कोशी प्रदेश
सहायता सामाजिक संस्थाद्वारा नारी दिवसमा आयोजित कार्यक्रममा महिला चिकित्सक सम्मानित
विराटचोकः ११३ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सहायता सामाजिक संस्था सुन्दरहरैंचाले लामो समयदेखि चिकित्सा क्षेत्रमा कार्यरत प्रा. डा. सीता पोखरेल (घिमिरे) लाई सम्मान गरेको छ ।
संस्थाको कार्यालय सुन्दरहरैंचा–७ मा भएको कार्यक्रममा नोबेल मेडिकल कलेजमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ पोखरेललाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथि प्रा. डा. पोखरेलले महिला अघि बढ्न पुरुषको भूमिका पनि उत्तिकै जिम्मेवार हुने बताइन् । आफ्नो उदाहरण दिँदै उनले आफ्नो सानै उमेरमा बिहे भए पनि पुरुषको भूमिकाकै कारण विवाहपछि पनि पढेर प्राध्यापक डाक्टरसम्म हुन पुगेको सुनाइन् । महिलाले आफ्नो हक लिने क्रममा पुरुषको हकको बारेमा पनि सोच्नुपर्ने बताइन् । वैदेशिक रोजगारीमा गएका पुरुषहरु पछिल्लो समय हिंसामा पर्न थालेको बताउँदै उनले महिलाले अधिकार लिने क्रममा पुरुषलाई मात्रै गाली गर्न नहुने बताइन् ।

सिर्जना सामुदायिक वन व्यवस्थापन समितिका अध्यक्ष भक्तिप्रसाद सिटौलाले पहिलेको तुलनामा अहिले महिलाको पक्षमा धेरै अधिकार भए पनि त्यसको दुरुपयोग हुनेतर्फ सचेत हुनुपर्ने बताए । आफ्नो अधिकारको बारेमा सचेत हुनुपर्ने उनको भनाइ थियो ।
आशा नेपाल सुन्दरहरैंचाका अध्यक्ष चिरञ्जीवी कोइरालाले राज्यले महिलाका अधिकारका बारेमा महत्वपूर्ण कार्य गरिरहेको हुनाले अब आफ्नो अधिकारको प्राप्ति र रक्षाका लागि महिला स्वयम् जागरुक हुनुपर्ने बताए ।
शिवपाञ्चायन मन्दिर व्यवस्थापन समिति सुन्दरहरैंचाका अध्यक्ष पोष्टबहादुर श्रेष्ठले संस्कार र संस्कृतिको जगेर्नामा महिलाको भूमिका उल्लेख्य हुने उनको भनाइ थियो ।
सङ्कल्प एग्रोटेक प्रालि सुन्दरहरैंचाका सञ्चालक सुरेश रेग्मीले नारीहरुले घरमा आफूले गरेको आर्थिक योगदान कस्तो छ भन्ने बुझेर वित्तीय चेतना बढाउनुपर्ने बताए ।
सुन्दरहरैंचा महिला मञ्चकी अध्यक्ष विमला अधिकारीले अझै पनि महिलाले पूर्ण अधिकार नपाएको बताइन् ।
कार्यक्रममा उपस्थित महिलाले कविता तथा गीत प्रस्तुत गरेका थिए ।
संस्थाकी अध्यक्ष शर्मिला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुलसा आचार्यले व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव लक्ष्मी केसीले गरेकी थिइन् ।

Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login