Connect with us
Advertisement

मलाई देऊ भन्ने होइन, तपाईँ पनि नेतृत्व लिनुस् भन्ने नेतृत्व खोज्नुपर्छ

Published

on

विद्यार्थी युनियनको निर्वाचनमा होस् या त अन्य निर्वाचनमा निर्वाचित भएर नेतृत्व लिँदा होस् गुण्डागर्दी, हतियार प्रदर्शन, झगडा हुने गरेको हामीले देखेका छौँ । विद्यार्थी सिर्जनात्मकतामा भन्दा ध्वंसात्मक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् । जसले गर्दा स्ववियुमा विकृति र विसङ्गति देखिन्छ । तर स्ववियु निर्वाचनको सान्दर्भिकता र महत्व व्यापक छ । यसलाई सकारात्मक र सिर्जनात्मक रूपमा प्रयोग गर्न सकिए, यसले समाजलाई ठूलो लाभ हुनेछ ।

स्ववियुमा उम्मेद्वार हुनकै लागि वर्षौँवर्ष क्याम्पस ढुक्ने प्रवृत्तिलाई सबैले निरुत्साहित गर्नुपर्छ । उल्टो बाटोमा हिँडेको स्ववियु निर्वाचनलाई सुल्टो बाटोमा हिँडाउने र समाजलाई आशा र भरोसा दिन अहिलेका विद्यार्थीहरुले एउटा जोखिम मोल्नैपर्छ अन्यथा स्ववियु र विद्यार्थी आन्दोलन ठूलो धरापमा पर्नेछन् ।

हामीले बिर्सनुहुदैन विद्यार्थी आन्दोलन भोलिको राजनीतिको आँखीझ्याल हो । यसमा कसैले खेलबाड नगरौं ।

विद्यार्थी राजनीति भनेको स्ववियुमा हुने भ्रष्टाचार, गुण्डागर्दी कसरी गर्ने त्यो सिक्ने भन्ने अर्थमा समाजले बुझ्न थालेको भान हुन्छ । विद्यार्थी जीवनमै भ्रष्ट र विकृत चरित्र निर्माण गर्ने अर्थमा पनि लिइन्छ । यसमा आंशिक सत्यता पनि नभएको होइन । तर वास्तविकतामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको निकै महत्व रहेको छ ।

वास्तवमा सरलता, आत्मीयता र नेतृत्व हस्तान्तरण नहुञ्जेलसम्म हामीले फड्को मार्न सक्दैनौँ । सधैँ म होइन, मलाई बनाऊ मात्र भन्ने नेतृत्व होइन, तपाईँ पनि बन्नुपर्छ भन्ने नेतृत्व खोज्नुपर्छ ।

यी कुरा विचार गर्नुभएको छः

१. हिजो एकअर्कासँग पौँठेजोरी खेलेर हानाहान गर्ने विद्यार्थी सङ्गठन किन आज एकाएक कुम जोडेर हिँडिरहेका छन् ?

२. विद्यार्थीको सामु आफूभन्दा अगाडि अर्काे देखिन्छ कि भनेर तानातान गर्ने तनावपूर्ण अवस्था हिजो सिर्जना भइरहेको हामीले नदेखेको हो र ? अनि अचानक उत्तरी ध्रुव र दक्षिणी ध्रुव कसरी मिलिरहेको छ ?

३. सन्दकपुर र कर्णाली अचानक एक भएको जस्तो गरेर तपाईँहरुको सेवा गर्न हो कि निजी स्वार्थ पूरा गर्न हो ?

४. सेवा नै गर्ने हेतु भए यतिका लामो समय किन पानी बाराबार भैरह्यो त ? हाम्रै सेवाका लागि चुनावका बेला नजिकिएका हुन् भन्ने लाग्छ ?

५. क्याम्पसमा प्राज्ञिक र राजनीतिक बहस भइरहेका छन् कि छैनन् ? रचनात्मक कार्यक्रम कति पटक भयो ?

६. विद्यार्थी सङ्गठन आफ्नो एजेन्डामा बहस गर्छन् कि गर्दैनन् ? आज आफ्नो एजेन्डामा अडिग हुन नसक्ने नेतृत्वले के भोलि विद्यार्थीको एजेन्डामा एक हुन्छ भन्ने केही ग्यारेन्टी छ त ?

७. आफूलाई नैतिक मूल्य ज्ञान र क्षमताका आधारमा स्वस्थ प्रतिस्पर्धा गरेर स्थापित हुन चाहन्छन् कि चाहँदैनन् ? आखिर किन चाहदैनन् ?

यी प्रश्नको चित्तबुझ्दो जवाफ आउँदैन भने जुन विद्यार्थी सङ्गठनले जिते पनि विकृतिले मात्र विजय प्राप्त गर्नेछ । त्यस किसिमको विकृतिलाई तपाईं हामीले अस्वीकार गर्नुपर्दछ ।

हामी नेतृत्व चयनमा चुक्नुहुन्न । हाम्रो एक भोटले आफू क्याम्पसमा हँुदा मात्र होइन भोलि आउने हाम्रा भाइबहिनीहरुको क्याम्पसभित्रको पठनपाठन लगायत सिङ्गो भविष्य निर्धारण गर्दछ । त्यसैले विचार गरेर, होशियार भएर, सही र गलत छुट्याएरमात्रै नेतृत्व चयन गर्नुपर्छ ।

भोलि पुर्पुरो ठोक्नुभन्दा आज सजग हुनुहोस् । देखिएका सबै कुरा वास्तविक हँुदैनन् । अध्ययन गर्नुहोस्, छुट्याउनुहोस् अनि आफ्नो मन र मत दिनुहोस् ।

(लेखक अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस इकाइ कमिटीका सचिव हुन् ।)

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इन्टर मिलानले जित्यो इटालियन सिरी ए को उपाधि

Published

on

इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।

इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए । यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।

Continue Reading

Banner

आज – ११ बैशाख २०८१ मंगलवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । उपकार गरेर अरुको मन जित्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्नेछ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्या र बुद्धिको विकास हुनेछ । मङ्गल कार्यको योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । रोजगारको अवसर पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत पनि बढ्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । नजिक व्यक्तिबाट धोका पाइन सक्छ । पेट सम्बन्धी समस्या आउनसक्छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अचल सम्पत्ति हात पर्न सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोजगारको अवसर मिल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । आफन्तसँग भेटघाट रहनेछ । सफल यात्रा र उपहार पाइने सम्भावना छ । मनमा शान्ति पनि पनि छाउला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मङ्गल कार्यको योग छ । चिताएको कामले तीव्रता लिनेछ । व्यापार, व्यवसायबाट फाइदा लिन सकिनेछ । महिला मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । धन पनि हात लाग्न सक्छ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । बौद्धिकताको विकास हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

Continue Reading

Banner

आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ ।

Published

on

आइफोन निर्माण गर्ने कम्पनी एप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाख मानिसलाई रोजगारी दिने भएको छ । यी कार्यहरू विक्रेता र कम्पोनेन्ट आपूर्तिकर्ताहरू मार्फत उत्पन्न हुनेछन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक