Connect with us
Advertisement

समभोकमाथि चर्चाः पाठक ठान्छन् ईशु पात्र लेखक स्वयम् हो, कृतिकार भन्छन् पाठक आफैँ पनि हुन सक्छ

Published

on

विराटचोकः पछिल्लो समय चर्चामा रहेको औपन्यासिक कृति ‘समभोक’ को शनिबार मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा गृहनगर विमोचन तथा कृतिमाथि विमर्श कार्यक्रमको आयोजना सम्पन्न भएको छ । अमेरिकाको बोस्टन शहरको केन्द्रीयतामा कथानक घुमेको सो कृतिका सर्जक शिवप्रकाशलाई शनिबार विराटचोकमा उपस्थित पाठकले मुख्य पात्र ईशु लेखक स्वयम् हो भन्दा हामी गलत हुन्छाँै कि हुन्नौँ भनेर जिज्ञासा राखे ।

पाठकले प्रश्न सोध्दा मुसुक्क मुस्कुराएका सर्जक शिवप्रकाश जवाफ दिँदा झन् बढी मुस्कुराए । प्रश्न गर्ने पाठकप्रति औँल्याउँदै उनले प्रतिप्रश्न गरे, ‘ईशु पात्र तपाईँ (प्रश्नकर्ता) नै हो भनेर मैले जवाफ दिएँ भने के भन्नुहुन्छ ?’

यति भनेर उनी दिल खोलेर हाँसे ।

‘ईशु पात्र तपाईँ हामी सबै हो अथवा तपाईँ हामीले देखेका हाम्रा वरीपरीका मानिस नै हुन्’, उनले थप प्रष्ट्याउँदै भने, ‘कृतिकारले आफू वरपरका चारपाँच जना मानिसको स्वभावलाई समन्वय गरेर एउटा पात्र निर्माण गर्छ । त्यसैले हरेक कृतिभित्रका पात्र आफूजस्तै वा आफूले चिनेको व्यक्तिसँग मिल्दछ । त्यसैले ईशु पात्रको चरित्र हामी धेरै जनासँग मिल्छ ।’

जवाफ दिइसकेपछि उनले फेरि हाँस्दै प्रश्नकर्तालाई औँल्याए, ‘तपाईँको जिज्ञासाको जवाफ पाउनुभयो नि ?’

प्रश्नकर्ताले पनि हाँस्दै जवाफ पाएँ भनेपछि प्रश्नकर्ता र सर्जक मात्रै होइन कार्यक्रममा उपस्थित सबैमा हाँसोको फोहोरा छुट्यो ।

समीक्षक मन्दीप भट्टराईले कृतिमा ईशु मुख्य पात्रजस्तो देखिए पनि सिन्धुका मुख्य पात्र हो भन्ने आफूले ठानेको बताए । कृतिको कथावस्तु आप्रवासी नेपालीको मात्रै नभएर घर छाडेर देशभित्रै वा विदेशका जुनसुकै देशमा रहने नेपालीको कथा भएको आफूले पाएको उल्लेख गरे ।

समीक्षक दीपक न्यौपानेले आप्रवासी लेखनका विभिन्न आयाममध्ये एक आयामको रुपमा समभोक पर्ने बताए । उपन्यासभन्दा पनि निबन्धजस्तो देखिएकाले यस्ता कृतिलाई निर्बन्ध भन्न सकिने उनले बताए । कृतिको नायक ईशु नै भए पनि उसलाई सबै पात्रले भोग गरेको उनले बताए । सुबिले आफ्नो भोक मेटाउन र मुग्धाले आफ्नो भोगको इच्छा पूरा गराउन सुबिको प्रयोग गरेको उनको भनाइ थियो ।

समीक्षक प्रेमप्रसाद भट्टराईले कृतिमा सिन्धुकाको चरित्र सबैभन्दा महत्वपूर्ण भएको बताए । विचारको आधारमा सिन्धुका अब्बल देखिने भन्दै उनले कृति मनोवैज्ञानिक कथाले भरिएको उल्लेख गरे । संसारमा हामी धेरै टाढा पुग्दैनौँ जति नै टाढा पुगे पनि मन भने घर वरीपरी नै घुमिरहेको हुने उल्लेख गर्दै उनले समभोकमा पनि हामी घर वरीपरी नै घुम्ने हुनाले ईशु पात्र हामी आफैँजस्तो वा हाम्रो चिनजानका वा छिमेकका कोही व्यक्ति जस्तो लाग्ने बताए । राजेश्वर देवकोटाको उपन्यास ‘द्वन्द्वको अवसान’ मा जस्तै समभोकमा पनि कोटेशनजस्ता मननीय अभिव्यक्ति धेरै भएको उल्लेख गरे ।

कार्यक्रमका सभापति तथा आयोजक विराट साहित्य समाजका अध्यक्ष उमानाथ भट्टराईले सिन्धुकाको भनाइलाई शिरोधार्य गरेका कारण ईशु अमेरिकामा दागरहित भएको बताए । नेपाल छोड्ने बेलामा श्रीमती सिन्धुकाले ‘रुखजस्तै अटल हुनू’ नभनेको भए ईशु अमेरिकामा सुकेको रुख ढलेजस्तै ढलिसक्थ्यो भन्दा कृतिकार शिवप्रकाश मुसुमुसु हाँसिरहेका थिए ।

समाजका अध्यक्ष विदुर सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम सचिव एमणि अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा कसैलाई पनि प्रमुख अतिथि नबोलाई उपस्थित सबैलाई अतिथिको रुपमा एकमुष्ट आसन ग्रहण गराइएको थियो । कार्यक्रममा उपस्थित सबैले संयुक्त रुपमा कृतिको सामुहिक गृहनगर विमोचन गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक