खेलकुद
अरुणा शाही र अञ्जन बिष्ट वर्ष खेलाडी
काठमाडौंः भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन बिष्ट एनएसजेएफ बजार पल्सर स्पोर्टस् अवार्ड २०७८ को वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले मङ्गलबार आयोजना गरेको कार्यक्रममा पुरुषमा अञ्जन र महिलामा अरुणा वर्ष खेलाडी घोषित भए ।

पुरुषतर्फका विजेता अञ्जनले क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबलका किरणकुमार चेम्जोङलाई पछाडि पारे । अञ्जनले साफ च्याम्पियनसिपमा नेपाललाई पहिलोपटक फाइनलमा पुर्याउन मद्दत गरेका थिए ।
वर्ष महिला खेलाडी घोषित भलिबलकी अरुणाले क्रिकेटका सीता रानामगर र रुविना क्षेत्री, एथ्लेटिक्सकी पुष्पा भण्डारी र बक्सिङ पुनम रावललाई पछि पारिन् । अरुणाकै कप्तानी नेपालले बंगलादेश सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गरेको थियो । पुरुष र महिलामा अवार्ड विजेताले बजार पल्सर मोटरसाइल प्राप्त गरे ।
भलिबलकै उषा भण्डारीले पिपुल्स च्वाइस अवार्ड जितिन् । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा उषा विजेता भएकी हुन् । सर्वाधिक ३८ प्रतिशत मत प्राप्त गर्दै विजेता भएकी उषाले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । यो अवार्डको मनोनयनमा क्रिकेटका आसिफ सेख, फुटबलका अञ्जन विष्ट, टेनिसकी अभिलाषा विष्ट र पौडीकी डुबाना लामा थिए ।

वर्ष उत्कृष्ट प्रशिक्षक भने फुटबलका अब्दुल्लाह अलमुताइरी घोषित भए । यो अवार्ड विजेताले पनि पल्सर मोटरसाइकल पाए । उनको प्रशिक्षणमा नेपाल माल्दिभ्समा सम्पन्न १३ औं साफ च्याम्पियसिपको फाइनलमा पुगेको थियो । अब्दुल्लाहले पारा तेक्वान्दोका कविराज नेगी लामा, बक्सिङका दीपक महर्जन, क्रिकेटका डेभ ह्वाटमोर र भलिबलका जगदीश भट्टलाई पछि पारे । फुटबलका मनीष डाँगी युवा वर्ष खेलाडी घोषित भए । उनले फुटबलकै प्रीति राई, ब्याडमिन्टनकी रसिला महर्जन, बक्सिङका छिरिङ वाङ्दी शेर्पा, भलिबलकी उषा भण्डारीलाई पछि पार्दै यो अवार्ड जिते ।
मनिषले अन्तर्राष्ट्रिय फुटबल पदार्पणमा एसियाली फुटबलको हेभिवेट राष्ट्र इराकविरुद्ध दर्शनीय गोल गरेका थिए । साथै साफ फुटबल च्याम्पियनसिपको उद्घाटन खेलमा आयोजक माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषले सोही वर्ष मच्छिन्द्र क्लबलाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । यससँगै मनिषले पनि बजाज पल्सर मोटरसाइकल प्राप्त गरे । पारा तेक्वान्दोकी खेलाडी पलेशा गोवद्र्धन पारा एथ्लिट अवार्डबाट सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार नगद पुरस्कार पाइन् । पलेशाले जापानमा सम्पन्न पारालम्पिकमा कास्य पदक प्रतिस्पर्धासम्मको यात्रा तय गरेकी थिइन् ।
सोही वर्ष नै पलेशाले बहराइनमा सम्पन्न एसियन युथ पारा गेम्समा एक स्वर्ण जितेकी थिइन् । अन्तर्राष्ट्रिय एसियन खेल पत्रकार अवार्ड कतारका मोहम्मद हेजीले प्राप्त गरेका छन् । एथ्लेटिक्सका प्रशिक्षक रघुराज वन्तले लाइफटाइट एचिभमेन्ट अवार्ड जिते । साथै उनले पनि ५० हजार रुपैयाँ पुरस्कार पाए ।
स्पेसल अवार्डबाट ब्याडमिन्टनका दानबहादुर तामाङ र मायादेवी मोक्तान सम्मानित भए । आफ्ना तीन सन्तानलाई ब्याडमिन्टनका राष्ट्रिय च्याम्पियन बनाउन सफल तामाङ दम्पत्तिले विशेष अवार्डका साथै ५० हजार रुपैयाँ पाए । तामाङ दम्पत्ति राष्ट्रिय च्याम्पियनत्रय सरादेवी, नङ्सल र रत्नजित तामाङका बुबाआमा हुन् ।
२०७७ सालमा नेपाली खेलकुद क्षेत्रको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा योगदान पुर्याउने खेलाडी तथा खेलव्यक्तित्वलाई अवार्डबाट पुरस्कृत गरिएको हो । १९औं संस्करणको पल्सर अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि रहेको थियो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login