Connect with us
Advertisement

खदम क्याम्पसको स्ववियुमा क्रान्तिकारीका लुइँटेलको प्यानलै निर्विरोध निर्वाचित

Published

on

केराबारीः मोरङको केराबारीस्थित खदम क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका सीमान्त लुइँटेलको प्यानलै निर्विरोध निर्वाचित भएको छ ।

शनिबार लुइँटेल नेतृत्वको प्यानलले मात्रै उम्मेद्वारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेविसंघबीच गठबन्धन भएर उम्मेद्वारी दर्ता भएको हो ।

यसअघि क्याम्पसले चैत १ गते उम्मेद्वारी दर्ताको समय निर्धारण गरेको थियो । उक्त समयमा एमाले निकट अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि उम्मेद्वारी दर्ता हुन सकेको थिएन । तालाबन्दी गर्ने सो संगठनले निर्वाचनमा भाग लिएन ।

निर्विरोध हुने पदाधिकारीमा सभापतिमा क्रान्तिकारीका लुइँटेल, सचिवमा नेविसंघकी सिर्जना पोखरेल, कोषाध्यक्षमा क्रान्तिकारीकै सावित्रा विश्वकर्मा रहेका छन् । सदस्यहरुमा क्रान्तिकारीका सुनिलकुमार रोक्का, नेविसंघका ऋतिका कार्की र स्वस्तिका कार्कीको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

Published

on

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए ।उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।

Continue Reading

Banner

३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ

Published

on

मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारीमा ढुंगाना

Published

on

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

वरिष्ठ डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक