन्न बाँकी, गर्न बाँकी र लेख्न बाँकी केही भए भनिहाल्न, गरिहाल्न, लेखिहाल्न अनुरोध गरेका छन् ।
यस्तो छ उनले लेखेको स्टाटस
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner7 months ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १3 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login