Connect with us
Advertisement

मेडिकल र इञ्जिनियरिङ शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने आफ्ना पूर्व विद्यार्थीलाई ज्ञानज्योतिले गर्याे सम्मान

Published

on

विराटचोकः सुन्दरहरैंचाको गोठगाउँमा रहेको ज्ञानज्योति इङ्लिस स्कुलले आफ्ना २ जना पूर्व विद्यार्थीलाई आज विद्यालय परिसरमा सम्मान गरेको छ ।

२०७५ सालको एसईई परीक्षामा सामेल भई ३ दशमलव ८५ जीपीएका साथ उत्तीर्ण भएका विद्यार्थी सौरभ भट्टराईलाई विद्यालयले सम्मान गरेको हो । उनी मेडिकल इजुकेसन कमन इन्ट्रान्स इक्जामिनेसनले लिएको एमबीबीएसको परीक्षामा पूर्ण छात्रवृत्ति पाएका थिए ।

त्यस्तै, २०७६ सालको एसईईमा ३ दशमलव ९५ जीपीएका साथ उत्तीर्ण हुने छात्र प्रियान्शु शाह इञ्जिनियरिङ काउन्सिलले लिएको परीक्षाअन्तर्गतको एयर स्पेल इञ्जिनियरिङमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । दुवै विद्यार्थीलाई आज विद्यालयमा एक कार्यक्रम गरी प्रशंसापत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

सम्मानित हुने विद्यार्थीका अभिभावक अनुरोध शाहले विद्यालयले स्थापनाकालदेखि नै दिइरहेको गुणस्तरीय शिक्षा हालसम्म कायम राख्न सकेकोमा विद्यालयलाई धन्यवाद दिएका थिए ।

अर्का अभिभावक शशिकान्त भट्टराईले अभिभावकले विद्यालयप्रति गरेको विश्वास हालसम्म नडगमगाएको बताए ।

विद्यालयका प्राचार्य देवी सिटौलाले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला थपिने र आउँदा दिनहरुमा उत्कृष्ट नतिजा ल्याउन सहयोग पुग्ने बताए । विभिन्न विधामा उत्कृष्ट हुने पूर्व विद्यार्थी र अध्ययनरत विद्यार्थीलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने उनले जनाए ।

विद्यालयका प्राचार्य देवी सिटौलाको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक मुकुन्द अधिकारीले सञ्चालन गरेका थिए ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक