खेलकुद
क्रिकेट टोलीको बिदाइ
काठमाडौंः दुबइ अन्तर्राष्ट्रिय रंगशालामा हुने आईसीसी क्रिकेट विश्व कप लिग टु खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरे ।
फागुन १५ देखि २२ गतेसम्म हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार युएइ प्रस्थान गरेको हो । नेपालले त्यहाँ युएइ र पपुवा न्युगिनीसँग प्रतिष्पर्धा गर्ने छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले क्रिकेटले हासिल गरेको सफलता खेलाडीका लागि गौरवको कुरा भएको भन्दै सम्पूर्ण खेलाडी, आम जनता र सिंगो राष्ट्रका निम्ति पनि गर्वको कुरा भएको बताए ।
प्रधानमन्त्री दाहालले स्कटल्यान्ड र नामिबिया विरुद्ध जीत हात पारेको टोलीका खेलाडीलाई जनही २ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गर्दै आगामी खेलका लागि पनि सफलताका निम्ति शुभकामना व्यक्त गरे ।
सदस्य–सचिव घिसिङले उत्कृष्ट जीत हासिल गर्दै सारा नेपालीलाई खुशी पारेकोमा टोलीप्रति आभार व्यक्त गर्दै बधाइ दिए । उनले प्रधानमन्त्रीले क्रिकेट टोलीसँग भेट गर्नु खुशीको कुरा भएको बताए ।
कप्तान रोहित पौडेलले प्रधानमन्त्रीले भेटरै बधाइ दिएको र खेलाडीको हौसला बढाएकोमा धन्यवाद दिएका थिए ।
सोही अवसरमा लिग टु अन्तर्गत नै कीर्तिपुरमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच भएको खेलमा शतप्रतिशत जीत निकालेको नेपाली टोलीलाई बधाइ पनि दिइएको थियो ।
Facebook Comment
Banner
शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, के हो ए. एस. डी. क्लोजर प्रविधि ?
मोरङ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोबेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
Banner
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ ।
हाइड्रोजन र पेट्रोल–डिजल दुवै प्रकारका इन्धनबाट चल्ने इन्जिन नेपालमै विकास गरेर गाडी गुडाउने तयारी अन्तिम चरणमा पुगेको छ । यदि यसले व्यवसायिक रुप पाएमा गाडी धनीहरुलाई पेट्रोल/डिजल र हाइड्रोजन दुवै प्रकारको ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प हुने छ ।
पेट्रोल–डिजल प्रयोग गरेर तपाईंले चलाइरहेको गाडी हाइड्रोजनबाट पनि चल्ने होस् भन्ने चाहनु भएको छ ? यदि छ भने तपाईंका लागि खुसीको खबर छ । नेपालमा डिजल–पेट्रोलबाट चल्ने गाडीमै हाइड्रोजन पनि प्रयोग गर्न मिल्ने गरी इन्जिनको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
हाइब्रिड खालको इन्जिन विकासका लागि रिन्यु जेन रिसोर्सेस नेपालले बेलायतको एक विश्वविद्यालय र नेपालको इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकसँग समझदारी पत्रमा हस्ताक्षर गरेर काम गरिरहेको छ । सो समझदारी अनुसार पेट्रोल–डिजलबाट चलिरहेको गाडीको इन्जिनलाई सामान्य परिमार्जन गरी हाइड्रोजनबाट पनि चलाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
Banner
सार्वजनिक ठाउँमा चल्ने निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्नुहोला।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login