कला / साहित्य
उपहार एफएमको पाँचौँ वार्षिक उत्सवमा १८ जना सम्मानित
गाईघाटः उदयपुरको उपहार एफएमले आफ्नो पाँचौ वार्षिक उत्सवको अवसरमा म्युजिक अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएका वरिष्ठ सङ्गीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तानलाई नगद ५० हजार रुपैयाँसहित लाइफ टाइम अचिभमेण्ट अवार्ड प्रदान गरिएको थियो ।
एफएम सञ्चालक समितिका अध्यक्ष विश्वराज तामाङ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश विश्वकर्मा, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई र वलान विहुल गाउँपालिका सप्तरीका अध्यक्ष खेमचन्द्र यादवले संयुक्त रुपमा दोसल्ला, सम्मानपत्र, चेक तथा अवार्ड सहित मोक्तानद्वयलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा उपहार एफएम कला सम्मानबाट टेलिभिजनकर्मी तथा गायक मनोहरी थापा, शैलेन्द्र खतिवडा, चन्द्र तामाङ, दिनेश लामा र मिथुन ठाकुरलाई सम्मान गरिएको थियो । आदिम स्मृतिक कला सम्मानबाट रङ्गकर्मी गोपाल कृतिलाई सम्मान गरिएको थियो ।
गाईघाटस्थित रत्ना रिसोर्टमा आयोजित कार्यक्रममा बेस्ट रकपप विधामा गायक अशोक शिवा, राईजिङ स्टारमा गोविन्द गुरागाई, बेस्ट मोडल रियाज आचार्य, उत्कृष्ट भिडियो निर्देशक प्रदीप चौधरीलाई अवार्ड प्रदान गरिएको थियो ।
उत्कृष्ट रचनाकारतर्फ सैनध्वज दनुवार, उत्कृष्ट जुरी अवार्ड नारायण दनुवार, उत्कृष्ट कल्चर गायकको उपाधि गायक शिव थापामगर, उत्कृष्ट आधुनिक तर्फ शशिचन्द्र राई, उत्कृष्ट लोकप गायक तर्फ सन्दीप मोते, उत्कृष्ट मोर्डन पप गायिकातर्फ सुनिता कार्की, उत्कृष्ट मेलोडी पप गायिकातर्फ अप्सरा घिमिरे, उत्कृष्ट लोक गायकतर्फ विनोद दनुवार, उत्कृष्ट मेलोडी पप गायकतर्फ फिरोज बस्नेत, उत्कृष्ट प्लेब्याक गायकतर्फ टम्पसेर राई, उत्कृष्ट मोडलतर्फ रेखा राई र बेष्ट प्लेब्याक गायिकातर्फ पूजा मगरलाई अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रम निर्देशक तारावीर पाण्डेका अनुसार कार्यक्रममा वरिष्ठ सङ्ीतकार शिलाबहादुर मोक्तान, गायिका कुन्ति मोक्तान, गायक नन्दु गुरुङ सहित अवार्ड प्राप्त कलाकारहरुले साङ्गीतिक प्रस्तुति राखेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन गर्नका लागि कार्यक्रमको आयोजना गरेको उपहार एफएम सञ्चालक समितिका अध्यक्ष विश्वराज तामाङले जनाए ।
कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा दाजुभाइ समूह कतार र सहयोगीका रुपमा उदयपुरका आठ वटै स्थानीय तह तथा विभिन्न संघसंस्थाहरु रहेका थिए ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login