कोशी प्रदेश
गोठगाउँवासीः जसले जनप्रतिनिधि नबोलाई गरे सार्वजनिक कार्यक्रम
विराटचोकः बिहीबार बिहानैदेखि सुन्दरहरैंचाको वडा नम्बर ७ स्थित गोठगाउँ चोकमा स्थानीयको बाक्लो चहलपहल थियो । हुन त केही दिन अघिदेखि पुराना ड्रम र टायरलगायतमा रङरोगन गर्न थालेपछि उत्सुकतावश हेर्नेको भीड पनि बाक्लै हुने गथ्र्याे । बिहीबार गोठगाउँ चोकबाट पूर्वाञ्चल विश्वविद्यालय जाने बाटोमा नेपालको राष्ट्रिय झण्डा राख्ने कार्यक्रम रहेको थियो ।

गोठगाउँ विश्वविद्यालय टोल विकास संस्थाको पहलमा चोकको सौन्दर्यीकरणका लागि झण्डा राखिएको हो । तर सो झण्डा राख्ने क्रममा जनप्रतिनिधिहरुलाई आमन्त्रण गरिएन । गोठगाउँ चोकको दक्षिणतर्फ बाटो बिस्तारमा देखिएको समस्या समाधानका लागि भएको छलफलमा सहभागी भएका सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, सुन्दरहरैंचाको वडा नम्बर ७ का अध्यक्ष भुवनसिंह मगर, कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्यहरु खुशीलाल चौधरी र मीन गुरुङ पनि झण्डा राख्ने कार्यक्रममा सहभागी भने भएका थिए । त्यति मात्रै होइन नगरप्रमुख गुरागाईँले त बोरामा बोकेर ड्रममा माटोसमेत भरेका थिए ।

स्वतःस्फूर्त गरिएका साना कार्यक्रममा जनप्रतिनिधिलाई औपचारिक रुपमा नबोलाई कार्यक्रम गर्दा पनि हुन्छ भन्ने देखाउन र जनप्रतिनिधिको महत्वपूर्ण समय व्यवस्थापनमा सहज होस् भनेर जनप्रतिनिधि नबोलाइएको टोल विकास संस्थाका अध्यक्ष केशव भट्टराईले बताए ।
कार्यक्रममा जनप्रतिनिधि आएर सहभागी हुँदा र श्रमदान समेत गर्दा खुशी लागेको टोल विकास संस्थाका सल्लाहकार पोष्टकुमार श्रेष्ठले बताए ।
गोठगाउँ चोकको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सहयोग गर्ने ट्राफिक प्रहरी पोस्ट गछियाका प्रहरी सहायक निरीक्षक गणेश दाहाललाई कार्यक्रममा सम्मान गरिएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण गर्न शुरु मात्रै भएको र भविष्यमा यसको थप सौन्दर्य झल्काउनुपर्ने स्थानीय राजु पोखरेलले बताए । पोखरेलसहित टोल विकास संस्थाका सदस्य मातृका चौलागाईँ रङरोगन गर्ने कार्यमा सक्रिय रुपमा खटेका थिए ।
अघिल्लो दिन पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचार सेवा बिस्तार हुनु र भोलिपल्ट प्रवेशद्वारको रुपमा रहेको चोकको सौन्दर्यीकरण हुनुले गोठगाउँको विकासमा थप सहयोग पुग्ने नेपाली कांग्रेस वडा नम्बर ७ का अध्यक्ष बलभद्र बिष्टले बताए । चोकको दक्षिणमा बाटो बिस्तारमा रहेको समस्या पनि हल हुने भएपछि चोकको सौन्दर्य अझ झल्कने नरेन स्टेशनरीका सञ्चालक नरेन रायाले बताए । रायाले चोकमा राखिने ७ वटा झण्डा टोल विकास समितिलाई उपलब्ध गराएका थिए ।
गोठगाउँ चोकमा हरेक मङ्गलबार लाग्ने साप्ताहिक बजारलाई व्यवस्थापन गर्न सके चोकको सौन्दर्यमा थप निखार आउने लीलाप्रसाद पोखरेलले बताए । गोठगाउँ बजार व्यवस्थापन समितिका अध्यक्ष रहेका पोखरेलले बजार व्यवस्थापनको बारेमा छलफल भइरहेको र चाँडै नै एउटा निष्कर्षमा पुगिने बताए ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login