राजनीति
सोलुखुम्बुमा एमालेले शुरु गर्याे मिसन ग्रासरुट अभियान

सोलुखुम्बुः नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि थालेको ‘मिसन ग्रासरुट’ अभियानका लागि प्रदेश नम्बर १ का प्रदेश कमिटी सदस्यहरुलाई विभिन्न पालिकामा खटाएको छ । अभियानको समापन बैशाख १० गते हुने बताइएको छ ।
एमालेले प्रदेश तहमा अभियानको अभिमुखीकरणको संयोजनको जिम्मा पार्टीका उपाध्यक्ष र अनुगमन संयोजनका लागि पार्टीका सचिवसहित स्थायी कमिटीसम्मका नेताहरूलाई खटाएको छ । पालिका तहमा केन्द्रित हुने अभियानमा प्रदेश सदस्यहरुलाई आफ्नो पालिकाभन्दा फरक पालिकामा खटाएको नेकपा एमालेले जनाएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सोलखुम्बुको फागुन ७ गतेको बैठकले मिसन ग्रासरुट अभियानका लागि सोलुखुम्बु जिल्लामा ९ जनालाई विभिन्न पालिकामा खटाइएको जनाएको छ ।
जसअनुसार सोलुदुधकुण्ड नगरपालिकामा प्रदेश कमिटी सदस्य पोष्टकुमार कार्कीलाई खटाइएको छ । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेत, माप्य दुधकोशी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बच्चुनारायण श्रेष्ठ, थुलुङ दुधकोशी गाउँपालिकामा प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती र केशव खड्कालाई खटाइएको छ ।
नेचा सल्यान गाउँपालिकामा सोनाम ग्याल्जेन शेर्पा, महाकुलुङ गाउँपालिकामा सूर्यकुमारी सुनुवार, लिखुपिके गाउँपालिकामा कुमार राई र सोताङ गाउँपालिकामा डिबी राणापाललाई जिम्मेवारी दिइएको छ । उनीहरु सबै प्रदेश कमिटी सदस्य हुन् ।
प्रदेश १ मा अभिमुखीकरणको जिम्मा पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । अनुगमन संयोजकमा सचिव टोपबहादुर रायमाझी र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू शेरधन राई, अग्नि खरेल, राजेन्द्र गौतम र हिक्मत कार्की रहेका छन् ।
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login