शिक्षा / स्वास्थ्य
महेन्द्र क्याम्पसमा समाजवादी समर्थित उम्मेद्वारले जिते स्ववियु सभापति

धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानमा जनता समाजवादी विद्यार्थी युनियनले सभापति सहित कोषाध्यक्ष र एक जना सदस्य जितेको छ । युनियनबाट सभापतिका उम्मेद्वार रहेका युवराज राईले ८ सय २४ मत प्राप्त गर्दा नेवि संघका विनोद आले मगरले ७ सय २४ मत पाए ।
सचिवमा नेविसंघका सनिक श्रेष्ठ मल्ल विजयी भएका छन् । कोषाध्यक्षमा समाजवादीकी सुप्रिया राई विजयी भइन् ।
सदस्यमा नेवि संघको तर्फबाट नितेश राई, शुभराज राई, आलोक लिम्बू, मन्दीप पराजुली, हस्तकला राई, शुक्रराज इजम र रविन तिवारी विजय भए ।
बाँकी एक सदस्यमा समाजवादीका प्रकाश राई निर्वाचित भएका छन् ।
Facebook Comment
Banner
जनमत–नागरिक उन्मुक्ति एकता : सीके राउत कार्यकारी अध्यक्ष, पहिलो वरीयतामा रेशम चौधरी

जनमत र नागरिक उन्मुक्ति पार्टी एकतापछि पार्टी अध्यक्ष डा. सीके राउत हुने गरी सहमति जुटेको छ । बर्दियामा आइतबार भएको दुई पक्षीय वार्ताले राउत कार्यकारी अधिकार सहितको अध्यक्ष हुने सहमति टुंगो लागेको छ ।
एकीकृत दलमा दुई अध्यक्ष हुने र सह अध्यक्ष रञ्जिता श्रेष्ठ हुने गरी सहमतिन्मुख छलफल भएको छ । पार्टीको वरियतामा रेशम चौधरी पहिलो स्थानमा रहने छन् । वरियतामा राउत दोस्रो र श्रेष्ठ तेस्रोमा हुनेछिन् ।जनमतका अध्यक्ष राउत, नाउपाका संरक्षक रेशम चौधरी सहित कार्यदलका छ जना वीचमा छलफल भएको छ । १५ बैशाखभित्र एकता गर्ने छलफल दुई दल सहमति नजिक पुगेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी गराए ।
Banner
काठमाडौं विश्वकै प्रदूषित र ब्राजिलको साओ पाउलो विश्वकै सफा सहर

काठमाडौँ — देशको राजधानी एक सातादेखि विश्वकै प्रदूषित सहर बनेको छ । आइतबार काठमाडौंको वायु गुणस्तर १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) पुगेसँगै विश्वकै प्रदूषित सहर बनेको हो । एकातिर काठमाडौं विश्वकै प्रदूषित सहर बनिरहँदा भने ब्राजिलको साओ पाउलो सहर भने विश्वकै सफा सहर बनेको छ । साओ पाउलोको एक्यूआई ७ रहेको छ । आगलागी, धुलो र गाडीबाट निस्कने धूवाँका कारण काठमाडौंको हावा सातादिन यता प्रदूषित बनेको छ । काठमाडौंको वायुले खतरनाक तह पार गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्राय र काठमाडौं महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।
Banner
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा

काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरिएको हो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सबै विद्यालयहरु बन्द गरी काठमाडौंको सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेका छन् ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु २०८१ माघ २० गदेखि निरन्तर आन्दोलनमा छन् ।
यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले यसलाई शिक्षा ऐन जारी गराउने सवालमा ‘अन्तिम र निर्णायक आन्दोलन’ भनेका छन् ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको विज्ञप्तिमा लेखिएको छ, ‘यो आन्दोलनलाई सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरको सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक–कर्मचारी साथीहरुलाई आग्रह गर्दछौं ।’
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login