Connect with us
Advertisement

गोठगाउँमा मेडिकल कलेज चलाउन शिक्षा र स्वास्थ्य मन्त्रालय तथा विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता

Published

on

विराटचोकः सुुन्दरहरैंचाको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि प्रयोगात्मक अभ्यास कोशी अस्पतालमा गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो ।

पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि प्रयोगात्मक अभ्यास कोशी अस्पतालमा गरेर कलेज सञ्चालन गर्ने गरी त्रिपक्षीय सम्झौता गरिएको प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले जानकारी दिए । अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रक्रिया पूरा गरेर मेडिकल कलेज सञ्चालन गर्ने उनले जानकारी दिए ।

सम्झौतापत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

०७८ माघ २४ गते विराटनगरस्थित कोशी अस्पतालले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति भएको थियो । सहमतिको एक वर्षपछि ०७९ माघ २३ गतेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोशी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भएको हो । अब चिकित्सा शिक्षा आयोगबाट बाँकी प्रक्रिया पूरा हुनेछन् ।

मेडिकल कलेज सञ्चालनका लागि ३ सय बेडको अस्पताल चाहिने प्रावधान रहेको तर पूर्वाञ्चल विश्वविद्यालयसँग सो क्षमताको अस्पताल नभएपछि विराटनगरस्थित कोशी अस्पतालमा अभ्यास गर्ने गरी सम्झौता गरिएको हो । विद्यार्थीको पढाई भने गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमै हुने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयमै रहेको अस्पतालको क्षमता विकासको लागि प्रतिनिधि सभा सदस्य डा.शर्माले पहल गरिरहेका छन् । मोरङको क्षेत्र नं. ३ बाट निर्वाचित सांसद शर्माले गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्ने विषय चुनावी एजेण्डाकै रुपमा अघि सारेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान आज बिहानदेखि शुरू हुँदै

Published

on

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज बिहानदेखि मात्रै मतदान शुरू हुने भएको छ । हिजो बेलुकादेखि नै शुरू हुने भनिएको मतदान स्थगित गरिएको हो ।

पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेपछि मात्रै मतदान थाल्ने तयारी छ । यसअघि हिजो बेलुका नै मतदान हुने भनिएपछि प्रतिनिधिहरु लाइनमा समेत बसेका थिए । तर विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि मतदान स्थगित गरिएको पोखरेलले बताउनुभयो ।

उम्मेदवारहरूको नाम, मतदाता नामावलीमा केही हेरफेर, क्लस्टरमा तल माथि परिवर्तन गर्न समय लागेकाले मतदान शुरू गर्न ढिलाइ भएको हो । मतदानको लागि ८० वटा मेसिन विद्युतीय तयार गरिएको छ । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि झन्डै ६ सय ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा दुई हजार २ सय ६३ प्रतिनिधिले मतदान गर्नेछन् ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा हुनुहुन्छ ।

Continue Reading

Banner

आजको राशिफल — २०८२ साल पुस २ गते

Published

on

आज २०८२ साल पुस २ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर १७ तारिख । पौष कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् ।

मेष : दिन सामान्य छ । दैनिक काम बन्नेछ । सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ । साथीभाइसँग परामर्श लिनु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । ठुलो आर्थिक कारोबार नगर्नु राम्रो हुनेछ ।

वृष : थोरै लगानी गरे पनि व्यवसाय फस्टाउने दिन छ । लगानी गर्नुभएको भए फाइदा हुनेछ । उपचारको क्रममा भए लाभ प्राप्त हुनेछ । बौद्धिक र अग्रज व्यक्तिसँगको परामर्शले मन हलुका हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च भए पनि आम्दानी बढ्नेछ । राज्यको तर्फबाट असहयोग हुने भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।

कर्कट : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । रोगले सताउने जोखिम छ । परिवारमा भने मिष्ठान्न भोजन मिल्नेछ ।

सिंह : दिन सामान्य राम्रो छ । सम्पत्ति आर्जन हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ । राजनीतिक क्षेत्रमा संगठित भएमा फाइदा हुनेछ । पेट सम्बन्धी समस्या बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ ।

कन्या : दिन राम्रो छ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ । शिक्षामा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुला : तपाईंको कला र गलाको प्रदर्शन गर्ने दिन छ । सामान्य सोच्नुभएका व्यक्तिबाट धोका हुनेछ । रोगबाट मुक्ति मिल्नेछ । उपचारमा भए निरन्तरता दिनु राम्रो हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।

वृश्चिक : दिन राम्रो छ । धन कमाउने अवसर स्वदेशमा देखिने छन् । मन खुशी हुने दिन छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ । धार्मिक कार्यम सहभागी भएर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ । सामाजिक काममा भए सेवाको अवसर मिल्नेछ ।

धनु : बोल्दा सचेत हुनुपर्ने दिन छ । दैनिक काममा भने कुनै अवरोध नहुने देखिन्छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । विश्वास गर्ने बानीले धोका हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्ने योग छ ।

मकर : दिन सहज छ । तपाईंको प्रशंसा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीभाइसँग भेट हुने योग छ । राजनीतिमा भने सचेत बन्नुपर्नेछ । व्यापारमा मिहिनेत गरे फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य राम्रो छ । हराएको धन भेटिनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ । कारोबार गर्नैपरे आफ्नो हातले नदिनु राम्रो हुनेछ । लगानी गर्दा साथीसँग सहकार्य गरेमा फाइदा हाेला ।

मीन : थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुने भएकाले उपचारमा ध्यान दिनुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग मिल्नेछ । शिक्षामा मिहिनेत गर्नुपर्ने समय छ ।

Continue Reading

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक