कला / साहित्य
सुन्दरहरैंचामा आएर महानायक राजेश हमालले भने, ‘कला, साहित्यको महत्व नबुझ्ने शहर निरस हुन्छ’
विराटचोकः नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले कला क्षेत्रको महत्व नबुझ्ने शहर निरस हुने बताएका छन् । मोरङको सुन्दरहरैंचामा निर्माण हुन लागेको मुक्त रङ्गमञ्चको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘कला बुझ्ने समुदायको अभाव रह्यो भने त्यो क्षेत्र निरस हुन्छ,’ अभिनेत्री रेखा थापाको माइतीघरको नजिकै निर्माण हुन लागेको सो रङ्गमञ्चको शिलान्यासको क्रममा उनले भने, ‘संसारको कुनै पनि प्रख्यात शहरको नाम किन लिइन्छ भने त्यहाँ कला बुझ्ने, कला पस्कने कला ग्रहण गर्ने संस्कृति र इतिहास बोकेको हुन्छ । आधुनिकता र सम्पन्नताको लागि मात्रै बुझिँदैन ।’
विश्वका जुनसुकै देशका शहरमा यस्तो इतिहास पाइने बताए । काठमाडौंको उदाहरण दिँदै उनले भने, ‘कला, संस्कृति, रीतिरिवाज, मठमन्दिर, सङ्गीत आदि हटाइदिनुभयो भने काठमाडौं शहर निरस हुन्छ ।’
प्रत्येक नागरिकमा कुनै न कुनै किसिमले सिर्जनाको बीउ रोपिएको हुने भए पनि हाम्रो दैनिक भागदौडको क्रममा त्यसलाई प्रस्फुटन गराउन नसकेको उनले बताए । केही व्यक्तिले आफ्नो प्रतिभा चिनेर त्यसैअनुसार साधना गर्दै जाँदा सफल हुन जाने उनको भनाइ थियो ।
‘जिन्दगीको भागदौडमा यो कलाले हामीलाई के दिने हो र हामी त आधुनिकतातिर, सम्पन्नतातिर जाने हो भन्ने हामीलाई लाग्छ’, पहिलो पटक सुन्दरहरैंचामा औपचारिक कार्यक्रम गर्न आएका हमालले भने, ‘यदि हामीमा कला बुझ्ने सुझबुझ छ भने हाम्रो समस्यालाई बुझ्न त्यसले सहयोग गर्ने हामी बिर्सिन्छौँ । त्यसैले हामी सबैले कलाको सम्मान गर्न आवश्यक छ ।’

कहिलेकाहीँ कलाको महत्व केही छैन सबै झुटो हो जस्तै लागे पनि गहिरिएर हेर्ने हो भने त्यो आफ्नै वा आफू वरीपरीका व्यक्तिको कथाजस्तो लाग्ने गरेको उनले बताए । कला अनावश्यकजस्तो लागे पनि आवश्यक वस्तु भएको उनको भनाइ थियो ।
‘कला अनावश्यक आवश्यकता हो’, व्यक्तिगत जीवनमा हुने दैनिकीको प्रसङ्ग जोड्दै उनले भने, ‘कला झुटको खेतीजस्तो लागे पनि यो यस्तो झुटको खेती हामी सिर्जनशील व्यक्तिले पस्किन्छौँ जुनचाहिँ ग्रहण गर्ने दर्शकले त्यो झुट सही ढङ्गले गर्याे भने जीवनको वास्तविकता पत्ता लगाउन मद्दत गर्छ । त्यसले कहीँ न कहीँ हाम्रो दृष्टिकोणलाई प्रभाव पारिरहेको हुन्छ ।’
भिडियोः
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/497081895843651

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login