अर्थ
कृषिमा आधारित उद्योगलाई कच्चा पदार्थदेखि प्राविधिकसम्मको अभाव
विराटचोकः कृषिमा आधारित उद्योगको विकासका लागि कच्चा पदार्थदेखि प्राविधिकसम्मको अभाव रहने गरेको सम्बन्धित उद्योगी, व्यवसायीले बताएका छन् ।
नेपाल घरेलु महासंघ महिला उद्यम समिति कोशीको आयोजनामा प्रदेशका साना तथा मझौला उद्योगसँगको सूचना आदानप्रदान कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायीले यस्तो बताएका हुन् । आपूर्ति शृङ्खला र उत्पादनको ब्राण्डिङ र बजारीकरणमा समस्या हुने गरेको उनीहरुले बताए ।
‘प्राविधिक नपाइने समस्या ठूलो समस्याको रुपमा रहेको छ’, गायत्री फुड प्रोडक्टकी सञ्चालक सुशीला अधिकारीले भनिन्, ‘प्राविधिक भारतबाट ल्याउनुपर्छ । होली मनाउन गएका प्राविधिक फर्किएका छ्रैनन् । फोन गरेर किन नआएको भनेर सोध्यो भने मैले यहीँ काम पाएँ । पहिलेको भन्दा तलब बढाइदिने भए मात्रै आउँछु भन्छन् ।’
भारतीय प्राविधिक राख्दा यस्तो समस्या हुने गरेको सुनाउँदै नेपाली प्राविधिक नपाइने गरेको उनले बताइन् ।
अन्तर्राष्ट्रिय उत्पादनले राष्ट्रिय उत्पादनलाई ओझेलमा पार्ने गरेको अर्का सहभागी दीनानाथ शिवाकोटीले बताए । शिवबाबा अचार तथा जुस उद्योगका सञ्चालक शिवाकोटीका अनुसार स्वदेशी र स्थानीय उत्पादनलाई उपभोक्ताले विश्वास नगर्ने समस्याका कारण उद्योग चलाउन अप्ठ्यारो परिस्थिति आउने गरेको छ ।
कच्चा पदार्थ सङ्कलनमा समस्या हुनुको साथै कतिपय अवस्थामा कम गुणस्तरको कच्चा पदार्थ पाउँदा गुणस्तरीय उत्पादनमा समस्या हुने गरेको गोरस डेरी प्रालि सुन्दरहरैंचाका सञ्चालक विष्णु बोहोराले बताए ।
नेपाल घरेलु महासंघ महिला उद्यम समितिकी कोशी प्रदेश उपाध्यक्ष सीता राईको अध्यक्षतामा भएको कार्यक्रममा एग्रीक्लियरका कोशी प्रदेश कोअर्डिनेटर सुबि कुलुङ र सुसन तिम्सिनाले सहजीकरण गरेका थिए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login