Connect with us
Advertisement

कार्य सम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका जिल्ला प्रथम, प्रदेशमा नवौँ

Published

on

धनकुटाः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका जिल्लामा पहिलो बनेको छ । प्र्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिश गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६ दशमलव ६० अंक प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।

प्रदेशका १३७ पालिका मध्ये धनकुटा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ९ औं स्थानमा पर्न सफल भएको छ । कार्यमूल्याङ्कनमा राम्रो नतिजा आएपछि धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खुशी व्यक्त गरेका छन् । आयोगले ११ वटा सूचकका आधारमा सात वटै प्रदेश सरकार र १७ वटा सूचकको आधारमा ७५३ वटै पालिकाको कार्यसम्पादन मूल्याङ्कन गरेको थियो ।

आयोगद्वारा सार्वजनिक प्रतिवेदन अनुसार धनकुटाका सात वटा पालिकामध्ये धनकुटा नगरपालिकाले सबैभन्दा बढी र पाख्रीवास नगरपालिकाले सबैभन्दा कम अर्थात ४७ दशमलव ०९ अङ्क पाएको छ । त्यस्तै, छथर जोरपाटी गाउँपालिकाले ६३ दशमलव ५५, शहीदभूमि गाउँपालिकाले ६२ दशमलव २५, महालक्ष्मी नगरपालिकाले ५८ दशमलव ९४, चौबिसे गाउँपालिकाले ५४ दशमलव ६४ र साँगुरीगढी गाउँपालिकाले ५२ दशमलव ५४ अङ्क प्राप्त गरेका छन् ।

मूल्याङ्कन प्रतिवेदन अनुसार ६० प्रतिशत अङ्क कटाउने पालिकाको सङ्ख्या न्यून छ । राजस्व र व्ययको अनुमान गाउँ तथा नगर सभामा समयमै पेश गरे\नगरेको वा समयमै पारित भए\नभएको, राजस्व सङ्कलनको अवस्था, बजेट खर्च, कार्यप्रगति, बेरुजुको अवस्थालाई पालिकाको कार्यमूल्याङ्कनको आधार बनाइएको छ । त्यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकताका साथ हेरिएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, उत्तीर्ण प्रतिशत, गर्भवती महिलाले नियमित गराउनुपर्ने गर्भजाँचको अवस्था, स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको सङ्ख्या, खोप लगाउनुपर्ने बालबालिकालाई नियमित खोप लगाए\नलगाएको लगायतका सूचकका आधारमा पालिकाको मूल्याङ्कन गरिएको छ । आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलका अनुसार कार्यमूल्याङ्कन चित्त नबुझेमा पुनरावलोकनका लागि प्रमाणसहित निवेदन पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक