Connect with us
Advertisement

पेटभित्र रक्सीको बोतल भेटिएपछि …

Published

on

वीरगञ्ज । रौतहटको गुजरा नगरपालिकाका २६ वर्षीय मन्सुर (परिवर्तित नाम)लाई आइतबार बिहान बेस्सरी पेट दुख्यो । बुवाले गाउँकै क्लिनिकबाट औषधि किनेर खुवाए । त्यो औषधी खाएर उनलाई २० को १९ पनि भएन । दुखाइ नघटेर मन्सुर छटपटाउने क्रम नरोकिएपछि सोमबार उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल ल्याइयो ।

विरामीले धेरै पीडा भएको बताएपछि चिकित्सकले आन्द्रा फुटेको आंशका गरे र एक्सरे गराउन भने । एक्सरे गराउँदा उनको पेटभित्र बोतल नै देखेपछि चिकित्सक नै आश्चर्यमा परे । लुगा लगाएर गरिएको एक्स–रेमा उनीहरुलाई विश्वास लागेन । ज्याकेटमा कतै बोतल लुकाएको पो रहेछ कि भनेर कपडा खोल्न लगाएर एक्स–रे गराइयो । त्यसपछि पनि मनिटरमा उही दृश्य दोहोरियो ।

पेटभित्र ठूलै बोतल देखेपछि प्राथमिक उपचार गरेर विरामीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान आग्रह गरेका थिए ।

चन्द्रपुर अस्पतालका डा. अभिषेक अधिकारीले पहिलो पटक यस्तो घटना देखेको जानकारी दिए । ‘सुरुमा आन्द्रा फुटेको भन्ने ठानेर उपचार सुरु गरेका थियौं, तर एक्स– रे गराउँदा पेटमा सिंगो बोतल नै देखियो’, उनले भने, ‘सिंगो बोतल नै पेटभित्र देखेपछि स्वास्थ्यमा गम्भीर असर पर्ने देखेरै हामीले थप उपचारका लागि अन्यत्र लैजान आग्रह गरेका हौं ।’

चन्द्रपुर अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले विरामीको स्वास्थ्य स्थिति गम्भिर देखिएपछि रिफर गरिएको बताए । ‘सिंगो बोतल नै पेटमा देखियो, दाहिने तर्फ आन्द्रा प्वाल परेको थियो’, उनले भने, ‘कसले कसरी बोतल हाल्यो भन्ने जानकारी हामीलाई छैन ।’

चन्द्रपुर अस्पतालले रिफर गरेपछि विरामीका आफन्तले विरामीलाई बाराको नौतन गण्डकस्थित एलएस न्युरो अस्पतालमा ल्याएका थिए । अस्पतालका सञ्चालक डाक्टर श्यामबाबु पटेलले शल्यक्रिया गर्नुपर्छ भन्दा विरामीका आफन्तले नमानेको बताए । ‘एक्स रे गरेर हेर्दा बिरामीको पेटमा बोतल देखिएको थियो, पेटको सर्जनले शल्यक्रिया गर्नुपर्छ, ज्यानको खतरा हुन्छ भने पनि आफन्तले शल्यक्रियाका गर्न मानेनन्’, उनले भने, ‘उनीहरुको आर्थिक अवस्था पनि कमजोर रहेछ, वीर अस्पताल लैजान सल्लाह दिएको थिएँ ।’

त्यसपछि आफन्तले उनलाई भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना गरेका थिए । त्यहाँ सर्जन डा. नारायण बेलबासे, एनेस्थेसिया डाक्टर राजेश यादव लगायत चिकित्सक समेतको टोलीले २ घण्टा लगाएर शल्यक्रिया गरेका थिए ।

सन २०२० फेब्रुअरी १२ मा यसैगरि एक जना व्यक्तिको पेटबाट धाराको टुटी निकालेको बेलबासेले सुनाए ।

डा. बेलबासेका अनुसार भेन्टिलेटरबाट विरामी आइसीयुमा आईसकेका छन् । र बोल्न थालेका छन् । तर पनि विरामी खतरामुक्त नरहेको डाक्टर बेलबासेले बताए ।

‘पेटमा ह्विस्कीको बोतल थियो, आन्द्रा फुटेर पेटमा समस्या देखिएको रहेछ । ४८ घण्टा समय वितिसकेको थियो’, उनले भने, ‘शल्यक्रिया गरेर बोतल निकालेका छौं, आन्द्रा फुटेर पेटमा दिसा फैलिसकेको थियो । विरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । अहिले भेन्टिलेटरबाट बाहिर निकालेर आईसीयूमा राखिएको छ । बोल्न थालेका छन् ।’

मलद्वारबाट बोतल पसाएको हुन सक्ने आशंका गर्दै उनले मलद्वारमा कति इन्जुरी छ भन्ने जाँच गर्न बाँकी रहेको बताए । प्रहरीले पनि घटनाबारे ढिलोगरी मात्रै जानकारी पाएको बताएको छ । । घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ईलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

‘उसको पेटमा बोतल भएको जानकारी हामीले आजै मात्रै पायौं, त्यतिखेरसम्म विरामी एलएस न्युरो अस्पताल पुगिसकेका थिए’, उनले भने, ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं र घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’ – अनलाइन खबरबाट ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक