विचार
मलाई देऊ भन्ने होइन, तपाईँ पनि नेतृत्व लिनुस् भन्ने नेतृत्व खोज्नुपर्छ
विद्यार्थी युनियनको निर्वाचनमा होस् या त अन्य निर्वाचनमा निर्वाचित भएर नेतृत्व लिँदा होस् गुण्डागर्दी, हतियार प्रदर्शन, झगडा हुने गरेको हामीले देखेका छौँ । विद्यार्थी सिर्जनात्मकतामा भन्दा ध्वंसात्मक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । जसले गर्दा स्ववियुमा विकृति र विसङ्गति देखिन्छ । तर स्ववियु निर्वाचनको सान्दर्भिकता र महत्व व्यापक छ । यसलाई सकारात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्न सकिए, यसले समाजलाई ठूलो लाभ हुनेछ ।
स्ववियुमा उम्मेद्वार हुनकै लागि वर्षौँवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । उल्टो बाटोमा हिँडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटोमा हिँडाउने र समाजलाई आशा र भरोसा दिन अहिलेका विद्यार्थीहरुले एउटा जोखिम मोल्नैपर्छ अन्यथा स्ववियु र विद्यार्थी आन्दोलन ठूलो धरापमा पर्नेछन् ।
हामीले बिर्सनुहुदैन विद्यार्थी आन्दोलन भोलिको राजनीतिको आँखीझ्याल हो । यसमा कसैले खेलबाड नगरौं ।
विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुण्डागर्दी कसरी गर्ने त्यो सिक्ने भन्ने अर्थमा समाजले बुझ्न थालेको भान हुन्छ । विद्यार्थी जीवनमै भ्रष्ट र विकृत चरित्र निर्माण गर्ने अर्थमा पनि लिइन्छ । यसमा आंशिक सत्यता पनि नभएको होइन । तर वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्व रहेको छ ।
वास्तवमा सरलता, आत्मीयता र नेतृत्व हस्तान्तरण नहुञ्जेलसम्म हामीले फड्को मार्न सक्दैनौँ । सधैँ म होइन, मलाई बनाऊ मात्र भन्ने नेतृत्व होइन, तपाईँ पनि बन्नुपर्छ भन्ने नेतृत्व खोज्नुपर्छ ।
यी कुरा विचार गर्नुभएको छः
१. हिजो एकअर्कासँग पौँठेजोरी खेलेर हानाहान गर्ने विद्यार्थी सङ्गठन किन आज एकाएक कुम जोडेर हिँडिरहेका छन् ?
२. विद्यार्थीको सामु आफूभन्दा अगाडि अर्काे देखिन्छ कि भनेर तानातान गर्ने तनावपूर्ण अवस्था हिजो सिर्जना भइरहेको हामीले नदेखेको हो र ? अनि अचानक उत्तरी ध्रुव र दक्षिणी ध्रुव कसरी मिलिरहेको छ ?
३. सन्दकपुर र कर्णाली अचानक एक भएको जस्तो गरेर तपाईँहरुको सेवा गर्न हो कि निजी स्वार्थ पूरा गर्न हो ?
४. सेवा नै गर्ने हेतु भए यतिका लामो समय किन पानी बाराबार भैरह्यो त ? हाम्रै सेवाका लागि चुनावका बेला नजिकिएका हुन् भन्ने लाग्छ ?
५. क्याम्पसमा प्राज्ञिक र राजनीतिक बहस भइरहेका छन् कि छैनन् ? रचनात्मक कार्यक्रम कति पटक भयो ?
६. विद्यार्थी सङ्गठन आफ्नो एजेन्डामा बहस गर्छन् कि गर्दैनन् ? आज आफ्नो एजेन्डामा अडिग हुन नसक्ने नेतृत्वले के भोलि विद्यार्थीको एजेन्डामा एक हुन्छ भन्ने केही ग्यारेन्टी छ त ?
७. आफूलाई नैतिक मूल्य ज्ञान र क्षमताका आधारमा स्वस्थ प्रतिस्पर्धा गरेर स्थापित हुन चाहन्छन् कि चाहँदैनन् ? आखिर किन चाहदैनन् ?
यी प्रश्नको चित्तबुझ्दो जवाफ आउँदैन भने जुन विद्यार्थी सङ्गठनले जिते पनि विकृतिले मात्र विजय प्राप्त गर्नेछ । त्यस किसिमको विकृतिलाई तपाईं हामीले अस्वीकार गर्नुपर्दछ ।
हामी नेतृत्व चयनमा चुक्नुहुन्न । हाम्रो एक भोटले आफू क्याम्पसमा हँुदा मात्र होइन भोलि आउने हाम्रा भाइबहिनीहरुको क्याम्पसभित्रको पठनपाठन लगायत सिङ्गो भविष्य निर्धारण गर्दछ । त्यसैले विचार गरेर, होशियार भएर, सही र गलत छुट्याएरमात्रै नेतृत्व चयन गर्नुपर्छ ।
भोलि पुर्पुरो ठोक्नुभन्दा आज सजग हुनुहोस् । देखिएका सबै कुरा वास्तविक हँुदैनन् । अध्ययन गर्नुहोस्, छुट्याउनुहोस् अनि आफ्नो मन र मत दिनुहोस् ।
(लेखक अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस इकाइ कमिटीका सचिव हुन् ।)
Facebook Comment
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
Banner
आज बजेट पारित गरिँदै,
प्रतिनिधिसभा बैठकले आज आर्थिक वर्ष २०८३–०८४ को बजेट पारित गर्दैछ ।
त्यसअघि सम्बन्धित मन्त्रीहरूले सम्बन्धित मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै शिक्षा तथा खेलकुद मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जबाफ दिने कार्यसूची छ ।
सामान्यतया: विधेयकमाथि हुने छलफलमा सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हिजोदेखि विनियोजन विधेयक, २०८३ माथि विभिन्न मन्त्रालयका शीर्षकहरूमा केन्द्रित भई उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।
यसरी जवाफ दिने क्रम समाप्त भएपछि अर्थमन्त्रीले बजेट पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेट पारित भएपछि बजेटसँगै सम्बन्धित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक लगायतका विधेयक माथि छलफल हुनेछ ।
Banner
रास्वपा महाधिवेशन : सभापतिका लागि ५१ हजार, केन्द्रीय सदस्यमा उठ्न २१ हजार रुपैयाँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनका प्रतिनिधि र उम्मेदवारहरूका लागि शुल्क निर्धारण गरेको छ । पार्टीका अनुसार प्रतिप्रतिनिधि ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै पार्टी सभापतिको उम्मेदवार हुनेले ५१ हजार तथा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले समान शुल्क ४१ हजार रुपैयाँ बुझाउनुपर्छ । केन्द्रीय सदस्यहरूका लागि २१ हजार रुपैयाँ शुल्क निर्धारण गरेको पार्टीले जनाएको छ ।
रास्वपाको विधान अनुसार उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री हुने व्यवस्था छ । यस्तै कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता एक/एक जना र सहप्रवक्ता ३ जना मनोनीत गर्ने व्यवस्था छ । ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । २२ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ । सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन् ।
रास्वपाले आउँदो सोमवारदेखि बुधवारसम्म चितवनमा पहिलो महाधिवेशन गर्दैछ । रास्वपाको निर्वाचन आयोगका अनुसार प्रतिनिधिको सङ्ख्या झन्डै ३ हजार जना रहेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login