शेयर
सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला
विराटचोकः सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको ३० प्रतिशतले हुने ९९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ९९ लाख ९७ हजार ५सय कित्ता शेयर निष्काशन गरेको हो ।
त्यसमध्ये ५ प्रतिशत अर्थात् १६ लाख ६६ हजार २ सय ५० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुलाई, ३३ लाख ३२ हजार ५ सय कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बाँडफाँड भइसकेको छ । बाँकी ४९ लाख ९८ हजार ७ सय ५० कित्ता शेयरको आईपीओ निष्काशन गरिएको हो ।
त्यसमध्ये पनि १० प्रतिशत अर्थात् ४ लाख ९९ हजार ८ सय ७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९ सय ३७ कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहने ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।
न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने शेयरको आईपीओ बिक्री छिटोमा फागुन ३० गते र ढिलोमा चैत १० गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डकाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Facebook Comment
Banner
छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे
छोरालाई जिउँदै जलाउनेलाई सजाय दिलाउन जो साढे १६ वर्ष लडे
Banner
आज – १५ बैशाख २०८१ शनिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा हुनसक्छ । पारिवारिक झमेला रहला । राजनैतिक कार्यमा व्यवधान आउनेछ, तर बन्धु बान्धवबाट भने सहयोग मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट पनि आउन सक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कुनै कुराले मनमा शान्ति छाउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रेममा मधुरता पनि छाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर विराटचोकको तेस्रो वार्षिकोत्सवका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जिमहलको प्राङ्गण विराटचोकमा वृहत् खुल्ला रक्तदान कार्यक्रम भएको हाे ।
सञ्चालन : केपी घिमिरे
सभापति : दीपक गुरुङ (स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक)
प्रमुख अतिथि : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल
विशिष्ट अतिथि : समाजसेवी ललितबहादुर श्रेष्ठ
विशिष्ट अतिथि : साहित्यकार पुरन राई
विशिष्ट अतिथिहरू क्रमशः नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू: मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे,विशाल पौडेल
अतिथिहरू क्रमश: सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घ अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समिति अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा,खगेन्द्र रिजाल, बलु विष्ट, पत्रकार खेमचन्द्र अधिकारी (शिखरबास अनलाइन), कृष्णचन्द्र सुवेदी ( पूर्वी अनलाइन) लगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी अतिथिको सहभागिता रहेको थियो।
स्वागत मन्तव्य : जिम सञ्चालक कृष्ण दाहाल।
कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए।
विराटचोक ,मोरङ
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login