अर्थ
आधा दर्जन विकास बैंक र ४ फाइनान्स कम्पनी राष्ट्र बैंकको कारवाहीमा
विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नियम उल्लङ्घन गर्ने आधा दर्जन विकास बैंक केन्द्रीय बैंकको कारवाहीमा परेका छन् ।
नेपाल राष्ट्र बैंकले अनिवार्य मौज्दात नपुर्याएको, विपन्न वर्गमा तेकिएअनुसार कर्जा नदिएको तथा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै विकास बैंकहरुलाई जरिवाना गराएको हो ।
यस अवधिमा कर्णाली विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी, डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र साल्पा विकास बैंक कारवाहीमा परेको केन्द्रीय बैंकले जनाएको छ ।
जसअनुसार अनिवार्य मौज्दातमा कर्णालीलाई पहिलोपटक ७०६.६२ रुपैयाँ र दोस्रोपटक ३२ हजार ६९६.०२ रुपैयाँ तथा विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार ९२९.८८ रुपैयाँ जारिवाना गरिएको छ ।
अनिवार्य मौज्दातमै साल्पाले ३५३.९० रुपैयाँ जरिवाना तिरेको छ ।
कर्पोरेट, सिन्धु, नारायणी र सप्तकोशीले कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवाना तिरेका छन् ।
कर्जा निक्षेप अनुपातमा कर्पोरेटले साउनमा २० लाख १३ हजार ३३५ रुपैयाँ र भदौमा २३ लाख १४ हजार ४९३.७२ रुपैयाँ जरिवाना तिरेको छ ।
कर्जा निक्षेप अनुपातमा सिन्धुलीले साउनमा १ लाख २६ हजार ३८४.५७ रुपैयाँ र भदौमा १६ लाख ९९ हजार १५१.३७ रुपैयाँ जरिवाना तिरेको छ ।
सोही शीर्षकमा नारायणीले साउनमा ४ लाख ६३ हजार ७९४.१७ रुपैयाँ र भदौमा ५ लाख १६ हजार ३०७.९८ तथा सप्तकोशीले साउनमा २१ लाख ८० हजार ६६३.१९ रुपैयाँ र भदौ २८ लाख ९७ हजार ३५४.६१ रुपैयाँ जरिवाना राष्ट्र बैंकलाई तिरेका छन् ।
यसैगरी ४ नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेसिभ फाइनान्सले पनि जरिवाना तिर्नुपरेको छ ।
प्रोग्रेसिभ फाइनान्सलाई अनिवार्य मौज्दातमा २३ हजार १८८.६१ रुपैयाँ जरिवाना लगाइएको छ ।
नेपाल फाइनान्स र जानकी फाइनान्स कर्जा निक्षेप अनुपातमा साउनमा पहिलोपटक र भदौमा दोस्रोपटक जरिवानामा परेका छन् । जसअनुसार नेपाल फाइनान्सलाई साउनमा १९ हजार ३३०.६६ रुपैयाँ र भदौमा १ लाख ६५ हजार ५८४.४७ रुपैयाँ तथा जानकी फाइनान्सलाई साउनमा ६ लाख ५५ हजार १९३.८५ रुपैयाँ र भदौमा ६ लाख ३७ हजार ७९९.८४ रुपैयाँ जरिवाना तिराइएको छ ।
समृद्धि फाइनान्सले भदौमा प्रथमपटक कर्जा निक्षेप अनुपातमा ८० हजार ७४४.९९ रुपैयाँ तिर्नुपरेको छ ।
राष्ट्र बैंकका अनुसार गैरस्थलगत सुपरीवेक्षणका आधारमा ती फाइनान्स कम्पनीहरुलाई हर्जाना तिराइएको हो ।
Facebook Comment
Banner
एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि शुरू हुँदै
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान शुरू हुने भएको छ । हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान स्थगित गरिएको हो ।
पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पोखरेलले बताउनुभयो ।
उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।
नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ ।
Banner
आजको राशिफल — २०८२ साल पुस २ गते
आज २०८२ साल पुस २ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १७ तारिख । पौष कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।
मेष : दिन सामान्य छ । दैनिक काम बन्नेछ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । साथीभाइसँग परामर्श लिनु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ ।
वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ । लगानी गर्नुभएको भए फाइदा हुनेछ । उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ । बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।
मिथुन : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ । राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।
कर्कट : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । रोगले सताउने जोखिम छ । परिवारमा भने मिष्ठान्न भोजन मिल्नेछ ।
सिंह : दिन सामान्य राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।
कन्या : दिन राम्रो छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।
तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । सामान्य सोच्नुभएका व्यक्तिबाट धोका हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।
वृश्चिक : दिन राम्रो छ । धन कमाउने अवसर स्वदेशमा देखिने छन् । मन खुशी हुने दिन छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ । धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ ।
धनु : बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास गर्ने बानीले धोका हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ ।
मकर : दिन सहज छ । तपाईंको प्रशंसा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइसँग भेट हुने योग छ । राजनीतिमा भने सचेत बन्नुपर्नेछ । व्यापारमा मिहिनेत गरे फाइदा हुनेछ ।
कुम्भ : दिन सामान्य राम्रो छ । हराएको धन भेटिनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ । लगानी गर्दा साथीसँग सहकार्य गरेमा फाइदा हाेला ।
मीन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले उपचारमा ध्यान दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login