Connect with us
Advertisement

अदालतमा कृष्णदासको पक्षमा भजन र विपक्षमा प्रदर्शन

Published

on

इनरुवाः अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी (कृष्णदास) लाई हदैसम्मको कारवाही गर्न माग गर्दै अधिकारकर्मीले सुनसरी जिल्ला अदालतबाहिर प्रदर्शन गरे । सो प्रदर्शनको छेउमा कृष्णदासको पक्षमा भजन गाउनेहरु पनि देखिन्थे ।

महिला अधिकारकर्मीले कृष्णदासलाई बचाउन राज्यका माथिल्लो तहका व्यक्ति लागिपरेको बताए । पीडित महिलाको न्यायका लागि जबरजस्ती करणीमा संलग्न कृष्णदासलाई हदैसम्मको कार्वाहीको माग गर्दै महिलाहरुले कालोपट्टी बाँधेर प्ले कार्ड प्रदर्शन गर्नुको साथै कार्वाहीको मागको नारा लेखिएको व्यानर बोकेर प्रदर्शन गरेका थिए ।

कृष्णदासले झुटो स्वास्थ्य विवरण पेश गर्दा पनि प्रहरीले बेवास्ता गरेकाले प्रहरीको अनुसन्धानप्रति शङ्का लागेको प्रदर्शनकारीको भनाइ थियो ।

उता, कृष्णदासका केही अनुयायीले अदालत परिसर बाहिर रामराम भन्दै भजन गाएका थिए ।

Continue Reading

Facebook Comment

21 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काम छोडेर निर्माण व्यवसायीहरू आन्दोलनमा

Published

on

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीले सडक विभाग, जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएका छन् । इन्धनलगायतका निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका सम्पूर्ण आयोजनाहरू स्वतः बन्द हुने अवस्थामा पुग्दा समेत सरकारले चासो नदिएको भन्दै महासङ्घ र एशोसिएट सदस्य समन्वय समितिले धर्ना दिएका हुन् ।

व्यवसायीहरूले सडक विभागका महानिर्देशक विजय जैसी र सिँचाइ विभागका उपनिर्देशक डाक्टर सन्तोष कैनीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । महासङ्घका महासचिव शिवहरि घिमिरेले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेकाले आफूहरू आन्दोलित बनेको बताउनुभयो ।

उहाँका अनुसार निर्माण व्यवसायीहरू मूल्यवृद्धिका कारण चरम सङ्कटमा परेकाले बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ ।

‘काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ । आउँदाे बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ । आन्दोलनकै बीचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति आपत्ति छ’, उहाँले भन्नुभयाे ।

महासचिव घिमिरेका अनुसार महासङ्घले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने लगायतका आन्दोलनका कार्यक्रम तय गरिसकेको छ ।

इन्धनको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवाजस्ता निर्माण सामग्रीको मूल्य बढेको र बिटुमिन लगायतको अभावका कारण पनि निर्माण कार्यमा प्रत्यक्ष असर गरेको निर्माण व्यवसायीहरूको निष्कर्ष छ ।

Continue Reading

Banner

बालेन र रविलाई गाली गरेर भिडिओ बनाएका युट्युबर पक्राउ

Published

on

सामाजिक सञ्जालमार्फत सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पाँचथरमा एक युट्युबर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार फाल्गुनन्द गाउँपालिका–७ निवासी सामाजिक सञ्जाल प्रयोगकर्ता रोशन पोखरेललाई शुक्रबार नियन्त्रणमा लिइएको हो। उनले विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममार्फत भिडियो सामग्री सार्वजनिक गर्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतमाथि अपमानजनक शब्द प्रयोग गरेको आरोप छ।

प्रहरीका अनुसार पोखरेलले फेसबुक, इन्स्टाग्राम तथा युट्युब च्यानलमार्फत आपत्तिजनक सामग्री सार्वजनिक गर्दै आएका थिए। सोही आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

जिल्ला अदालत पाँचथरबाट शुक्रबार नै साइबर अपराधसम्बन्धी कसूरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Continue Reading

Banner

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

Published

on

 प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले विमानस्थल क्षेत्रमा यात्रुलाई दुःख दिने १८ जनालाई गएराति पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा सिन्धुलीका राजकुमार राई, सर्लाहीका सूर्य माझी, मकवानपुरका मंगलमान घलान, विश्व मोक्तान, अजय लामा, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, खगेन्द्र लिम्बू, मोरङका आशिष खतिवडा, धनुषाका वीरेन्द्र झा र सिरहाका लडा मिया रहेका छन् । यस्तै, मोरङका पर्शुराम राई, धनुषाका रघुवीर साह, महोत्तरीका सरोजकुमार महतो, रामेछापका सन्तु तामाङ, बझाङका रामप्रसाद जोशी र विमलराज जोशी छन्। एसपी भट्टराईका अनुसार उनीहरुले विमानस्थल क्षेत्रमा यात्रुहरुलाई जबरजस्ती तान्ने, प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने, होटल तथा यात्रुबाट कमिसन लिने, यात्रुसँग अभद्र व्यवहार गर्ने गरेको आरोप छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक