कला / साहित्य
वैरागीको खण्डकाव्य “किनारीकृत माइली” पाठककाे राेजाइमा

विराटचाेक साहित्यकार छवि वैरागी घिमिरेको खण्डकाव्य “किनारीकृत माइली” विमोचन भएको एक साता नबित्दै पाठकवर्गले अत्यन्तै रुचाएको पुस्तकका रूपमा खडा भएको छ। सुख शान्ति मिडिया काठमाडौले प्रकाशनमा ल्याएको यो खण्डकाव्य अहिले वृद्ध, युवा, विद्यार्थीले धेरै रुचाउने गरेकाे लेखक वैरागीले बताए । पछिल्ला केहिदिन यता याे पुस्तककाे माग धेरै भइरहेकाे उनले बताए ।
किनारीकृत माइलीको मूलमर्म अन्तरजातीय प्रेम सम्बन्धको वियोगान्त खण्डलाई कविताका गद्य,पद्य तथा गजल शैलीमा लेखिनु खण्डकाव्यमा नयाँ प्रयोग गरिएको साथै यस काव्यलाई चम्पू काव्य पनि भन्न सकिन्छ भन्ने तथ्य समीक्षकहरूले गरेका छन्।
कविता विधाका सबै शैलीमा बगाउन सक्नु र आख्यानात्मक बनाउन प्रयास गर्नु निक्कै कठिन भएपनि लेखक वैरागीको यो प्रयोग लोभलाग्दो भएको कथन छ। किनारीकृत माइली पढेर पाठकहरूले दिएका प्रतिक्रियाहरू सन्तोसजनक रहेको लेखक वैरागीले बताए । समाज परिवर्तन गर्नका लागि तथा जातीय विभेदलाई अबको समाजले मान्यता दिनु नहुने यथार्थ याे पुस्तककाेअर्को विशेषता छ ।
फरक ढङ्गबाट ‘किनारीकृत माइली’ विमोचित
छवि वैरागीको ‘किनारीकृत माइली’ आज विमोचन हुँदै
Banner
आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री हुने

विराटचोकः सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्कासन गरी बाँडफाँड गरिसकेको छ । ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४ सय कित्ता सामुहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
Banner
उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित

काठमाडौंः नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वारोध चयन गरेको छ ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेललाई निर्विरोध चयन गरेको छ ।
शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिञ्जत, अञ्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भएका छन् ।
राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
Banner
सुनसरीका ७ मध्ये ३ क्याम्पसमा नेविसंघ विजयी, समाजवादी युनियन र अनेरास्ववियु २\२ क्याम्पसमा विजयी

धरानः चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत सुनसरीका सबै ७ वटै क्याम्पसको नतिजा आएको छ ।
जसमध्ये नेवि संघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा नेतृत्व पाएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ धरान र जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको हो ।
जनता समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा विजय हासिल गरेको छ ।
एमाले निकट अनेरास्ववियुले सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र र पिण्डेश्वर विद्यापीठमा नेतृत्व गर्ने भएको छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner8 months ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner3 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login