शिक्षा / स्वास्थ्य
स्काउटको मान्यतालाई पछ्याएमा २० वर्षमा देशको मुहार फेरिन्छः मन्त्री राजभण्डारी
विराटचोकः प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले स्काउटको मूल्यमान्यतालाई पछ्याउँदै राजनीतिकर्मी अघि बढेमा २० वर्षमा देशको मुहार फेरिने बताएका छन् । मोरङको सुन्दरहरैंचामा आयोजित स्काउटरहरुको संयुक्त ट्रेनिङ क्याम्पको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

कुमालेले माटोबाट सुन्दर भाँडा बनाएजस्तो व्यक्तिलाई नैतिकवान र चरित्रवान बनाउन स्काउटले मुख्य भूमिका खेल्ने बताए । भ्रष्टाचार अन्त्य गरी सदाचार जीवन जिउने कला स्काउटले सिकाउने हुनाले सभ्य समाज निर्माणमा स्काउटरहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
स्काउटमा राजनीति छिरेकोमा दुःख लागेको बताउँदै त्यस्तो हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए । सहयोगी भावना भएको स्काउट अभियानको छवि मैल्याएर राजनीति गर्न खोज्नेलाई चिनेर त्यस्ता चरित्रबाट टाढा हुने प्रयास स्काउटरहरुले गर्नुपर्ने उनको भनाइ थियो ।
आफ्नो पालामा स्काउट अभियान पहिलेको भन्दा झन् फैलिने उनले उल्लेख गरे । त्यसको लागि विगतमा भन्दा बढी बजेट विनियोजन गर्ने प्रतिबद्धता मन्त्री राजभण्डारीले व्यक्त गरे ।
मोरङको सुन्दरहरैंचा, बेलबारी, पथरी, उर्लाबारी, केराबारी र लेटाङका स्काउट तदर्थ समितिको आयोजनामा भएको संयुक्त ट्रेनिङ क्याम्पमा गण्डकी र सुदूर पश्चिम प्रदेशका स्काउटर पनि सहभागी छन् । ४७ विद्यालयका १ हजार ३ सय विद्यार्थी क्याम्पमा सहभागी भएको स्वागत मन्तव्य व्यक्त गर्दै संयुक्त ट्रेनिङ क्याम्पका संयोजक बादल देवानले बताए ।

नेपाल स्काउटका प्रदेश संयोजक रवि खनालले प्रदेशका सबै पालिकामा स्काउटरहरु उत्पादन गर्न आफूहरु लागि परिरहेको बताए ।
स्काउटका केन्द्रीय समिति निर्देशक रामप्रसाद भट्टराईले पनि स्थानीय सरकारले स्काउटको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले ‘एक घर एक स्काउट’ को अभियान नै चलाउनुपर्नेमा जोड दिए । स्काउटरहरुलाई पूर्ण तालीम दिन सके देशमा सुशासन कायम हुने बताउँदै नैतिक शिक्षा पाएमा विद्यार्थी आफैँ सामाजिक कार्यमा अग्रसर हुन उत्प्रेरित हुनेमा उनले जोड दिए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले व्यक्तिमा अन्तरनिहीत क्षमताको विकास गर्नमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताए । पालिका प्रमुखलाई स्थानीय स्काउटको संरक्षक र उपप्रमुखलाई प्रमुख स्काउटर बनाएर कानुनी र नैतिक रुपले जनप्रतिनिधिलाई उत्तरदायी बनाउनु स्काउट अभियानको लागि सुखद पक्ष भएको उनले उल्लेख गरे ।
संयुक्त ट्रेनिङ क्याम्पको उद्घाटनको औपचारिक कार्यक्रम समापनपछि आयोजकले अतिथिहरुलाई क्याम्पका विभिन्न इभेन्ट क्षेत्रको अवलोकन गराएको थियो ।
ट्रेनिङ क्याम्प ९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login