कोशी प्रदेश
लुमन्तीले सुन्दरहरैंचाका ५० विपन्न परिवारलाई घर बनाउन सहयोग गर्ने
विराटचोकः सुन्दरहरैंचाका ५० विपन्न परिवारलाई घर बनाउन लुमन्ती, सुन्दरहरैंचा नगरपालिका, सेलाब्रिक र समावेशी महिला बचत तथा ऋण सहकारी संस्थाले सहकार्य गर्ने भएका छन् । घर निर्माण कार्यको शिलान्यास सोमबार सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले वडा नम्बर २ को उराव बस्तीमा आयोजित कार्यक्रममा गरे । स्थानीय शान्तिदेवी उरावको घरको शिलान्यास गरेर कार्यक्रमको शुभारम्भ भएको छ ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख गुरागाईँले घर निर्माणको लागि सम्झौता शुरु भइसकेको बताए । अर्काे वर्ष पनि ५० घर निर्माण हुने तालिका बनाइएको उनले जानकारी दिए । व्यवस्थित घर बनाउन केही रकम थप गर्नुपर्ने भएमा नगरपालिकाले दिन अनुदान थप्न सक्ने गुरागाईँले बताए ।
वडा नम्बर २ का वडाध्यक्ष विवश प्रधानले आफ्नो कार्यकालमा वडा नम्बर २ लाई सधैँ पहिलो वडाका रुपमा देख्न चाहेको बताए । आवास निर्माणको शिलान्यास वडा नम्बर २ बाटै शुरु हुनु खुशीको कुरा बताए । वडा नम्बर २ मा ९ वटा घर बन्ने बताउँदै आगामी वर्ष अहिलेको भन्दा दोब्बर घर निर्माण गर्न वडाले पहल गर्ने उनको भनाइ थियो ।

समावेशी सहकारीकी अध्यक्ष गीता राईले विपन्न वर्गलक्षित सहकारी समावेशी सहकारी भएकाले सो संस्थाले आफ्ना शेयर सदस्यलाई सक्दो सहयोग गर्ने बताइन् ।
लुमन्तीकी फिल्ड संयोजक लक्ष्मी राईले कार्यक्रमबारे जानकारी दिँदै अनुसार नगरपालिकाको पूर्ण सहयोग पाएकाले सन् २०२३ भित्र नगरपालिकामा ५० वटा घर निर्माण गरिने बताइन् । नगरको वडा नम्बर १, २, ७, ११ र १२ मा घर निर्माण गरिने बताइन् । उनका अनुसार लुमन्तीले १ लाख ४० हजार रुपैयाँ र नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएका हुन् । घर बनाउन आवश्यक पर्ने बाँकी रकम घरधनी आफैँले बेहोर्नुपर्ने भएको छ । घरधनीले रकम जम्मा गर्न नसकेमा सहकारीले ऋण दिने भएको हो ।
गोदावरी टोल विकास संस्थाका अध्यक्ष शिवनारायण खवासको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन लुमन्तीकी वर्षा निरौलाले गरेकी थिइन् ।

Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login