पर्यटन
सेछ एड्भेञ्चर पार्कमा १५ दिन एड्भेञ्चर फेस्टिबल हुने

धरानः धरानमा रहेको सेछ एड्भेञ्चर पार्कमा १५ दिन एड्भेञ्चर फेस्टिभल आयोजना हुने भएको छ । धरान–२० विष्णुपादुका स्थित पार्कमा माघ २४ गतेदेखि फागुन ९ गतेसम्म फेस्टिभल आयोजना हुन लागेको हो ।
धरानबाट ३ किलोमिटर पश्चिमोत्तर डाँडामा सञ्चालित ४ बिघा क्षेत्रफलमा फैलिएको पार्कमा फेस्टिभल सञ्चालन हुने पार्कका सञ्चालक वासुदेव बरालले बताए । उनका अनुसार फेस्टिभल अवधिमा साहसिक खेलहरूको प्याकेजमा लक्की ड्र कुपन पनि वितरण हुनेछ । कुपनमा १० प्रतिशत देखि १०० प्रतिशत छुटको सुविधा हुनेछ ।
सञ्चालक एलिना मगरका अनुसार पार्कको पूर्वाधार निर्माणमा साढे ६ करोड लगानी भइसकेको छ । उनका अनुसार पूर्वाधार विकासका साथै थप सुविधा बढाउने तयारीको योजनामा ४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आगामी योजना अनुसार पार्कमा रिसोर्ट, आर्चरी र गेमिङ जोनको निर्माण गरिने भएको उनले जानकारी दिइन् ।
Banner
आजदेखि सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बिक्री हुने

विराटचोकः सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सोको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८ सय कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका निष्कासन गरी बाँडफाँड गरिसकेको छ । ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४ सय कित्ता सामुहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात् १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा चैत १२ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
Banner
उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित

काठमाडौंः नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न उसु महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्वारोध चयन गरेको छ ।
साधारण सभाले वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुङ्गाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नवीन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेललाई निर्विरोध चयन गरेको छ ।
शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नवीन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिञ्जत, अञ्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भएका छन् ।
राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेका थिए ।
Banner
सुनसरीका ७ मध्ये ३ क्याम्पसमा नेविसंघ विजयी, समाजवादी युनियन र अनेरास्ववियु २\२ क्याम्पसमा विजयी

धरानः चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत सुनसरीका सबै ७ वटै क्याम्पसको नतिजा आएको छ ।
जसमध्ये नेवि संघले सबैभन्दा धेरै ३ वटा क्याम्पसमा नेतृत्व पाएको छ । केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, पूर्वाञ्चल इन्जिनियरिङ धरान र जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको हो ।
जनता समाजवादी विद्यार्थी युनियनले महेन्द्र बहुमुखी क्याम्पस धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा विजय हासिल गरेको छ ।
एमाले निकट अनेरास्ववियुले सप्तकोशी बहुमुखी क्याम्पस वराहक्षेत्र र पिण्डेश्वर विद्यापीठमा नेतृत्व गर्ने भएको छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner8 months ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ3 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner3 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login