Connect with us
Advertisement

मोरङका ११ स्थानीय तहमा १ वर्षमा ६० ओटा हिंसाका घटना

Published

on

विराटनगरः मोरङका ११ ओटा स्थानीय तहमा १ वर्षको अवधिमा ६० ओटा हिंसाका घटना भएको पाइएको छ । ओरेक नेपालले सार्वजनिक गरेको अभिलेख अनुसार सबैभन्दा बढी घरेलु हिंसाका घटना भएको पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि डिसेम्बरसम्ममा मानव बेचबिखन तथा ओसारपसारका १२ ओटा, जबरजस्ती करणीका १२ ओटा, बाल प्रेम विवाहका ४ ओटा, अलपत्र बेसहाराका ६ ओटा, यौन हिंसाका ५ ओटा, सामाजिक हिंसाका ३ ओटा, सामुहिक जबरजस्ती करणीको प्रयास र लुटपाटका १÷१ ओटा घटना भएका छन् ।

ओरेकको सुरक्षा आवास गृहबाट ६४ जनाले लाभ लिएको ओरेक मोरङका प्रमुख दीपक सेन्चुरीले जानकारी दिए । ओरेक मोरङको कार्यक्षेत्र विराटनगर, सुन्दरहरैचा, बेलबारी, लेटाङ, उर्लाबारी, पथरी शनिश्चरे, रतुवामाई, रङ्गेली, सुनवर्षी, केराबारी र कानेपोखरी रहेको छ ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले अझै पनि घरभित्रको हिंसाको घटना बाहिर नआएको बताए । सचेतनाको कमीले घरेलु हिंसाको घटनामा वृद्धि आएको उनले बताए । पछिल्लो समय बालप्रेम विवाह बढेको हुनाले बाल विवाह रोक्न जागरण अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए । ओरेकले सार्वजनिक गरेको प्रगति कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारी, मोरङ अदालतका स्रेस्तेदार इश्वरमणि ओझा, विभिन्न स्थानीय तहका उपप्रमुखलगायतको उपस्थिति रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बालेन र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ

Published

on

सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।

प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Continue Reading

Banner

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

Published

on

 प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् । यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्। एसपी भट्टराईका अनुसार उनीहरुले विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने, होटल तथा यात्रुबाट कमिसन लिने, यात्रुसँग अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।

Continue Reading

Banner

कानुन मन्त्रालयमा कार्यप्रवाह तीव्र बनाउन ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा

Published

on

 कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आफ्नो कार्यसम्पादनलाई छिटो, सुव्यवस्थित र पारदर्शी बनाउन विशेष संयन्त्रका रूपमा ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालनमा ल्याएको छ।

मन्त्रालय नेतृत्वले कानुनी सुधारका विषय र मन्त्रालयसँग सम्बन्धित नीतिगत मुद्दाहरूमा आन्तरिक छलफलपछि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो। नयाँ संयन्त्रमार्फत मन्त्रालयभित्रका विभिन्न शाखा तथा महाशाखामा रहेका कामहरूको अवस्थाबारे नियमित निगरानी गरिनेछ।

उक्त डेस्कले कुन फाइल कहाँ अड्किएको छ, अन्य मन्त्रालयबाट आएका पत्रहरूमा आवश्यक प्रक्रिया अघि बढेको छ वा छैन भन्ने विषयको अनुगमन गर्नेछ। यसका साथै आवश्यक कागजात नपुगेका वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयहरूलाई प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फर्काउने वा थप विवरण माग गर्ने प्रक्रिया पनि सुनिश्चित गरिनेछ।

निर्धारित समय सीमाभित्र कार्य सम्पन्न हुन नसकेका अवस्थाबारे कारणसहित नियमित जानकारी संकलन र प्रस्तुत गर्ने जिम्मेवारी पनि यसै संयन्त्रलाई दिइएको छ।

सरकारले अघि सारेको शासकीय सुधारका १०० कार्यसूची कार्यान्वयनमा सहजीकरण गर्ने भूमिका पनि ‘फास्ट ट्रयाक डेस्क’ ले निर्वाह गर्ने जनाइएको छ।

सरकारी प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै निष्पक्ष, उत्तरदायी र सेवा-केन्द्रित बनाउने उद्देश्यअनुसार सुधार कार्यक्रम अघि बढाइएको हो। यस सन्दर्भमा निजामती कर्मचारीसहित सबै राष्ट्रसेवकले कुनै पनि राजनीतिक वा स्वार्थ समूहसँगको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्धबिना आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने नीति अवलम्बन गरिएको छ।

सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियनको प्रभाव अन्त्य गर्दै निर्णय प्रक्रिया र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यअनुरूप आवश्यक कानुनी प्रबन्ध गर्ने तयारीसमेत सरकारले अघि बढाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक