कला / साहित्य
सुन्दरहरैंचामा आएर महानायक राजेश हमालले भने, ‘कला, साहित्यको महत्व नबुझ्ने शहर निरस हुन्छ’
विराटचोकः नेपाली सिने क्षेत्रका महानायक राजेश हमालले कला क्षेत्रको महत्व नबुझ्ने शहर निरस हुने बताएका छन् । मोरङको सुन्दरहरैंचामा निर्माण हुन लागेको मुक्त रङ्गमञ्चको शिलान्यास गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘कला बुझ्ने समुदायको अभाव रह्यो भने त्यो क्षेत्र निरस हुन्छ,’ अभिनेत्री रेखा थापाको माइतीघरको नजिकै निर्माण हुन लागेको सो रङ्गमञ्चको शिलान्यासको क्रममा उनले भने, ‘संसारको कुनै पनि प्रख्यात शहरको नाम किन लिइन्छ भने त्यहाँ कला बुझ्ने, कला पस्कने कला ग्रहण गर्ने संस्कृति र इतिहास बोकेको हुन्छ । आधुनिकता र सम्पन्नताको लागि मात्रै बुझिँदैन ।’
विश्वका जुनसुकै देशका शहरमा यस्तो इतिहास पाइने बताए । काठमाडौंको उदाहरण दिँदै उनले भने, ‘कला, संस्कृति, रीतिरिवाज, मठमन्दिर, सङ्गीत आदि हटाइदिनुभयो भने काठमाडौं शहर निरस हुन्छ ।’
प्रत्येक नागरिकमा कुनै न कुनै किसिमले सिर्जनाको बीउ रोपिएको हुने भए पनि हाम्रो दैनिक भागदौडको क्रममा त्यसलाई प्रस्फुटन गराउन नसकेको उनले बताए । केही व्यक्तिले आफ्नो प्रतिभा चिनेर त्यसैअनुसार साधना गर्दै जाँदा सफल हुन जाने उनको भनाइ थियो ।
‘जिन्दगीको भागदौडमा यो कलाले हामीलाई के दिने हो र हामी त आधुनिकतातिर, सम्पन्नतातिर जाने हो भन्ने हामीलाई लाग्छ’, पहिलो पटक सुन्दरहरैंचामा औपचारिक कार्यक्रम गर्न आएका हमालले भने, ‘यदि हामीमा कला बुझ्ने सुझबुझ छ भने हाम्रो समस्यालाई बुझ्न त्यसले सहयोग गर्ने हामी बिर्सिन्छौँ । त्यसैले हामी सबैले कलाको सम्मान गर्न आवश्यक छ ।’

कहिलेकाहीँ कलाको महत्व केही छैन सबै झुटो हो जस्तै लागे पनि गहिरिएर हेर्ने हो भने त्यो आफ्नै वा आफू वरीपरीका व्यक्तिको कथाजस्तो लाग्ने गरेको उनले बताए । कला अनावश्यकजस्तो लागे पनि आवश्यक वस्तु भएको उनको भनाइ थियो ।
‘कला अनावश्यक आवश्यकता हो’, व्यक्तिगत जीवनमा हुने दैनिकीको प्रसङ्ग जोड्दै उनले भने, ‘कला झुटको खेतीजस्तो लागे पनि यो यस्तो झुटको खेती हामी सिर्जनशील व्यक्तिले पस्किन्छौँ जुनचाहिँ ग्रहण गर्ने दर्शकले त्यो झुट सही ढङ्गले गर्याे भने जीवनको वास्तविकता पत्ता लगाउन मद्दत गर्छ । त्यसले कहीँ न कहीँ हाम्रो दृष्टिकोणलाई प्रभाव पारिरहेको हुन्छ ।’
भिडियोः
https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/497081895843651

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login